काठमाडौं । नेपालमा डेंगु सङ्क्रमण थप भयावह बन्दै गएको छ । हालसम्म यसबाट ३६ जनाले ज्यान गुमाइसकेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडि) का अनुसार नेपालमा डेंगु सङ्क्रमण्बाट ३६ जनाको मृत्यु भएको हो । त्यस्तै, ईडिसिडिको तथ्याङ्कले २७ हजार ५६९ जनामा डेंगु संक्रमण पुष्टि भएको देखाएको छ । डेंगुबाट सबैभन्दा धेरै बागमती प्रदेशमा २१ हजार ५८९ जना संमित भएका छन् । त्यस्तै, लुम्बिनीमा तीन हजार ५०, प्रदेश १ मा ८१५, सुदूरपश्चिममा ८२१, गण्डकीमा ६५३, मधेश प्रदेशमा ४०५ र कर्णाली प्रदेशमा २३६ जनामा डेंगु पुष्टि भएको छ । जिल्लाको कुरा गर्दा सबैभन्दा बढी काठमाडौंमा ९४९६, ललिपुरमा ६४९८, मकवानपुरमा २६९१, दाङमा १४१०, भक्तपुरमा १७६, रुपन्देहीमा ७३७, चितवनमा ७१७, धादिङमा ४४९, गुल्मीमा २९९, कैलालीमा २९८ गरी १० जिल्लामा सबैभन्दा बढी २३ हजार ६९१ जनामा संमण देखिएको छ । डेंगुको सङ्क्रमण कात्तिकसम्म बढ्नसक्ने आंकलन ईडिसिडिले गरेको छ ।
डेंगु थप बढ्ने : ३६ जनाको मृत्यु, २७५६९ संक्रमित–कुन प्रदेशमा कति ?
डेंगु थप बढ्ने : ३६ जनाको मृत्यु, २७५६९ संक्रमित–कुन प्रदेशमा कति ?
तपाईको प्रतिक्रिया