मेची महाकाली बुहारी संयुक्त आवाज को नाम व्यापक छ । गाउँ–शहर,बाटोघाटो जताततै मान्छेहरुको जिब्रो मा झुन्डिएको सामाजिक संस्था हो ‘मेची महाकाली बुहारी संयुक्त आवाज’। मेची महाकाली बुहारी संयुक्त आवाजले हत्या हिंसा अन्यायमा परेका महिला बालबालिका वृद्द ब्रिद्दा हरुको न्याय र हक हित को लागि अग्र पंक्तिमा रहेर काम गर्दै आयको छ। दर्शक बृन्द आज हामी झापा बिर्तामोड स्थित मेची महाकाली बुहारी संयुक्त आवाज को केन्द्रिय कार्यालय मा छौ र आज हामी सङ कुरा गर्नको लागि यस संस्थाकी केन्द्रिय उपादक्ष तथा सह संस्थापक चंद्रा काफ्ले ज्यु हुनुहुन्छ। प्रस्तुत छ, मेची महाकाली बुहारी संयुक्त आवाज कि केन्द्रिय उपादक्ष तथा सह संस्थापक चंद्रा काफ्ले सँग स्वीट नेपालले गरेको कुराकानी -:
आरामा हुनु हुन्छ उपादक्ष ज्यु ?
– हजुर आरामै छु
मेची माहाकाली बुहारी संयुक्त आवाज लाई हाम्रा दर्शक लाई सन्क्षिप्त मा कसरि चिनाउनु हुन्छ ?
-छोटो समयमा मेची महाकाली बुहारी संयुक्त आवाज ले यतिका बिबिध बिषय को उत्त्खान मात्रै होइन यस्ता बिषयहरुमा गहिरियर काम गरेको छ मलाई लाग्दैन यो गहिराई लाई सन्क्षिप्त शब्दहरुमा मापन गर्न मिल्ला तर छोटकरी मा भन्नु पर्दा यो मेचीमहाकाली बुहारी संयुक्त आवाज देश बिदेशमा छरीएर रहेका बिवाहीत महिलाहरुलाई एकिकृत गराई परोपकार तथा लोक कल्याणका कामहरु गर्दै जनसमुदायमा बिश्वास र मायाको सम्बन्ध स्थापना गराई महिला तथा बालबालिका को हिंसा बिरुद्ध काम गर्ने अभियान मुलक संस्था हो । यो अभियानको यात्रामा हामी शोषण र पिडामा परेका चाहे त्यो महिला होस या पुरुष ,ब्रृद्ध होस या बालक सबैको संयुक्त आवाज हुने प्रयास गर्दछौ!
बिबाहित महिला हरुको संस्था भयकोले नाम मा बुहारी भनेर राख्नु भयको हो ?
-हो यो संस्था पक्कै पनि बिबाहित महिला हरुको एकता बाटै स्थापित भयको हो तर बुहारी शब्द ले सामन्न्य बुहारी का समस्या लाई मात्र स्थापित गर्न खोजियको होइन मैले अघिनै भनि सके यसका बिबिध पक्ष छन्। बुहारीले त महिलाको एक अवस्था को मात्र चित्रण गर्न खोजियको हो।
त्यो कस्तो अवस्था हो र नाम मा बुहारी नै जोडिनु पर्ने ?
-महिलाले सामाजिक र प्राकृतिक दायित्व निभाउने क्रममा बिभिन्न भुमिकाका साथ धेरै चरणबाट गुज्रीन्छन। छोरीबुहारीआमा हुदै सासु बन्छीन । छोरीबाट बुहारीमा परिवर्तन हुदाॅ उनी नया घरमा जान्छिन । जन्मेको घर जहाॅ आमाको स्नेहले बाधियका हात छुट्दै गर्दा आफु हुर्केको टोल,छिमेक र परिचीत समाजलाई छोडी नया परिबेश, नया घर जहाॅ पतीका अतिरिक्त संयुक्त परिवारमा अरु सदस्यहरु बिच एक नया नाताका साथ परीचित हुदै गाॅसीने प्रक्रृया कहिलेकाही चुनौती युक्त पनी हुन्छ! बुहारीका मनमा रहेका भावनाहरु ब्यक्त गर्न तुलनात्मक रुपमा जन्मघरमा भएको सहजता नया घरमा संकोचका कारण नहुन सक्छ र तेही वातावरण मा कहिलेकाही दुर्भाग्यवस पारिवारीक असमजदारीता पैदा हुन सक्छ र यही असमजदारीता बढ्दै गएर घरेलुहिंसा मा परिणत हुन सक्छ । तैपनी बुहारी उनको यो पिडाले माईती दुखी नहुन भनेर ओठमा झुठा मुस्कान लिएर बस्दछीन । यही मौनता कहिलेकाही ठुलो हिंसामा परिणत भई आत्महत्या तथा हत्या सम्म पुग्छ ।
त्यसैले महिला भएर निभाउने बिभीन्न भुमिकाहरु मध्य नवनबेली
बुहारी भएर निभाउनु पर्ने भुमिका अत्यन्तै चुनौतीपुर्ण हुने भएकोले यो संस्थाको नाममा बुहारी भन्ने शब्द उल्लेख गरीयको हो ।
यसो भय तपाई हरु पुर्णतय बुहारी हरुका समस्यमा केन्द्रित हुनुहुन्छ ?
-हामि बुहारिका समस्यामा मात्र केंद्रित भयका छैनौ , हामी सम्पूर्ण महिलाको भावना लाई सम्बोधन गर्दछौ।महिला मात्रै होइन उत्पीडन र शोषणमा परेका वर्ग हरुको अवाज बन्ने गरेका छौ। हाम्रो स्थापनाकाल देखी अहिले सम्मको काम हेर्नू भयो भने हामिलाई बालबालिकाअपांग तथा मानसिक रोगी हरूलाई सहयोग गर्दै आयको देख्न सक्नु हुन्छ ।
यति ठुलो मुद्दा को सामधान लाई तपाई हरु जस्तो बिबाहित महिला ले मात्र चलायको संस्थाले गर्न सम्भब होला र ?
-कुनै पनि राष्ट्रिय मुद्दा को सामधान कुनै एक निश्चित वर्ग बिशेष , समुदाय , संस्था या कुनै एक राजनैतिक दल ले गर्ने होइन र यो सम्भब पनि हुदैन । विभिन्न राजनैतिक दल को सहमतिमा हुने पहल मा राज्यले समधान गर्ने हो। तर संबिधान मा उल्लेखित भइसकेका ब्यबस्थित मुद्दा हरुमा पनि लक्षित बर्ग लाई समेट्न नसक्नु दुर्भाग्य पूर्ण अवस्था हो। यो दुर्भाग्यपुर्ण अवस्थाको अन्त को निम्ति संघर्ष अपरिहार्य छ। संघर्ष सृफ अधिकारको लडाई मात्र होइन कर्तब्य को पालना पनि हो। हामी त्यहि कर्तब्य को पालना गरि रहेका छौ। आफ्ना सुखद रेखा भित्र को संसार लाई मात्र सम्पूर्ण संसार देख्ने सामाजिक मानसिकता ले गर्दा आज पाखा पखेरो भित्ताको संसार नजर अन्दाज भयका छन्। हामीले त्यहि पाखा पखेरोमा रहने उपेक्षित बर्ग मा रहका महिला हरुको सहभागितामा यो संस्थाको अभियान अगाढी बढोस बन्ने लक्ष्य राखेका छौ र यो लक्ष्य प्राप्तिमा हामी अघि बढी सकेका छौ।
यो त भन्ने कुरा सबै संघ संस्थाले भन्लान र भनेका पनि होलान तर ति नारा कुरामा मात्र सिमित छन्। यत्रो कुरा हरुलाई ब्याबहार मा उतार्न ठुलो संरचना हुनु पर्यो। मेची महकाली बुहारी संयुक्त आवाज संग त्यो सामर्थ्य छ भनेर कसरि बिस्वाश गर्ने सकिन्छ ?
-हेर्नुस बिश्वाश भन्ने कुरा पहिला स्वोयम आफु माथि आफ्नो भरोसा हुनु पर्यो।म त्यो गन्तब्यमा पुग्छु भन्ने स्वोयम मा द्दृढ सकल्प हुनु पर्यो। त्यो संकल्प समुह बने पछि सामुहिक रुपमा गरिन्छ भन्ने मान्यता राख्नु भयो भने तपाईको संकल्प समुह बाट उत्पन्न हुने बिभिन्न विचार र विचार का सहमति असहमति संग सम्झौता गर्दा गर्दै हरयार जान्छ र एक दिन संकल्प लिने व्यक्ति पनि आफै संग हरयार जान्छ। नेतृत्व त्यो हो जसले आफ्नो बाटो खुद बनाउछ र त्यो बाटोमा अरुलाई पनि संगै लियर हिड्ने प्रयाश गर्छ सायद यो बाटोमा तपाई संग हजारौ लाखौ को भिड होला कुनै दिन या एक्लै हुनु होला यसले फरक पार्नु हुदैन तर तपाई चल्न रोकिनु हुदैन। मान्छेको बसमा सृफ प्रयाश हुन्छ नतिजा भगवान को हातमा हुन्छ।नेतृत्व ले नतिजा को परबाह नगरी हर हालतमा आफ्नो संकल्प मा नडगमगाउने र यही संकल्प को बाटोमा हिड्ने पुर्णतय प्रयास गर्नु पर्छ र यो प्रयास मा अनेकन संघर्ष हुन्छन कैयन आफ्ना पराई हुन् सक्लान कैयन पराइ आफ्ना होलान यसले केहि फरक पार्नु हुदैन
संकल्प तपाइले मात्र लियर हुन्छ र एक व्यक्ति ले लियर मात्र हुन्छ र ? यो समाजले तपाइलाई पत्त्याउन पर्यो नि हैन र ?
-त्यो संकल्प समुह बने पछि सामुहिक रुपमा गरिन्छ भन्ने मान्यता राख्नु भयो भने तपाईको संकल्प समुह बाट उत्पन्न हुने बिभिन्न विचार र विचार का सहमति असहमति संग सम्झौता गर्दा गर्दै हरयार जान्छ र एक दिन संकल्प लिने व्यक्ति पनि आफै संग हरयार जान्छ। नेतृत्व त्यो हो जसले आफ्नो बाटो खुद बनाउछ र त्यो बाटोमा अरुलाई पनि संगै लियर हिड्ने प्रयाश गर्छ सायद यो बाटोमा तपाई संग हजारौ लाखौ को भिड होला कुनै दिन या एक्लै हुनु होला यसले फरक पार्नु हुदैन तर तपाई चल्न रोकिनु हुदैन। मान्छेको बसमा सृफ प्रयाश हुन्छ नतिजा भगवान को हातमा हुन्छ।नेतृत्व ले नतिजा को परबाह नगरी हर हालतमा आफ्नो संकल्प मा नडगमगाउने र यही संकल्प को बाटोमा हिड्ने पुर्णतय प्रयास गर्नु पर्छ र यो प्रयास मा अनेकन संघर्ष हुन्छन कैयन आफ्ना पराई हुन् सक्लान कैयन पराइ आफ्ना होलान यसले केहि फरक पार्नु हुदैन !
अहिले को समाज जसले हरेक काम फाइदा र बेफाइदा को कडीमा सोच विचार गरेर मात्र चल्छ तर तपाई नेतृत्व ले नतिजाको प्रबाह गर्नु हुदैन भन्न खोज्नु भयको हो ?
-: हो युबराजजी नेतृत्व ले नतिजा को परबाह नगरी हर हालतमा आफ्नो संकल्प मा नडगमगाउने र यही संकल्प को बाटोमा हिड्ने पुर्णतय प्रयास गर्नु पर्छ। यो प्रयास मा अनेकन संघर्ष हुन्छन। कैयन प्रिय लाग्ने आफ्ना पराई हुन् सक्लान कैयन पराइ आफ्ना होलान यसले केहि फरक पार्नु हुदैन किनकि तपाईको यो संघर्ष अरुका खुशी को लागि हो र अरुका खुशीको लागि बाच्ने मानिसहरु यो संसार मा अक्सर संघर्षमा एक्लै हुन्छन। इतिहास साक्षि छ एकल संघर्ष मा ति व्यक्ति हरु उपेक्षित मात्रै होइन तत्कालिन समाज बाट दण्डित पनि भयका थिय। तर तिनै व्यक्तिले इतिहास बनाय र स्वोयम इतिहास बने जसलाई आज हामी माहान भनेर पढछौ र पढाउछौ।
ए उसो भय तपाई नेपालमा महिला अधिकारकर्मी हरुको इतिहास मा तपाइको पनि नाम आओस भन्ने महत्वकन्क्षा ले प्रेणित हो ?
-होइन। म एक साधारण महिला , मेरी दिदि यमु शर्मा सुब्बा पनि एक साधारण महिला, आज हामी संग देशै भरि जोडीयका दिदि बहिनि हरु पनि साधारण महिला हुनुहुन्छ तर यिनै साधरण महिला हरुले पनी असाधरण काम गर्न सक्छन भन्ने उदारहण दिने प्रयास चाही पक्कै पनि हो। भाबी सन्तति ले यसलाई प्रेरणा को रुपमा लियोस र यो हामीले गरेको यो प्रयास लाई निरन्तरता दिने क्रममा भविष्यमा कोहि एक असाधरण महिला आयर एक उचाईमा पुर्याओस , ति महिला मेरी छोरि पन हुन् सक्छिन , तपाइकी छोरि पन हुन् सक्छिन या कोहि दुर दराज मा बस्ने साधरण महिलाकी असाधरण छोरि पनि हुन् सक्छिन। भविष्यमा आउने यस्ता असाधरण महिलाहरुको पनि बनोस यो संस्था। युबराज जी यसलाई मह्त्वकन्क्षा भन्नु हुन्छ कि इच्छा भन्नु हुन्छ कि आकन्क्षा।
म मान्छु तपाई हरुले गरेको काम प्रेणादायिक छ शुभकामना पनि छ मेरो तर्फ बाट तर समाजले त हरेक कुराको सुनिश्चीताता खोज्दछ। तपाइले कसरि सुनिस्चित गराउन सक्नु हुन्छ की यो अभियानमा मानिस हरु खुशी खुशी जोडिन्छन् भनेर।
-के को सुनिस्चितता ? यो संसार नै अनिश्चित छ। तपाई संग भोलि के हुन्छ के यसको सुनिस्चितता छ ? यदि छ भन्नु भयो भने यो भन्दा ठुलो भ्रम केहि हुदैन । जन्म्यो, हुर्क्यो, पढ्यो, जागिर, ब्यबसाय,घर, बिबाह, सन्तान उत्पादन , सन्तान का शिक्षा दिक्षा अनि सुखी रिटाएरमेन्ट को कल्पना। अनि यसैलाई जिबनको सम्पूर्ण खुशी र लक्ष्य मानेर रहदा त यस्को सुनिस्चितता छैन। जिबनको एक अप्रिय घटना , सृफ एक घटनाले तपाईले मानेका यी सबै खुशी हरु भत्काईदिन्छ। सबै खुशी हरु खोशिन्छन्।घट्नै नघटे पनि यो सबै खुशिहरु प्राप्त नै हुन्छ भन्ने के सुनिस्चितता छ र ?आफै बाट आफै खोसियको र लुटीयको मन ले तपाई लाई यो संसार रित्तो रित्तो लाग्छ। तर यो संसार न रित्तो छ न भरियको।यो त तपाईमा भर पर्ने कुरा हो। खुशीको कुनै यस्तो महल हुदैन। बरु खुशीका इट्टा हरु हुन्छन।
तपाइले सपनाको महल को भित्ता बनाउदै गर्दा लाग्ने एक एक इट्टामा खुशी हुनु पर्छ के थाहा भोलि त्यो महल बनेर रहदा तपाई नै नरहन सक्नु हुन्छ। तपाई रहे पनि त्यो महल तपाइको नरहन सक्छ। यसरि आफ्नो केवल व्यक्तिगत खुशी को खोजमा रहदा त् सुनिस्चितता छैन भने अरुका खुशी का लागि गरियको खोजको कहाँ सुनिस्चितता हुन्छ र ? अवस्य हुदैन।हामीले सुनिस्चित गर्ने भनेको प्रयास हो र त्यो प्रयासमा हामी सत प्रतिसत इमान्दार रहेर बिश्वाश को बातबरण बनाउने हो।
बिस्वाशको कुरा गर्नु भो , बिस्वाश त् कामले देखाउने होइन र? त्यस्तो देखिने गरि के काम गर्नु भयको छ र तपाई हरुलाई बिस्वाश गर्ने?
-: बिश्वास पहिला विचार दर्शन र परिकल्पना बाट नै सुरुहुन्छन र त्यहि बिस्वाश ले काम गर्ने हो। हाम्री अध्यक्ष यमु शर्मा सुब्बा दिदिले आफ्नो परिकल्पना मलाई सुनाउदै गर्दा उंहा संग त्यस्तो अभूतपूर्ण काम थियन जस्ले मेरो बिस्वाश जितोस। त्यो त त्यहि परिकल्पना मात्र थियो र त्यो परिकल्पना लाई परिणत गर्न सकिन्छ भन्ने मेरो अत्मबिस्वाश थियो। यहि आत्मविश्वास ले मलाई उंह संग जोड्यो र हामी संग अरु अत्मबिस्वाशले भरियाका दिदि बहिनि हरु पनि जोडिनु भो अनि काम को थालनी सुरु भो। काम परिस्थिति र आवस्यकता अनुसार परिमार्जित हुदै जान्छन् तर विचार र आदर्श उही रहन सक्छ जहाँ बाट तपाई प्रभावित हुनुभयको थियो । आज हाम्रो काम को दायराले कहाँ सम्म पुगेका छौ यो त जग जाहेर नै छ तर जहाँ सम्म पुगे पनि म र मेरी यमु दिदि त्यहि सुरुवातीदिनमा बनेको परिकल्पना बाट नै निर्देशित छौ।
तपाइले गरि रहनु भयका कामहरुले तपाई हरुलाई कहाँ सम्म पुर्यायको छ ?
-हामी कहाँ पुग्यौ भन्दा पनि मेची महकाली बुहारी संयुक्त आवाज कहाँ सम्म पुग्ग्यो भन्ने कुरा हो। झापा बाट सुरु भयको यो संस्था आज ५० वटा जिल्लामा संगठित छ भने अधिकांस जिल्ला शाखा हरु विधिवतरुपमा संबधित जिल्ला प्रशासन कार्यलयमा दर्ता भैसकेका छन् र अन्य जिल्ला पनि दर्ताको प्रक्रियामा छन्।हाम्रो केन्द्रिय कार्यलय बिर्तामोड मा रहेको छ। यस संस्थाले घरेलू हिंसा को सामधान तथा रोकथाम, बलात्कार जस्ता जघन्य अपराध का दोषी हरूलाई क़ानून को कठघरा मा लियर आइ न्यायिक प्रक्रिया लाई प्रभावकारी बनाऊन दबाव दीने, शिपमूलक तालीम, नेतृत्व बिकास तथा अत्यंत समस्यमा रहेक़ा हरूलाई आर्थिक तथा अन्य सहयोग गर्दै आइरहेको छ |कोभिड को मह्मरिमा पनि हामीले प्रभाबकारी रुपमा विभिन्न जिल्लामा खाद्यान्न सहयोग गरेका थियौ र अहिले पनि यो सहयोग को निरन्तरता जारी नै छ। बाढी पहिरो जस्तो प्राकृतिक बिपत्तिमा हाम्रा दिदि बहिनि हरु हिमाली पहाडी भेगका कठिन दुर्गम स्थानमा राहत का समान लियर पुग्नु भयको थियो।
यत्ति कामले मात्र दुनिया बद्लिन्नछ र ?
-दुनिया भनेको को हो ? दुनिया भनेको म हो दुनिया भनेको तपाई हो , मैले मलाई बदल्ने हो तपाइले तपाइलाई बदल्ने हो। दुनिया आफै बद्लिन्छ यदि तपैले तपाई ले तपाइलाई बदल्नु सक्नु भयो भने मैले मलाई बदल्न सके भने।समाज मा बदलाभ हुन् अपरिहार्य होइन तर आबस्यकता पर्यो भने बदल्न सक्नु पर्छ।
समाज बदल्ने ताकत राख्नु हुन्छ तपाई ?
-समाज बदल्न सकुला या नसकुला यो मलाई थाहा छैन तर आबस्यकता पर्दा मैले मलाई बदल्नु पर्छ भन्ने सोच को बोध छ मलाई। र यहि बोध छ यो अभियान मा जोडियका १७ हजार साथी हरुलाई। जब जब बुहारीका आँखा सिलौटा मा पिसिन्छ मलाई लाग्छ मैले मलाई बदल्नु पर्छ , पिता समान ससुरा बुहारी का शरीर मा आँखा लगाउछन , मारेर रेलिङ्ग मा झुन्डाउछन अनि केस बन्छ आत्माहत्याको तब लाग्छ मैले मलाई बदल्नु पर्छ। मेरै घरको छेउमै किशोरी को मृत नग्न शरीर भेटिन्छ अनि प्रहरी घरका ले जाहेरी दियन भनेर केस अगाढी नबढाई बस्छ , तब मलाई लाग्छ मैले मलाई बदल्नु पर्छ। जब जब १८ महिने बालिकाको बलत्कार भइ विभत्स हत्या हुन्छ तब तब मलाई लाग्छ मैले मलाई बदल्नु पर्छ।
त्यो बिरानो झाडीमा ति बालिका कति रोइन कति कराईन होलि।मेरो आक्रोश ले मलाई बदल्न खोज्छ। बलात्कारी पहिले नै अपराधी थियो तर अदालत ले प्रमाण नपुगेको भनि निर्दोष भनि छाडेको थियो। घटनाको केहि समय पछि समाज निदायर बस्छ जब सम्म आफुलाई पर्दैन यस्ता घटना हरु केवल समाचार का हेडलाइन मात्र बन्छ। अनि तपाई भन्नुहोस समाज रहेको अपराधिक मानसिकता बदल्नु पर्दैन ?
यो बादलब को यति धेरै चिन्ता मेची माहाकाली बुहारी संयक्त आवाज ले किन लिनु पर्ने ?
युबराज जी यदि समजमा रहेको मानसिकता बद्लियन यस्ता विभत्स घटना तपाई को क्यामराले कति खिच्नु हुन्छ , खिच्दा खिच्दा एक दिन तपाई थाक्नु हुन्छ ,समाचार बेचेर तपाई आफ्नो पेशा त चलाउनु होला तर एक दिन यस्ता अप्रिय घटना तपाईकै घरमा पनि हुन सक्छ , तपाई पनि शोक ले दुख को भुमरीमा डुब्नुहुने छ। त्यहि भयर यो समाज परिवर्तन जति मलाई जरुरि छ तपाइलाई पनि त्यत्तिकै छ। हाम्रो अभियान यसै जन्मेको होइन , यस्ता घोर निराशा को बादल चिरेर मेची महाकाली बुहारी संयुक्त आवाज को जन्म भयको हो।त्यसैले हामीलाई चिन्ता मात्र होइन यसको सामधान को चिन्तन पनि छ।
समाज मा रहेको अपराधिक सोचको परिवर्तन त तपाई हरुले सडक बाट गर्ने संघर्ष मात्र सम्भब नहोलानी ?
-हामी सुच बुझ का साथ आयका छौ। हामीले ब्यबहारिक पक्ष लाई गम्भीरता क साथ मनन गरेर आयका छौ।निराशा मा आउने क्षणीक उत्तेजना र गाली गलौज को संस्कार ले खोज्ने परिवर्तन दिर्घकालिन हुदैन। हामी लामो समयको यात्रा लाई हेरेका छौ। अबसर बाट बन्चित ग्रामिण महिला हरुलाई उनिहरुको क्षमता अभिब्रिद्दी गराई उनीहरुको प्रतिनिधित्व उनीहरुकै बीच बाट होस् भन्ने चाहना हो। कतिपय ठाउमा हाम्रो संस्थ्मा आवद्द दिदि बहिनि हरु स्थानीय सरकारमा तल्लो तह देखि माथि सम्म प्रतिनिधित्व जनाई सक्नु भयको छ। र अब आउदो चुनाब मार्फत प्रदेश र संघिय संसद सम्म पुग्ने अवस्था छ। गाँउ का घर आँगन देखि स्थानीय सरकार, प्रदेश हुदै संघय संसद सम्म हाम्रा दिदि बहिनि हरुले उपस्थिति जनाई आबस्यक परिवर्तनको लागि कानुन निर्माण प्रक्रियामा भाग लिनु हुने छ।
यसरि काम गर्दा तथा संस्था संचालन मा लाग्ने प्रशासन खर्च काहा बाट जुटाउनू भयको छ ?
– न हाम्रो कुनै श्रोत साधन छ न कुनै दाता संस्था हरु छन् यो बिशुद्द हाम्रा दिदि बहिनि हरुले आफ्नो व्यक्तिगत खर्चमा गरि आउनु भयको छ र केहि सदस्यता शुल्क बाट संस्था संचालन गरेका छौ।
यस संस्थामा दिदि बहिनि हरु कसरि आवद्द हुन् सक्नु हुन्छ ?
-मेची महकाली बुहारी संयुक्त आवाज को सदस्यता लियर जोडिनु सक्नु हुन्छ , आजिबन सदस्यता को आबेदन फार्म भरेर पठाउनु भयो भने हामी आइ डी कार्ड र सदस्य प्रमाण पत्र पठाउने छौ। सम्भंदित जिल्लामा भयका कार्यक्रम मा सहभागी भयर सक्रियता जनाउन सक्नु हुन्छ। मेची महकाली बुहारी संयुक्त आवाज को नाम मा हाम्रो फेसबुक पेज तथा प्राइभेट फेसबुक ग्रुप पनि छ त्यहा हाम्रा काम का बिबरण हरु पनि पाउनु हुने छ।
सदस्यता को लागि संस्थामा कसलाई सम्पर्क गर्ने हो
-सदस्य बन्नको लागि संबंधित जिल्ला शाखा मा सम्पर्क गर्न सक्नु हुन्छ , हामी अन्लाईन बाट पनि सम्पर्क गर्न सक्नु हुन्छ । अन्लाईन को लागि हाम्रो फेस्बुक पेज छ त्यस्मा गएर सम्पर्क गर्न सक्नु हुन्छ । अथवा हाम्रो केन्द्रिय कार्यालय मा पनि सम्पर्क गर्न सक्नु हुन्छ ।
अन्तमा व्यक्तिगत प्रश्न तपाई एक स्वास्थ्यकर्मी , ब्यबासहिका , गृहणी दुइ सन्तानकी आमा पनि हुनुहुन्छ , यति बिस्तृत संस्थाको शिर्ष पदमा रहेर यति धेरै जिम्मेबरिका साथ काम गर्दा समय कसरि म्यानेज हुदो रहेछ ?
-हेर्नुहोस इच्छा शक्ति रहेछ। यदि इच्छा नहुने हो भने हामी महिला हरुलाई गृहणी मात्र हुदा पनि भ्याई नभ्याई हुदो रहेछ। सामाजिक काम मा सहभागी हुदा अलग्गै उर्जा मिल्दो रहेछ जसले अरु काम मा पनि थप उत्साह संग लाग्न उत्साह दिदो रहेछ। मलाई त लाग्छ फुर्सद र व्यस्त भन्ने कुरा शब्दमा मात्र हो , सब कुच इच्छा शक्ति हो , तपाईमा इच्छा शक्ति भयो भने समय आफै जुरेर आउछ। हामी महिला हरु घरको भूमिका निभायार पनि सामाजिक भूमिका पनि निभाउन सकिन्छ।
अन्तमा केहि भन्नु छ ?
-अन्त्य मा म के भन्न चाहान्छु भने कोहि पनि अन्याय सहेर नबस्नुस । आज हजुर ले अन्याय सहेर बस्दा भोलि हजुर जस्ता हजारौं ले अन्याय सहेर बस्ने छन र आज हजुर ले अन्याय विरुद्ध बोल्नु भो भने भोलि हजुर जस्ता हजारौं पीडित ले अन्याय विरुद्ध आवाज उठाउने छन ।
तपाइको समय र सम्बाद को लागि धन्न्यबाद।
– युबराज जी तपाई ले मलाई आफ्नो कुरा राख्नु दिनु भयो यसको निम्ति तपाई र तपाइको लोकप्रिय मिडिया स्वीट नेपाल डट कम प्रति आभार ब्यक्त गर्दछु
चन्द्र काफ्ले संग स्वीट नेपाल टिम ले गरेको कुरा कानी को भिडियो हेर्नू होस