काठमाडौं – आकस्मिक रुपमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) का लागि आवेदन फारम खुला गरिने भएको छ ।
यातायात व्यवस्था विभागले आकस्मिक रुपमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिनका लागि अनलाइन फारममार्फत आवेदन दिन सकिने व्यवस्था मिलाएको जनाएको छ । आकस्मिक रुपमा लाइसेन्स लिनका लागि असोज ७ गतेदेखि आवेदन दिन सक्ने व्यवस्था मिलाएको विभागले जनाएको छ ।
अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली, शान्ति सेना मिसनका लागि विदेश जाने सेना एवं प्रहरी र गैरआवासीय नेपाली नागरिकले आकस्मिक रूपमा लाइसेन्स निकाल्न सक्ने गरि व्यवस्था मिलाइएको विभागले जनाएको छ ।
विभागका अनुसार सेवाग्राहीले आवश्यक कागजात अनलाइनमा नै प्रविष्ट गर्नसक्ने छन् । निवेदकले सवारीचालक अनुमतिपत्र लिन जाँदा निवेदनको प्रिन्टसहित पोर्टलमा अपलोड गरेका कागजातको सक्कल प्रति लिएर विभागमा पेस गर्नुपर्ने व्यवस्था सूचनामा भनिएको छ ।




