स्थानियतहको निर्वाचनमा स्वतन्त्र रुपमा उमेदवारी दिएर देशको प्रमुख राजनितिलाई नै गरमागरम बनाएका ‘भुइँकटहर’ समूहले फेरी पनि चितवन क्षेत्र नं.३ बाट उमेद्वारी दिए संगै फेरी चुनाबी रौनक यस क्षेत्रमा सुरु भएको छ । प्रचारप्रसार र घरदैलो अभियानलाई ब्यापक बनाउन सुरु गरेका उनै ‘भुइँकटहर’ भनेर चर्चा पाएका जगन्नाथ पौडेलले बिहिबार गीतानगरमा पत्रकार सम्मेलन गर्दै आफु उमेद्वार रहेर चितवन ३ मा बिकासको लहर ल्याउने संकल्पका साथ चुनाबमा होमिएको जनाएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल तरुण चितवनको पुर्ब सचिब दलमा आनन्द राउतले प्रचण्ड गारखा पुग्नुमा जगन्नाथमाको मुख्य भूमिका रहेका बताए । स्थानिय तहमा ‘भुइँकटहर’ समूहले स्वतन्त्रबाट उमेद्वारी दिए पछि पाँच दलिय गठबन्धनलाई समेत हतोत्साहित गराएको र यसपटक पनि उमेद्वारी दिने चर्चा सुन्नासाथ प्रचण्ड गोरखा पुगेको उहाँको दाबी छ । उँहाका अनुसार ‘भुइँकटहर’ समूहले पाएको मत देखेर माओबादी र कांग्रेस गठबन्धन नै तर्सिएको हो ।
https://youtu.be/cKGApji9enM