चितवन । चितवनमा चटपट बेच्दै हिंड्ने ठेलालाई ट्रकले ठक्कर दिँदा दुई महिला घाइते भएका छन् । आज (आइतबार) बिहान ५:३५ बजे इच्छाकामना गाउँपालिका ६ अन्तर्गत मुग्लिन नारायणगढ सडकखण्डको पाँचकिलो नजिक सर्लाहीबाट काठमाडौंतर्फ गइरहेको ना ५ ख ३७७७ नम्बरको ट्रकले ठेलालाई ठक्कर दिएको हो । ट्रकको ठक्करबाट स्थानीय २७ वर्षीय कल्पना गुरुङ र २३ वर्षीय तिर्थकुमारी गुरुङ घाइते भएका छन् । उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।
चितवनमा ट्रकले चटपटको ठेलालाई ठक्कर दिँदा दुई घाइते
चितवनमा ट्रकले चटपटको ठेलालाई ठक्कर दिँदा दुई घाइते
तपाईको प्रतिक्रिया