• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ३. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ४. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ५. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ६. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ७. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

ब्रेक फेल भएपछि चालक हाम्फाले, बस बगरमा बजारियो


२० असोज, मकवानपुर । बाराका शिशिर बिक हेटौंडामा रहेकी ठुलोममीको घरमा टीका लगाउन आएका थिए । दशैंको टिका लगाएपछि घर फर्कन हेटौंडा बसपार्क पुगे । नारायणगढबाट पथलैयातर्फ एउटा बस भेटियो, तर ठेलाठेल हुने भीड ।

बुवा सुरेश बिकले ‘दशैंमा यस्तै हो, चढौं भनेपछि शिशिर बाबुछोरा ठेमलठेल यात्रु रहेको बस चढेर मधेश प्रदेशतिर हुँईकिँदै थिए । ड्राईभर छेउकै स्थान (बर्नर)मा बसेर यात्रा गरिरहेका शिशिरका बुबा सुरेश पनि स्वयं सवारी चालक हुन् । चुरिया मन्दीरबाट तल गएपछि उनले आफू चढेको बसमा ब्रेक नै नलागेको थाहा पाए, चालकलाई बस जंगलतिर मोड्न आग्रह गरे ।
हेटौंडा अस्पतालमा उपचाररत ११ वर्षीय शिशिरले अनलाइनखबरसँग भने, ‘बुबाले जंगलमा गाडी हाल्दे, ब्रेक छैन भनिरहनु भएको थियो तर ड्राइभरले हर्न बजाउँदै अगाडि लगिरहे ।’
जब ३ नम्बर पुल नजिकको मोडमा गाडी झार्ने जस्तो भयो, चालक हाम्फाले । यात्रुले भरिएको बस चाहिँ सडकबाट झण्डै १५/२० मिटर तल नदी किनारमा बजारियो ।
बसमा सवार हेटौंडा ७ नागस्वतीकी १३ वर्षीया सोनिया श्रेष्ठका अनुसार चुरियाको ओरालो कटेपछि गाडीको गति तीव्र भएको थियो । हेटौंडा अस्पतालमा उपचाररत श्रेष्ठले भनिन्, ‘ममी, म र दिदी लास्ट सिटमा बसेका थियौं । गाडीको स्पिड बढेपछि अगाडीबाट ब्रेक फेल भयो भन्दै हल्ला हुनथाल्यो ।’

‘गाडी एकछिन एकदम स्पीड कुदेर खस्यो, त्यसपछि केही याद नै भएन । ब्यूँझँदा अर्को बसमा राखेर मलाई हस्पिटल ल्याइरहेका रहेछन् । ममी र दिदीको खबर थाहा छैन ।’

दुर्घटनामा घाइते भएका शिशिरले आफूलाई समाइरहेका बेहोस बुबा र बसको सबै यात्रु क्षतविक्षत भएको देखे, आफ्नी आमा निशा विकलाई फोन लगाए । अस्पतालमा उपचाररत शिशर भन्छन्, भने, ‘म ब्युँझँदा बेहोस बुवाले मलाई समाइरहनुभएको रहेछ ।’ केहीबेरमा उद्दार सुरु भयो । प्रहरी र स्थानीयले दुर्घटनामा घाइतेहरुलाई हेटौंडा, चुरिया र सहकारी अस्पतालमा लगिएको थियो ।

शिशिर र उनका बुबा सुरेशलाई हेटौंडा अस्पताल पुर्‍याइएको थियो । तर अस्पताल पुग्दा सरेशको मृत्यु भइसकेको थियो । बाबु गुमाएका शिशिर उपचाररत छन् ।

ब्रेक नलागेर खसेको देखिन्छ : ट्राफिक प्रहरी

विहीबार बिहान जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना भएको थियो ।
ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका प्रहरी उपरीक्षक (एसपी) नामपीराज गुरुङका अनुसार नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६–००१ ख ०१० नम्बरको बस दुर्घटनाको कारण प्रारम्भिक अनुसन्धानले ब्रेक फेल नै देखिएको छ ।

‘दुर्घटना भएको स्थानमा गाडीले ब्रेक हानेको देखिँदैन, त्यसकारण पनि ब्रेक फेल हो भन्ने अनुमान गरेका छौैं,’ गुरुङले भने, ‘सिट क्षमताभन्दा बढी यात्रु राखेको देखिन्छ ।’ गुरुङका अनुसार दुर्घटना भएको ४० सिटे बसमा ४९ जना सवार थिए, तीमध्ये १६ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।

अहिलेसम्म हेटौंडा अस्पतालमा १२ जना, चुरेहिल अस्पतालमा २ जना, मकवानपुर सहकारी अस्पतालमा २ जना र चितवनमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिए ।

घाइतेमध्ये १३ जनालाई थप उपचारका लागि चितवनका अस्पतालहरूमा रिफर गरिएको छ भने केही घाइतेको हेटौंडाकै विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

‘एम्बुलेन्स अभाव’ले तनाव

बागमती प्रदेश राजधानी हेटौंडा नजिकै दुर्घटना भएपनि एम्बुलेन्स पाउन मुस्किल भएको उद्धारकर्ताहरू बताउँछन् ।

अस्पतालमा रहनुपर्ने एम्बुलेन्सहरू समयमै नभेट्दा केही घाइतेलाई बसमा हालेर ल्याउन परेको उद्धारकर्ताहरूले बताए । हेटौंडाबाट रिफर हुने एम्बुलेन्स नभएपछि एउटै एम्बुलेन्समा ३ जना घाइते राखेर समेत लैजान परेको हेटौंडा अस्पताल विकास समितिका सदस्य उत्सव चौलागाईंले जानकारी दिए ।

भन्छन्, ‘गाउँको स्वास्थ्य चौकी गएका एम्बुलेन्स बाटो अवरुद्ध भएर रोकिँदा उतै छन् । कोही चितवनतिर छन् । कोही दशैंमा घर पनि गएका होलान्, त्यही भएर समस्या देखियो ।’ मनहरी गाउँपालिका र नेपाली सेनाको एम्बुलेन्स बोलाएर घाइतेलाई अन्य अस्पतालमा पठाइएको चौलागाईंले जानकारी दिए ।

शुक्रबार, असोज २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन
आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ३.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ४.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ५.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ६.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

भर्खरै

  • १.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • २.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ३.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

  • ६.
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • ७.
    आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ८.
    ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.