• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ ०४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

नेपालपछि कम्बोडिया र फिलिपिन्स चीनको प्राथमिकतामा, नेता लिउ सक्रिय


विश्व महाशक्ति राष्ट्रहरु तीव्र ध्रुवीकरणमा रहेकाबेला चीनले पनि आफनो प्रभाव बढाउन थालेको छ । खासगरी अमेरिकाले चीनलाई निशाना बनाउँदै विश्वभर रणनीतिक योजना अघि बढाएपछि चीनले पनि त्यसै अनुरुप रणनीतिक कदम उठाइरहेको छ ।
अमेरिकाले नेपालमा एमसीसी पास गरी एसपीपी सम्झौतासमेत गर्न दबाब दिएपछि चीनले नेपालमा प्रत्यक्ष चासो राखेको छ । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले समेत नेपाल भ्रमण गरिसकेका छन । त्यसपछि परराष्ट्र मन्त्री डा. नारायण खड्काले पनि चीन भ्रमण गरी एक चीन नीतिप्रति प्रतिवद्धता जनाएका थिए ।
अहिले चीनले नेपालपछि कम्बोडिया र फिलिपिन्सलाई उच्च प्राथमिकतामा राखेको छ । चिनियाँ विदेश विभाग सीपीसीका विदेश विभाग प्रमुख लिउले कम्बोडिया र फिलिपिन्सका नेताहरुलाई भेटी आपसी सम्बन्ध बलियो बनाउनुकासाथै रणनीतिक विकास साझेदार र सुरक्षाका विषयमा समेत सहमति गरेका छन ।

चीनले आगामी वर्ष चीन र कम्बोडियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५औँ वार्षिकोत्सवलाई अवसरको रूपमा लिने जनाइसकोको छ । यो विषमा दुवै देशका नेताहरूले गरेको महत्वपूर्ण सहमतिलाई मार्गदर्शनको रूपमा लिन र कम्बोडियासँग मिलेर काम गर्न चीन इच्छुक रहेको छ । विदेश विभाग प्रमुख लिउले परम्परागत मित्रतालाई कायम राख्न, व्यावहारिक आदानप्रदान र सहयोगलाई विस्तार गरी गहिरो बनाउन तथा कम्बोडिया र चीनबीच साझा भविष्यको समुदायको निर्माणलाई नयाँ उचाइमा पु¥याउन आफू प्रतिवद्ध रहेको बताए ।

लिउ जियानचाओले एकअर्काको मुख्य हितका लागि पारस्परिक सहयोग विशिष्ट विशेषता भएको कुरामा जोड दिँदै कम्बोडियाले एक चीन सिद्धान्त दृढतापूर्वक पालना गरेकोमा धन्यवाद दिए । उनले कम्बोडियालाई राज्यको सार्वभौमसत्ता र राष्ट्रिय गरिमाको रक्षा गर्न र राष्ट्रिय परिस्थिति अनुरूप विकासको बाटो पछ्याउन दृढतापूर्वक समर्थन गर्ने स्पष्ट पारेका छन । यस्तै, कम्बोडियाको अर्थतन्त्र विस्तार गर्न र जनताको जीविकोपार्जनमा सुधार गर्न सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका छन । कम्बोडियाले पनि चीनसंग सहकार्य गरी अघि बढ्न तयार रहेको स्पष्ट पारेको छ ।
यस्तै, लिउले फिलिपिन्सका नेताहरुसंग पनि भेट गरी सम्बन्ध विस्तारको योजना अघि सारेका छन । उनले अगस्ट २७ तारिख दिउँसो फिलिपिन्स क्रिस्चियन मुस्लिम डेमोक्रेटिक फोर्सका अध्यक्ष तथा प्रतिनिधि सभाका सभामुख रोमुल्डेजसंग भेटवार्ता गरे । रोमुल्डेजले क्रिस्चियन मुस्लिम डेमोक्र्याटिक फोर्सेस पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीचको मैत्रीपूर्ण आदानप्रदानप्रति सकारात्मक टिप्पणी गर्दै चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनको पूर्ण सफलताको कामना गर्दै चीनसँग अन्तर–पार्टी आदानप्रदानलाई सुदृढ गर्ने आशा व्यक्त गरे ।
फिलिपिन्स र चीनबीचको परम्परागत मित्रतालाई अझ गहिरो बनाउने र फिलिपिन्स–चीन सम्बन्धको नयाँ “स्वर्ण युग“ को उद्घाटनमा सकारात्मक योगदान पु¥याउने दुवैले प्रतिवद्धता जनाए ।
फिलिपिन्स पक्षले देशको आर्थिक र सामाजिक विकासका लागि चीनलाई दीर्घकालिन सहयोग र सहयोग गरेकोमा धन्यवाद दिएको छ । लिउले फिलिपिन्सलाई मद्दत गर्नको लागि कृषि, पूर्वाधार निर्माण, ऊर्जा र लगानीमा चीनसँग व्यावहारिक सहयोगलाई अझ गहिरो बनाउन तत्पर रहेको जनाएका छन ।
चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डललाई फिलिपिन्स भ्रमण गर्न निमन्त्रणा गरेकोमा लिउ जियानचाओले रोमर्डेजलाई धन्यवाद दिँदै चीन–फिलिपिन्स सम्बन्धको विकासमा महत्वपूर्ण सहमतिमा पुग्न केही समयअघि राष्ट्रपति सी चिनफिङ र राष्ट्रपति मार्कोसबीच फोनमा वार्ता भएको बताए ।
चीनले फिलिपिन्ससँग दुई राष्ट्र प्रमुखले गरेको सहमतिलाई कार्यान्वयन गर्न, वार्तालाप र सञ्चारलाई सुदृढ गर्न, राजनीतिक आपसी विश्वासको अभिवृद्धि गर्न र हितको एकीकरणलाई प्रगाढ बनाउन इच्छुक रहेको जनाएको छ । बेल्ट एण्ड रोड इनिसिएटिभ र थप निर्माणका लागि फिलिपिन्सका योजना बीचको तालमेललाई बलियो बनाउने समेत लिउले बताए । उनले चीन र फिलिपिन्सबीचको असल मित्रतालाई दुई पक्षले संयुक्त रूपमा अघि बढाउन ध्यान दिनुपर्ने धारणा राखे । लिउ जियानचाओले बैठकमा उपस्थित प्रतिनिधि सभाका प्रतिनिधिहरूसँग पनि आदानप्रदान गर्नुका साथै सदस्यहरूले उठाएका प्रश्नहरूको पनि जवाफ दिएका थिए ।

आइतबार, भदौ १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

भर्खरै

  • १.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ३.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ४.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ५.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ६.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ७.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ८.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.