नेपाली कांग्रेस बिपि पार्टिका जिल्ला अध्यक्ष टेकप्रसाद बस्यालले बिधि र थितीको शासनमा कहिल्यै जनताको मत संग पैसा साट्न नसकिने जिकिर गरे । जगन्नाथ पौडेल समूहलाई समर्थन गर्दै उनले पद र पैसामा बिक्नेहरुले देशमा क्रान्ती ल्याउन नसक्ने दाबी गरे । उनले बिपिको बिचार र सिद्धान्तलाई कहिल्यै अरुको पार्टिमा बिलय गराउनु भनेको बिपि वादलाई पैसा र पदमा साटिएको जस्तै हुने बताए ।
नेपाली कांग्रेसमा छौँ भन्नेहरुले बिपिको बिचार र कांग्रेसको सिद्दान्त नजान्नेहरु सच्चा कांग्रेस हुँ भन्दै हिडेको र दलिय भागबण्डामा परेर बेचिएको आरोप छ । उनले माओबादी र अन्य दललाई हिजो गाली गर्नेहरु आज त्यही दलको गुलामी बनेर भोट माग्दै हिडेको बताए । बम र बारुद संग खेल्नेहरु पैसाको खेलमा टिकट पाएकोे उनकाे दाबी छ ।
यस क्षेत्रबाट २० जना उम्मेदवारहरू चुनाबी मैदानमा छन् । चितवन क्षेत्र नम्बर ३ मा भरतपुर महानगरपालिकाका १९ वडा र माडी नगरपालिका पर्छन्। यसपाली पनि गठबन्धनका बिरूद्ध जगन्नाथ पौडेलको लडाई रहने निश्चित छ ।
https://youtu.be/1y2Y7-jjdaA