चितवन, असोज २३–
चितवन क्षेत्र नम्बर २ बाट रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेले भरतपुरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
कहिले काठमाडौं, कहिले चितवन–३ बाट उम्मेदवारी दिने चर्चा हुँदै आएपनि लामिछानेले अन्तिम समयमा चितवनको क्षेत्र नम्बर २ लाई रोजेका हुन्।