• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, जेठ १२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

आज मिति २०८३ साल जेठ १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २. भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ३. आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४. आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६. अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ७. आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ९. आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • १०. हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

दसैँमा मजदूर घर गए, मुग्लिन–पोखरा सडक विस्तार रोकियो

दमौली – दसैँ बिदाका कारण मुग्लिन–पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँ खण्डमा काम रोकिएको छ । सडकखण्ड विस्तार योजनाका लागि खटिएका कामदार दसैँ बिदाका कारण घर गएकाले काम रोकिएको हो ।

मुग्लिन पोखरा सडक विस्तार योजना पूर्वी खण्डका प्रमुख नरेन्द्र सुवेदीका अनुसार फूलपातीदेखि मजदुरलाई बिदा दिइएको छ । “दसैँ अवधिभर सडक विस्तारको काम हुँदैन, कामदार फर्किएपछि सम्भवत पूर्णिमापछि कामलाई पुनः सञ्चालन गरिनेछ,” सुवेदीले भने । सडक विस्तार योजनाको काम ढिला भएकाले अब तीव्र गतिमा सञ्चालन गरिने उनले बताए ।

दसैँमा सर्वसाधारणलाई यात्रा गर्न सहज होस् भन्नका लागि साना–साना खाल्डाखुल्डी मर्मतको काम गरिएको उनले बताए । यद्यपि, अन्तिम समयसम्म काम भएका ठाउँका ठूला खाल्डा भने मर्मत गर्न नसकिएको उनले बताए । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तारका लागि गत वर्षको वैशाखदेखि काम सुरु गरिएपनि तनहुँ खण्डमा भौतिक प्रगति भने न्यून छ । मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत तनहुँ खण्डलाई दुई भागमा विभाजन गरेर काम गरिएको छ ।

पूर्वी खण्ड अन्तर्गत मुग्लिनदेखि जामुनेसम्मको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१.४५ किमि यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पश्चिम खण्ड अन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो ।

मुग्लिन पोखरा सडक योजना ९पूर्वी० खण्डमा हालसम्म तनि दशमलव ४६ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । आर्थिक वर्ष ०७८/७९ मा पूर्वी खण्डका लागि रु दुई अर्ब ५१ करोड ८८ लाख आठ हजार विनियोजन गरिएको थियो । तर यस अवधिमा रु ५७ करोड ३७ लाख चार हजार मात्रै खर्च भएको छ । कूल विनियोजितमध्ये ७७ प्रतिशत बजेट खर्च हुन नसकेको सुवेदीले बताए ।

योजनाको पश्चिम खण्डतर्फ पाँच प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । वित्तीय प्रगति भने २३ प्रतिशत रहेको योजनाका इन्जिनियर नारायण पौडेलले जानकारी दिए । आर्थिक वर्ष ०७८/७९ मा यो खण्डका लागि रु एक अर्ब ९१ करोड ९५ लाख १८ हजार विनियोजन भएकामा रु ४४ करोड ३६ लाख ४६ हजार खर्च भएको छ ।

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।

चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाईको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौंडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाई ४६ मिटरको हुनेछ । रासस

बिहिबार, असोज २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु
भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार
पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै
अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने
आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना
हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

लोकप्रिय

  • १.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ३.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४.
    आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

भर्खरै

  • १.
    जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

  • २.
    आज मिति २०८३ साल जेठ १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ४.
    पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ५.
    आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • ७.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ८.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.