चितवन निर्वाचन क्षेत्र न. ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार दिनेश कोइरालाले क्षेत्र न. ३ लाई पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्ने बताएका छन् ।
उनले चितवन पर्यटकिय रुपमा क्षेत्र न. ३ प्रचुर सम्भावना भएको क्षेत्र भएकोले यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्ने योजना रहेको उनले बताए । उनले माडी, मेघौली, गोलाघाट क्षेत्रलाई समेटी पर्यटकिय प्रवर्द्धन गर्न सके सौराहा भन्दा यस क्षेत्रमा आन्तरिकसँगै बाह्य पर्यटकको आवागमन बढ्ने उनले बताए ।
उनले जल पर्यटनको प्रचुर सम्भावना पनि रहेको यस क्षेत्रमा पर्यटकीय प्रवर्द्धन गर्न सके यस क्षेत्रको स्थानीयको जिवनस्तर समेत सुदृढ हुँदै जाने उनको विश्वास छ। माडी, मेघौली क्षेत्रलाई धार्मिक र कृषि भुमीको क्षेत्रको रुपमा विकास गर्ने बताएका छन्। अहिले निकुञ्ज वरण्डाभार क्षेत्रमा बसोबास गर्नेहरुलाई समयसमयमा जनावरले दुःख दिएर यहाँको बसोबास अभिशाप लागेपनी व्यवस्थित पर्यटन प्रवर्द्धन गर्न सके वन पर्यटनको रूपमा यस क्षेत्रलाई विकास गरि वरदानको रुपमा यस क्षेत्रलाई स्थापित गर्ने उनको प्रतिवद्धता छ।