• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ३. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ४. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ५. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ६. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ७. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

बाटो काट्दा दुर्घटनामा परेर कोमामा रहेका चण्डेश्वर ११ वर्षपछि अस्पतालको बेडबाट घर फर्किए !


काठमाडौँ — कलादेवी मुखियाको कानमा साउदीबाट आएको नराम्रो खबर ठोक्कियो– ‘तिम्रो श्रीमान् मरिसक्यो । मरुभूमिमै कतै फालिदिए ।’ यो सुनेको लामो समयसम्म कलादेवीले श्रीमान्को कुनै खबर पाइनन् । घटना २०११ डिसेम्बरतिरको हो ।

धनुषाको गणेशमान चारनाथ–१० (साविक बरमझिया–९) डुमरियाकी कलादेवीले श्रीमान् चण्डेश्वरको अवस्था पत्ता लगाउन गाउँबाट बाहिर निस्किएर जान सक्ने अवस्था थिएन । त्यतिखेर छोराहरू १५, १३, ११ र ९ वर्षका थिए । घरको आर्थिक अवस्था एकदमै नाजुक थियो ।

चण्डेश्वर एक वर्षअघि मात्रै लेबरको काम गर्न साउदी अरब पुगेका थिए । मासिक पारिश्रमिक ६ सय रियाल थियो । उनी आफ्नो कमाइ नियमित रूपमा पठाउँथे । त्यही पैसाले कलादेवीले घरखर्च चलाउँथिन् । श्रीमान्सँग सम्पर्क टुटेदेखि साउदीबाट पैसा पनि आउन छोड्यो ।

‘जग्गाजमिन थिएन । उहाँ साउदी गएपछि बिहानबेलुका छाक टार्न सजिलो भएको थियो,’ उनले सुनाइन्, ‘उहाँसँग कुरा हुन छाडेपछि पैसा आएन । मलाई बच्चाहरूलाई खुवाउन नै निकै गाह्रो भयो ।’

कलादेवीले जसोतसो मेलापात गएर परिवार चलाउन थालिन् । उनले श्रीमान्को आशा मारिसकेकी थिइन् । शव नदेखेकाले काजकिरिया भने भएको थिएन । एक वर्षपछि उनले अर्को खबर पाइन्, ‘चण्डेश्वर अस्पतालमा छन् । कसैसँग बोलचाल गर्न र उठेर हिँड्न सक्तैनन् ।

घाँटीमा पाइप राखेर खाना खुवाइन्छ ।’ यो खबरले उनलाई झन् पोल्न थाल्यो । अब भने उनलाई महिनैपिच्छे साउदीको कम्पनीबाट भन्दै फोन आउन थाल्यो, ‘तिम्रो श्रीमान् पठाइदिन्छौं । काठमाडौंमा लिन आउनू ।’

चार जना बच्चा पाल्न कठिन भइरहेको बेला श्रीमान् ल्याएर उपचार गर्न कहाँ गराउने ? उनले मुटुमा ढुंगा राखेर कम्पनीलाई जवाफ दिइन्, ‘अहिले नै म बुझ्न सक्तिनँ । त्यतै उपचार गरेर ठीक भएपछि मात्रै पठाइदिनू ।’ साउदी अरबको दमाममा चण्डेश्वर बाटो काट्दा दुर्घटना परेका थिए ।

उनलाई ठक्कर दिने गाडी भने अझै पत्ता लाग्न सकेको छैन । टाउकामा गम्भीर चोट लागेका उनलाई त्यतिखेरदेखि नै दमामस्थित अल मौवासत अस्पतालमा उपचार गरेर राखिएको थियो ।

उपचार खर्च स्वास्थ्य बिमाले भ्याउन छाडेपछि पनि कम्पनीले उनको उपचार निरन्तर राख्यो । लामो समयसम्म अस्पतालमा उपचार गराउँदा पनि स्वास्थ्य अवस्थामा खासै सुधार आएन । कम्पनीले परिवारलाई केही आर्थिक सहयोग गरेर उनलाई नेपाल पठाउन चाहेको थियो । तर, परिवार आफैं दयनीय आर्थिक अवस्थाका कारण जिम्मा लिन सक्ने अवस्थामा थिएन । परिवारले नबुझेपछि कम्पनीले नेपाल पठाउने व्यवस्था मिलाइदिन पटक–पटक दूतावाससँग अनुरोध गरिरहेको थियो ।

सन् २०१८ सम्म कम्पनी दूतावासको सम्पर्कमा थियो । साउदीको श्रम कानुनबमोजिम रोजगारदाताले पूरा गर्नॅपर्ने सम्पूर्ण दायित्व पूरा गरेको, निज चण्डेश्वरको उपचारमा बिमाले कभर नगरेको धेरै ठूलो रकमसमेत अस्पताललाई तिरेको, परिवारलाई केही आर्थिक सहयोग गर्छ भन्दा पनि बिरामी लिन नमानेकाले अब उप्रान्त आफूले निजको अस्पताल बसाइको खर्च जिम्मा लिन असमर्थ हुने व्यहोरा जानकारी गराई कम्पनी दूतावाससँग सम्पर्कविहीन भयो ।

‘बिरामी अर्धचेत अवस्थामा रहेको हुँदा कसैले जिम्मा नलिँदासम्म अस्पतालले डिस्चार्ज पनि गर्न सकेन र परिवारले पनि निजको जिम्मा लिएन,’ रियादस्थित नेपाली दूतावासका प्रथम सचिव ऋषिराज आचार्यले कान्तिपुरसँग भने, ‘दूतावासले बिरामीको परिवारलाई सहमत गराउन निकै प्रयास गरिरह्यो । तैपनि सफलता हासिल भएन ।’

यता अस्पतालको बिल ४० लाख साउदी रियाल नाघिसकेको थियो । कम्पनी सम्पर्कविहीन भएपछि अस्पतालले चण्डेश्वरको उपचारको बिल जिम्मा लिन र उनलाई नेपाल लैजानका लागि दूतावाससमक्ष दबाब बढाउन थाल्यो । दूतावास आफैं बिल भुक्तानी गर्न सकिने अवस्था थिएन ।

दूतावासले चण्डेश्वरको उपचारमा भएको खर्च मिनाहाका लागि अस्पतालको उच्च व्यवस्थापनसँग नियमित जसो बैठक राख्यो । ती बैठकमा अस्पताल व्यवस्थापन नेपाल सरकारले आफ्नो नागरिकको जिम्मेवारी नलिएको भन्दै असन्तुष्ट जनाइरहन्थ्यो । ‘थुप्रै पटक प्रयासपछि बिरामी लैजाने सर्तमा अस्पतालले सम्पूर्ण बिल मिनाहा गरिदियो,’ आचार्यले भने, ‘बिरामी बुझ्न परिवारलाई पनि मनाउन सकिने अवस्था बन्यो ।’

चण्डेश्वरका माइला छोरा चन्द्रदीप कतारबाट फर्केका छन् । बाँकी तीन दाजुभाइ भारतमा मजदुरी गरिरहेका छन् । ‘बुबा साउदी भएपछि हामीले हरेक दिन तनावमा बिताएका छौं, आमा सधैं रुनुहुन्छ,’ चन्द्रदीपले भने, ‘यत्रो वर्षसम्म उपचार गर्दा पनि ठीक नभएपछि हामी बुबालाई नेपाल ल्याउन सहमत भएका हौं ।’

चण्डेश्वरको उपचारका लागि अस्पतालमा झन्डै ५९ करोड ४० लाख रुपैयाँ खर्च भएको छ । उनको उपचारका लागि दैनिक ५ हजार रियाल खर्च भएको दूतावासले जनाएको छ । परिवारले बिरामी जिम्मा लिन परिवार सहमत भएको कागज पठाएपछि दूतावासले शुक्रबार नेपाल एयरलाइन्सको जहाजमार्फत चन्डेश्वरलाई पठाएको हो ।

जहाजमा स्ट्रेचर राख्ने व्यवस्था गर्न र स्ट्रेचर बापतको झन्डै ७ लाख रुपैयाँ वैदेशिक रोजगार बोर्डले ब्यहोरेको छ । अस्पतालले चण्डेश्वर मुखियाको उपचार, बेड र नर्सिङ केयरबापत तिर्न बाँकी सबै रकम मिनाहा गरिदिनुका साथै उनलाई दमामबाट रियाद एयरपोर्टसम्म एम्बुलेन्समा ल्याइदिएको थियो । एक जना नर्ससहित स्ट्रेचरमा राखेर नेपाल ल्याउँदा लागेको सबै खर्च भने नेपाल सरकारले ब्यहोरेको हो ।

नेपाल ल्याएपछि उनलाई एक दिन वीर अस्पतालमा राखिएको थियो । आमाको आग्रहमा शनिबार घरमै लगिएको छ । ‘घरमा आएपछि बुबा जतिखेर पनि रोइराख्नुभएको छ । हामी सबैलाई चिन्नुभएको छ । हामीले बोलेको सबै बुझ्नुहुन्छ ।

तर, केही फर्काउनसक्नुहुन्न,’ चन्द्रदीपले भने, ‘हामीले बुबालाई सासमै भेट्टायौं । कति दिन बाँच्नुहुन्छ थाहा छैन । भारतमा काम गर्न गएका दाजु र भाइहरूलाई बोलाएको छु । उनीहरू एक–दुई दिनभित्रै आउँदै छन् ।’

बुधबार, भदौ १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन
आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ३.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ४.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ५.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ६.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

भर्खरै

  • १.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • २.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ३.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

  • ६.
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • ७.
    आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ८.
    ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.