भरतपुर ,१७ कार्तिक ।
चितवन क्षेत्र नं ३ का स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले सबैको सल्लाहमा उमेदवारी दिएको बताए । कसैले पनि उमेदवारी फिर्ता लिनुस वा दिनुस भन्दैमा आफुले उमेदवारी फिर्ता नदिने बताएका छन् ।
स्थानीय तहको निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकामा मेयर पदमा भुईकटहर नामले चर्चा पाएका जगन्नाथ पौडेलले आसन्न प्रतिनिधि सभा निर्वाचनमा पनि चितवन क्षेत्र नं ३ बाट उमेदवार बनेका छन् ।
निर्वाचनको मिति नजिकिदै गर्दा आफ्नो प्रचारप्रसारलाई व्यापक बनाउन सुरू गरेका पौडेलले आज गितानगरमा पत्रकार सम्मेलन गर्दै चुनावी अभियान सुरु भएको जनाएका छन् ।
आज भरतपुरको गीतानगरमा भएको पत्रकार सम्मेलनमा बोल्दै जगन्नाथ पौडेलले इमानदार र निष्ठाको राजनीति गरेर आएको बताउदै स्थानीय तहमा पाएको जनमतबाट उत्साहित भएको बताए ।
आज भरतपुरको गीतानगरमा भएको पत्रकार सम्मेलनमा बोल्दै जगन्नाथ पौडेलले इमानदार र निष्ठाको राजनीति गरेर आएको बताउदै स्थानीय तहमा पाएको जनमतबाट उत्साहित भएको बताए ।
चितवन क्षेत्र नं.३ मा आफू योग्य उमेदवार रहेको र चितवन क्षेत्र नम्बर ३ का जनता आफ्नो साथमा रहेको बताए । उनले चितवन ३ मा बिकासका लागी मंसिर ४ गते सुर्यमुखी चुनाब चिन्हमा मतदान गरेर साथ दिन अनुरोध गरे ।