• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ३. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ४. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ५. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ६. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ७. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

विद्युतको लापरवाहीले बालकले हात गुमाए, क्षतिपूर्ति दिन आनाकानी


कुश्मा, ९ भदौ । गत वैशाख ४ गते परीक्षा सकेर विद्यालयबाट आठ वर्षीय सनम परियार घर फर्कन्छन् । कुश्मा बजारको एक होटलमा सरसफाइको काम गर्ने आमा फूलमाया परियारले त्यस दिन काम सकेर घर फर्कँदा छोरालाई देख्नुहुन्न । सधैँजसो स्कुलबाट आएर खेल्न गएको होला ठानेर आफ्नो घरयासी काममा लागेकी उहाँलाई केही छिनमा कसैले “तिम्रो छोरोलाई करेन्ट लाग्यो, बेहोस भएको छ”, भनेर फोन गरिदियो ।

यो खबरले उहाँ अर्धचेत अवस्थामा पुग्नुभयो । त्यसपछि छोरालाई चार महिना काठमाडौंको अस्पताल भर्ना गरियो । पछि फूलमाया छोरासँगै कुश्मा फर्कनुभएको छ । उपचारपश्चात छोराले नयाँ जिन्दगी पाएकामा फूलमाया मुस्कुराउन खोजे पनि छोराको अवस्था देखेर बेला–बेला भक्कानिनुहुन्छ । नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रको लापरबाहीका कारण छोराको दाहिने हात नै काटेर फाल्नुपरेको छ ।

अतिविपन्न अवस्था भएकी फूलमायालाई छोराको भविष्यले चिन्तित बनाउने गरेको छ । “मेरो छोराको भविष्य बर्बाद भयो । अप्ठ्यारो र गाह्रो काम गरेर खान नसक्ने भयो”, छेउमै रहेको छोरातिर आँशु भरिएका आँखाले हेर्दै भन्नुहुन्छ । उहाँको ‘श्रीमान् बेपत्ता भएको पनि आठ वर्ष भइसक्यो । उहाँका दुई छोरी छन् । श्रीमानले छाडेर बेपत्ता भएका कारण आजसम्म पनि फूलमाया नागरिकताविहीन हुनुहुन्छ ।

सनम साथीहरूसँग खेल्ने क्रममा गुप्तेश्वर गुफा जाने बाटो छेउमै जोखिमपूर्ण अवस्थामा रहेको विद्युत ट्रन्सर्फमरमा छुन पुग्दा उनलाई करेन्ट लागेको थियो । स्थानीयवासीले पटक–पटक जोखिमपूर्ण ट्रन्सर्फमर लाइनको बारेमा जानकारी गराए पनि विद्युत प्राधिकरणले चासो नदेखाएकामा स्थानीयको आक्रोश छ ।

“बच्चाबच्चीले सजिलै भेट्ने ठाउँमा ट्रान्सर्फमर राख्नु नै विद्युतको गल्ती हो”, स्थानीय राजन गुरुङले भन्नुभयो, “ तारबार लगाएर सुरक्षित तरिकाले राख्नुपर्थ्यो, त्यो गरेका छैनन् ।” घटना भएपछि पनि पहिलेकै जसरी जोखिमपूर्ण अवस्थामै ट्रान्सफर्मर छाडिएको छ । यसले थप दुर्घटना निम्तन सक्ने भएकाले स्थानीयमा त्रास छँदैछ । केही हप्ताअघि पनि विद्युत प्राधिकरणकै लापरबाहीका कारण जलजला गाउँपालिकाको धाइरिङमा एक महिलाले ज्यान गुमाएकी थिइन् । अन्य धेरै स्थानीयवासी घाइते भएका थिए ।

घटना भएको समय विद्युत प्राधिकरण पर्वत वितरण केन्द्र शाखाले लापरबाही भएको स्वीकार गर्दै क्षतिपूर्ति उपलब्ध गराउने बताए पनि अहिले भने क्षतिपूर्ति रकम दिन ढिलाइ गरिरहेको छ । “उपचार खर्चको बिल लिएर कार्यालय जाँदा उल्टै तपाईँको छोराको गल्ती छ भन्दै ठाडो जवाफ लगाउनुहुन्छ”, फूलमायाले भन्नुभयो, “थप उपचारका लागि छोरालाई महिनैपिच्छे काठमाडौं लानुपर्ने हुन्छ । विद्युतले पूर्ण उपचार सकिसकेपछि मात्र पैसा दिने हो भन्छ, मसँग पैसा छैन । छोराको थप उपचार कहाँको पैसाले गरुँ ?”

यता नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रले सबै उपचार सकेपछि अन्तिममा मात्र एकैपटक बिलअनुसारको रकम दिन मिल्ने बताएको छ । “उहाँले अहिलेसम्मको उपचार खर्चको पैसा माग्नुभएको छ”, पर्वत वितरण केन्द्रका प्रमुख शिवकुमार गोशेलीले भन्नुभयो, “उहाँले उपचार अझ बाँकी रहेको बताएका कारण हामीले उपचार सकेपछि मात्र रकम उपलब्ध गराउने भनेका हौँ”, उहाँले किस्ताबन्दीमा उपचार खर्च उपलब्ध गराउन नसकिने बताउनुभयो ।

फूलमाया छोराको उपचारमा रु. चार लाख खर्च भएको बताउनुहुन्छ । काठमाडौंको कान्तिबाल अस्पताल र साँघुको सुश्मा कोइराला मेमोरियल अस्पतालमा छोराको उपचार भएको उहाँको भनाइ छ । आफ्नो आर्थिक अवस्था देखेर अस्पतालले उपचारमा धेरै नै छुट दिएको उहाँले बताउनुभयो । “नौ लाख रुपियाँभन्दा बढी नै उपचार खर्च लागको थियो”, उहाँले भन्नुभयो, “म रोइकराइ गरेपछि उहाँहरूले छुट दिुनुभयो ।”

सोमबार, भदौ १३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन
आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ३.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ४.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ५.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ६.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

भर्खरै

  • १.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • २.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ३.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

  • ६.
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • ७.
    आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ८.
    ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.