• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ३. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ४. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ५. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ६. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ७. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

‘जैमिनि शङ्खशिला’ शङ्खकै स्वरशैलीमा


बागलुङ-वैदिककालीन इतिहासको ढोकालाई उघार्दै जाँदा ‘ जैमिनि- क्षेत्रमाहात्म्यम्’ मा- “आत्मा खलु विश्वमुलम् जैमिनिमु नितीर्थम् जैमिनिमुनेराश्रम : वेदो खिलो धर्मूलम् जैमिनि धर्म :” आर्थात जैमिनि ऋषिको मतानुसार संसारको मुल कारण आत्मा हो , वेदको मुलतत्त्व धर्म हो ‘ भनी उल्लेख गरेको पाइन्छ । पर्वत जिल्लाको पाङ कुश्माको गुप्तेश्वर गुफा र बागलुङको संगमक्षेत्र मोदी बेनीदेखि करिब दुई कोष दक्षिण भू-खण्डमा जैमिनिक्षेत्र पर्दछ । स्वर्ण (ठेउलेखोला) र कृष्णागण्कीको बेनीमा महर्षि जैमिनि ऋ षको निवासस्थान भएको पुराण- प्रमाण मिल्दछ । यिनै ऋषिद्वारा स्थापित जैमिनेश्वर शिवलिंग पनि यहाँ भेटिन्छ ।

यो क्षेत्रलाई प्राचीनकालदेखि पवित्र तीर्थस्थल मानिन्छ किन कि यहाँ कामधेनु र कल्पवृक्षले जस्तै फल दिने हुँदा ठूल-ठूला महापुरुष, ऋषिमुनि,सिद्ध-महात्मा तथा धर्मरक्षकहरु प्राय: सबै यश पवित्र पुण्य क्षेत्रभित्र वस्न मन पराउँथे भनी उल्लेख गरिएको पाइन्छ । यिनै आत्मविश्वास र आत्मसन्तोषका निमित्त जैमिनिक्षेत्रको आसपासमा आई आ-आफ्नो मनोरथ पूर्ण गर्न चाहनेहरु यसको उपासना र आराधना गर्नाले पनि सिद्धि प्राप्त हुन्छ भनी आदिपुरुषहरुले विश्वास लिएको देखिन्छ । फलस्वरूप अनादिकालदेखि नै यश क्षेत्रको महिमा अति ऊच्च रहिआएको हुँदा यहाँ वर्षनी मनाइने शिवरात्री, चैत्रनवरात्र गङ्गा दशहरा, चण्ढिपूर्णिमा, गुरुपूर्णिमा, श्रावणी पूणिर्मा,कृष्ण जन्माष्टमी, भाद्रशुक्ल चतुर्थी, शरद् नवरात्र, बिजयादशमी, कार्तिक पूणिमा, माघे संक्रान्ति, धान्यपूर्णिमा, श्रीपञ्चमी, सरस्वती पूजा र बालाचतूर्दशीमा यहाँ सानो-ठुलो मेला लाग्ने चलन चलिआएको बाट पनि यश क्षेत्रको महिमाको बलियो पुष्टि मिल्न आउँछ । यसरी नै सो ठाउँमा विभिन्न प्रकारका शिवपूजा,पाठ, पारायण,रुद्री, लक्षहोम, कोटीहोम आदि शुभ-कार्यहरु गर्ने र गरिएकोबाट पनि उक्त कुराको पुष्टि मिल्दछ ।

अर्को यस क्षेत्रको विशेषता दामोदर कुण्डदेखि नै गण्डकी (काली) को प्रवाहले प्रवाहित हुँदै ल्याइएका आसंख्य शालिग्राम शिलाहरुमध्ये कल्प-कल्पान्तरसम्म आत्मबोध गराउने सुवर्णमय सुस्निग्ध कीर्तिशाली ‘शङ्खशिला’ कृष्ण (काली) गण्डकीको तटमा र गजेन्द्रकार देवशिला गण्डकीको जलबीचमा विद्यमान छन् । दर्पणाकार नागशिलाको दक्षिणपट्टी जैमिनि ऋषिको गुफा रहेको छ । उक्त गुफाको पूर्व कथामण्डप र दक्षिणतर्फ विशाल भव्य एवं सुन्दर शिवालय छन् । यसको संरक्षण र सम्वर्धन सम्बन्धित निकायबाट हुनुपर्ने देखिन्छ । तापनि हाल यहाँ श्रद्धालु भक्तजनहरुबाट मात्र हुन गएको देखिन्छ ।

यो भेगको सबभन्दा महत्त्वपूर्ण ठाउँ ‘जैमिनि घाट ‘हो । जैमिनि गुफाको अर्कोपट्टि यो घाट पर्दछ ।’जैमिनि घाट’ लाई हाल ‘ज्यामिर घाट ‘ भनिन्छ । यिनै नाउँबाट यो ठाउँ प्रसिद्ध छ । यश किसिमले वैदिककालीन इतिहासको पौराणिक विषयलाई खोज र अनुसन्धान गर्दै जाने हो भने धवलागिरि अन्चलभित्र मात्र नभएर अधिराज्यका विभिन्न ठाउँहरुमा पनि यस्ता पौराणिक रहस्यमय गथाहरु प्रशस्त मात्रामा भेटिदै जानेछन् , ज्यामिर घाट गण्डकी प्रदेश , बाग्लुङ जिल्ला , जैमिनि नगरपालिका अन्तर्गत पर्छ । नजिकै पर्वत जिल्ला ,फलेवास नगरपालिका वडा नं.६ देवीस्थान पनि पर्छ । यश क्षेत्रभित्र पवित्र शङ्खशिला, गजेन्द्राकार देवशिला तथा अन्य पवित्र तीर्थस्थल आदि हुनुको कारणले यश ठाउँको आफ्नै किसिमको ऐतिहासिक महत्त्व मानिन्छ । यिनै क्षेत्रमध्येमा पर्ने ठेउलेखोला (स्वर्णा) र कालीको सङ्गम(दोभान ) लाई प्राचीन ऋषिमुनिहरुले मन पराइएको ठाउँ थियो भनी भनिन्छ किन कि यहाँ माथि उल्लेख गरिएसमुताबिक शालिग्रामको स्वरुपमा दामोदरकुण्ड मुक्तिनाथबाट सुनकोबरस बगाउँदै, यो विशाल विश्वलाई आफ्नो धर्म र उपदेशको ज्योति फैलाउँदै आएको उल्लेख गरिएको छ । जैमिनि गुफा , जैमिनि देवशिला, जैमिनि गुरुकुल, गजेन्द्राकार देवशिला र दर्पणाकार नागशिला आदि जैमिनि (ज्यामिर घाटको आसपास ) तीर्थस्थानमा आजतक सुशोभित रुपमा सुपूजित छन् ।


‘शङ्खशिला ‘ प्रत्यक्षरुपमा कृष्णागण्कीको तटमा शंखाकारको रुपमा अवस्थित छ । यसको आफ्नै महत्व रहेको पाइन्छ । यो शिला प्राचीनकालदेखिबनै ” जानेबुझेका वयोवृद्धहरुको भनाइकै आधारमा ” जहाँ थियो आज पनि सोही ठाउँमा, सोही अवस्थामा रहेको देखिन्छ । हेर्दा ‘शङ्खशिला’ खस्त्रे खस्त्रे एवं पत्रेचट्टानको स्वरुपमा देखिन्छ र सामान्यतया अन्य चट्टानहरुसमानकै अवस्थामा रहेको पाइन्छ । करिब ५ फुटजति लमाइ र मध्यभागमा ३ फुटजति फुकेको शङ्खशिला अग्रभाग केही चुच्चिएको पाइन्छ भने पुच्छरखण्डको पूरै भाग चुच्चिदै गएको शंखाकारको पूृ्र्णरुप देखिन्छ । यो जुन ठाउँ (गण्डकीको तट ) मा अवस्थित छ त्यसको पूर्वबाट कृष्णागण्डकी अनादिकालदेखि अविरल रुपमा प्रवाहित भैरहिछन् । गण्डकीको पारिपट्टि पर्वत जिल्लाको फलेवास नगरपालिका भेग पर्दछ । कालीको किनारै किनारबाट उठेका यश भेगका सुन्दर डाँडा-काँडा एवं हरियाली वनपाखा आदिले यो ठाउँलाई अरु शोभा थपिएका छन् । शङ्खशिलाको पश्चिमपट्टी कुश्मा र बलेवा को पुरै भेग पर्दछन् ।यसरी यो चारैतिरबाट प्राकृतिक दृश्यले अति सुशोभित, रमणीय कालीको तीरमा रहेको शङ्खशिला भगवान विष्णुको प्रतीकको रुपमा रहेको छ । यिनै मूल्य र मान्यतालाई स्वीकारेर सम्पुर्ण भक्तजनहरुबाट यो ‘ शंकशिला ‘ सर्वमान्य एवं सबैबाट पूजित पनि छ । यसको आसपासमा सामान्य साना-ठुला अरु धेरै पत्थर ( ढुङ्गा) हरु पनि छन् तर शंखशिलाको आकार प्रकारसँग अरु पत्थरहरुको आकार-प्रकार मिल्दैन । अनि यसका अग्रभागको मध्यखण्डमा सानो प्वाल (दुलो ) प्रस्ट देखिन्छ । यसै प्वालबाट गण्डकीको जल खन्याइदियो भने सामान्य अरु शंखहरुबाट आवाज निस्के झै यसबाट पनि आफ्नै किसिमको आवाज निस्कन्छ । यसरी निस्केको आवाजलाई भगवान् विष्णुको स्वर हो र भगवान्ले प्रत्यक्ष दर्शन दिनुभयो भन्ने जन विश्वास छ । यहाँ दर्शन गर्न जानेहरुले विभिन्न प्रकारका फलफूल ,धुप,दीप ,नवेद्य आदि चढाई पाठ-पुजा, कथापारायण , रुद्री आदि शुभकार्य गर्दछन् र मनोकामना प्राप्त गरि फर्केका हुन्छन् । विष्णु भगवान्को आराधनाले एकातिर आफूंआ शक्ति बढ्छ भने अर्कोतिर सिद्ध प्राप्त हुन्छ भनी उक्त शंखशिलाको पूजा-अर्चना गर्ने चलन चालिएको देखिन्छ ।

साधारण किसिमले यसलाई अवलोकन गर्दै जाने हो भने यो ईश्वरको प्रतीक का रुपमा देखिएको छ । जो पूजित छ , भगवान्को स्वरुपमा मान्यताप्राप्त छ तर यसभित्रको रहस्यमयलाई खोतल्दै जाने हो भने कसरी बज्यो ? किन बज्यो र बज्न जानुको अर्थ के मा छ ? भन्ने तथ्य सत्य अवश्य मिल्दछ । यसको खोजी गर्ने कसले ? यिनै कुरालाई जनसमक्ष छर्लङ्ग पारिदिन सक्नु सम्बन्धित निकायहरुको नितान्त आवश्यक देखिन्छ , नव भने यो रहस्यमै रहेछ । उक्त रहस्यमय कुरालाई बैज्ञानिक आधारबाट अनुसन्धान गर्नुपर्ने हुँदाहुँदै पनि धमंमा अगाध आस्था राख्ने हिन्दुधमविलम्वीहरुका निमित्त यो पूजनीय छ र यस्ता धार्मिक स्थलहरुको सदा संरक्षण र सम्वर्धन हुनुपर्छ ।

Source Nirvikkhabar

सोमबार, असोज ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ३.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ४.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ५.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ६.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

भर्खरै

  • १.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • २.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ३.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

  • ६.
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • ७.
    आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ८.
    ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.