• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, असार २७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

समिक्षा अधिकारीले बयान फेरे पछि पलले पाए ब’लात्कार मुद्दामा सफाइ, जेलबाट छुट्दै छन पल


८ आश्विन २०७९,
पीडित किशोरी ‘होस्टाइल’ भएकै कारण अभिनेता पल शाहले ब’लात्कारको मुद्दामा सफाइ पाएका छन् । जिल्ला अदालत, नवलपुरले २१ भदौमा पललाई सफाइ दिएको थियो । जिल्ला अदालतले बालयौन दुरुपयोगको कसूरमा दोषी देखिएको भन्दै उनलाई साढे २ वर्षको कैद ठहर भएको छ । ब’लात्कार आरोपकै अर्को मु’द्दा तनहँुमा विचाराधीन भएकाले उनी जिल्ला कारागार तनहुँमा थुनामा छन् ।

बिहीबार तयार भएको नवलपुर जिल्ला अदालतको फैसलाको पूर्णपाठमा पीडित किशोरीले बयान फेरेकै कारण पललाई ब’लात्कार मुद्दामा दोषी ठहर गर्न नसकिने उल्लेख छ । पलविरुद्ध ११ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा ब’लात्कारको आरोपमा उजुरी परेको थियो । १५ फागुनमा नवलपुरमा त्यही आरोपमा अर्को जाहेरी प¥यो । जिल्ला अदालत, नवलपुरले शाहलाई ब’लात्कारको आरोपमा सफाइदिएको त्यही मुद्दामा हो ।

पीडितले ‘मौकामा कागज गर्दा प्रष्ट रूपमा किटान नगरी कागज गरे पनि अदालतसमक्ष आई बकपत्र गर्दा सुरुमा गरेको कागजको व्यहोरा आफ्नो होइन, हामीबीच कुनै नराम्रो सम्बन्ध छैन’ भनेकी थिइन् ।

आफ्नो विषयमा नकारात्मक समाचार आएकाले बाबुले जाहेरी दिएको बयान दिएकी उनले कन्याजालीमा दाग देखिनुको कारणतर्फ संकेत गर्दै सानो उमेरमा साइकल चलाउने गरेको बताएकी थिइन् ।

न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले तयार पारेको फैसलाको पूर्णपाठमा भनिएको छ– ‘कुनै अपवादमा बाहेक जबरजस्ती करणीका घटनाहरूमा पीडित र पीडक बाहेक अन्य व्यक्तिहरूको प्रत्यक्ष संलग्नता रहेको हुँदैन । त्यसैले सामान्य अवस्थामा करणीको कसूरमा प्रत्यक्षदर्शी भनेको नै पीडक र पीडित नै हुन् । जबरजस्ती करणको कसूरको प्रत्यक्ष प्रमाण भनेको पीडित स्वयम् नै रहने हुन्छ ।’

प्रतिवादीले अनुसन्धानका क्रममा पीडितसँग कुराकानी भएको, म्यासेज आदानप्रदान भएको फैसलामा औंल्याइएको छ । अदालतमा पेश भएको अडियो क्लिपमा भएको छलफल र त्यसमा रहेको आवाज आफ्नो भएको स्वीकार गरे पनि पल शाहले अदालतमा इन्कारी बयान दिएकाले मिसिलमा संलग्न आधार र प्रमाणका आधारमा ब’लात्कार गरेको अनुमान गर्न मिल्ने अवस्था नभएको फैसलामा उल्लेख छ ।

पल शाहमाथि लगाइएको आरोप किशोरीको तर्फबाट शंकारहित रूपमा पुष्टि गरिएको हुनुपर्ने भन्दै फैसलामा भनिएको छ ‘प्रतिवादको इन्कारी बयानलाई जाहेरवाला एवं स्वयं पीडितको अदालतसमक्षको बकपत्रबाट समेत पुष्टि भइसकेको अवस्थामा पल शाहमाथि लगाइएको अभियोग बाहेक किशोरी पक्षले शंकासहित तवरबाट करणीको वारदात स्थापित भएको हो भनी अन्य स्वतन्त्र र वस्तुनिष्ठ प्रमाण अदालतसमक्ष पेश गर्न सकेको देखिंदैन ।’ यसरी हेर्दा पीडित किशोरीले अदालतमा उपस्थित भएर दिएकै बयानका कारण पलले सफाइ पाएको प्रष्ट हुन्छ ।

पीडित किशोरी र जाहेरवाला (बाबु)ले अदालतमा दिएको बयानलाई इजलासले अस्वीकार गरेको छ । पीडित किशोरी गायन अभिनय क्षेत्रमा छुट्टै पहिचान बनाएकी उदाउँदो बाल प्रतिभा भएको र आफ्नो करिअरलाई नै असर पर्ने गरी कसैको प्रलोभनमा परेर अरूको कलाकारिता र अभिनयलाई मेट्ने उद्देश्यले मात्र जाहेरी दिएको अनुमान गर्न नमिल्ने इजलासको ठहर छ ।

बरु पीडित किशोरी र आरोपित प्रेमी–प्रेमिका जस्तो सम्बन्धमा बसेको देखिने जिल्ला अदालतले औंल्याएको छ । जाहेरीवालाले सामाजिक सञ्जाल लगायतमा नराम्रो कुरा सुनेकाले उजुरी दिएको र पीडितले आफ्नो र प्रतिवादीबीच नराम्रो सुनेका कारण जाहेरी दिएको हुनसक्छ भनेर अदालतमा दिएको बयानले पनि उनीहरूको सम्बन्ध कलाकारिता र अभिनयका क्रममा मात्र भेटघाट भएको र त्यतिकैमा रोकिएको नदेखिने फैसलामा उल्लेख छ ।

अदालतमा पेश भएको अडियो क्लिपमा रहेको अश्लील संवाद र प्रेमी प्रेमिकाबीच हुने वार्तालाप जस्तो देखिएको भन्दै फैसलामा भनिएको छ— ‘प्रतिवादीलाई अनुसन्धानको क्रममा जबरजस्ती बयान कागजमा सहीछाप गर्न लगाइयो भन्ने अनुमान गर्न मिलेन ।’

बरु ‘ब’लात्कार’को घटनामा पनि पीडित र प्रतिवादीबीच निरन्तर एसएमएस आदानप्रदान र फोन सम्पर्क हुँदै आएको भन्दै फैसलामा भनिएको छ— ‘त्यसैक्रमको सिलसिलामा मध्यबानेश्वरमा पीडित र प्रतिवादहरूका बीचमा संवाद एवं छलफलको अडियो क्लिप बनाइएको समग्र अवस्थाले प्रतिवादी र पीडित प्रेमी–प्रेमिका जस्तो सम्बन्धमा रहे बसेको देखिन्छ ।’

लोकप्रियता कमाएका अभिनेतासँग नजिक हुन र उसलाई चाहनु पीडितको गल्ती नभएको भन्दै जिल्ला अदालतले बरु पलले आफ्नो रिल लाइफको क्रेजलाई वास्तविक जीवनमा गलत रूपमा प्रयोग गर्नु गलत भएको ठम्याएको छ ।

फैसलामा भनिएको छ— ‘यी प्रतिवादीबाट नाबालिक उपर अडियो संवादमा प्रयोग गरेका शब्द एवं संवाद तथा अन्य एसएमएसलगायतका कुराकानीका गतिविधि समेतलाई हेर्दा यी प्रतिवादी(पल शाह)ले अभिभावकीय रूपमा आफ्नो जिम्मेवारी र कर्तव्य पूरा नगरी एउटा प्रेमीको रूपमा आफूलाई प्रस्तुत गरी नाबालिका उपर व्यवहार गरेको देखिन्छ ।’

पीडितमाथि गरेको व्यवहार र अडियो संवादलाई यौनजन्य अस्वाभाविक व्यवहार ठहर गर्दै जिल्ला अदालतले पल शाहमाथि बाल यौ’न दुरुपयोग गरेको ठहर गरेको हो । मुलुकी अपराध संहिताको दफा २२५ (३) अनुसार बाल यौ’न दुरुपयोगमा तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुनसक्छ ।

फैसलामा भनिएको छ, ‘कसूरको अवस्था र प्रतिवादीले आफू गीत–संगीत र फिल्मी क्षेत्रमा रहेर झन् संवेदनशील बनेर बाल कलाकारहरूलाई संरक्षण गर्नुपर्नेमा आफैं आफ्नो जिम्मेवारी र कर्तव्य भुलेर प्रेमीको रूपमा प्रस्तुत भई कसुर गरेको हुँदा निजलाई २ वर्ष ६ महिना कैद सजाय र ५० हजार रुपैयाँ जरिवाना हुने ठहर्छ ।’

शनिबार, असोज ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
आज अन्तरराष्ट्रिय योग दिवस

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.