हेटौंडा, असोज २४–
राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा (माओवादी)केन्द्रका एक नेतालाई एमालेमा स्वागत गरेका छन् ।
माओवादी केन्द्रका जिल्लास्तरका नेता पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गर्दा थापाले स्वागत गरेका हुन् । माओवादी केन्द्रका जिल्ला सदस्य शंकर राउत एमाले प्रवेश गरेका हुन् । थापाले उनै राउतलाई एमालेमा स्वागत गरेका हुन् । थापा एमालेको समर्थनमा एमालेको चुनाव चिन्हमा निर्वाचन लड्दै छन् ।