भरतपुर २६ कार्तिक
आज शनिवार गोलाघाट क्षेत्र अबलोकन् गर्दै त्यहा रहेका होटल ब्यवसायी तथा पर्यटन ब्यबसायीहरू संग अन्तर्कृया गरि प्रतिनिधि सभा सदस्य चितवन क्षेत्र नं.३ का स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले गोलाघाट क्षेत्र लाई पर्यटकिय हवका रूपमा बिकास गर्न यस क्षेत्रलाई प्राथमिकतामा राख्ने बताउनु भयो ।
चितवनको ३ नं क्षेत्र पर्यटनका हिसाबले अगाडी रहेको बताउदै गोलाघाट क्षेत्र सौराहा पछिको अर्को नया गन्तव्य रहेको बताउनुभयो । मेघौलि बिमानस्थललाई प्रयोगमा ल्याउन सके पश्चिम चितवनले ठुलै फड्को मार्ने उनको दावि छ । गोलाघाट क्षेत्रका व्यवसायीले सडक सुबिधा र नया गन्तब्यको प्रचार गर्न सके पर्यटक बढ्ने बताए । उनिहरूले यस क्षेत्रको प्रचार संगै विकास गर्न पनि अनुरोध गरेका छन् ।
हरेक पट उम्मेदवार का चुनावि एजेण्डा मात्र बनेको बताउदै यसपटक यस्तो हुन नहुनेमा जोड दिए । भरतपुर २७ र२८ का बिभिन्न स्थानमा घरदैलो गरिएको हो ।