• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, असार २७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

नेपालपछि कम्बोडिया र फिलिपिन्स चीनको प्राथमिकतामा, नेता लिउ सक्रिय

विश्व महाशक्ति राष्ट्रहरु तीव्र ध्रुवीकरणमा रहेकाबेला चीनले पनि आफनो प्रभाव बढाउन थालेको छ । खासगरी अमेरिकाले चीनलाई निशाना बनाउँदै विश्वभर रणनीतिक योजना अघि बढाएपछि चीनले पनि त्यसै अनुरुप रणनीतिक कदम उठाइरहेको छ ।
अमेरिकाले नेपालमा एमसीसी पास गरी एसपीपी सम्झौतासमेत गर्न दबाब दिएपछि चीनले नेपालमा प्रत्यक्ष चासो राखेको छ । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले समेत नेपाल भ्रमण गरिसकेका छन । त्यसपछि परराष्ट्र मन्त्री डा. नारायण खड्काले पनि चीन भ्रमण गरी एक चीन नीतिप्रति प्रतिवद्धता जनाएका थिए ।
अहिले चीनले नेपालपछि कम्बोडिया र फिलिपिन्सलाई उच्च प्राथमिकतामा राखेको छ । चिनियाँ विदेश विभाग सीपीसीका विदेश विभाग प्रमुख लिउले कम्बोडिया र फिलिपिन्सका नेताहरुलाई भेटी आपसी सम्बन्ध बलियो बनाउनुकासाथै रणनीतिक विकास साझेदार र सुरक्षाका विषयमा समेत सहमति गरेका छन ।

चीनले आगामी वर्ष चीन र कम्बोडियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५औँ वार्षिकोत्सवलाई अवसरको रूपमा लिने जनाइसकोको छ । यो विषमा दुवै देशका नेताहरूले गरेको महत्वपूर्ण सहमतिलाई मार्गदर्शनको रूपमा लिन र कम्बोडियासँग मिलेर काम गर्न चीन इच्छुक रहेको छ । विदेश विभाग प्रमुख लिउले परम्परागत मित्रतालाई कायम राख्न, व्यावहारिक आदानप्रदान र सहयोगलाई विस्तार गरी गहिरो बनाउन तथा कम्बोडिया र चीनबीच साझा भविष्यको समुदायको निर्माणलाई नयाँ उचाइमा पु¥याउन आफू प्रतिवद्ध रहेको बताए ।

लिउ जियानचाओले एकअर्काको मुख्य हितका लागि पारस्परिक सहयोग विशिष्ट विशेषता भएको कुरामा जोड दिँदै कम्बोडियाले एक चीन सिद्धान्त दृढतापूर्वक पालना गरेकोमा धन्यवाद दिए । उनले कम्बोडियालाई राज्यको सार्वभौमसत्ता र राष्ट्रिय गरिमाको रक्षा गर्न र राष्ट्रिय परिस्थिति अनुरूप विकासको बाटो पछ्याउन दृढतापूर्वक समर्थन गर्ने स्पष्ट पारेका छन । यस्तै, कम्बोडियाको अर्थतन्त्र विस्तार गर्न र जनताको जीविकोपार्जनमा सुधार गर्न सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका छन । कम्बोडियाले पनि चीनसंग सहकार्य गरी अघि बढ्न तयार रहेको स्पष्ट पारेको छ ।
यस्तै, लिउले फिलिपिन्सका नेताहरुसंग पनि भेट गरी सम्बन्ध विस्तारको योजना अघि सारेका छन । उनले अगस्ट २७ तारिख दिउँसो फिलिपिन्स क्रिस्चियन मुस्लिम डेमोक्रेटिक फोर्सका अध्यक्ष तथा प्रतिनिधि सभाका सभामुख रोमुल्डेजसंग भेटवार्ता गरे । रोमुल्डेजले क्रिस्चियन मुस्लिम डेमोक्र्याटिक फोर्सेस पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीचको मैत्रीपूर्ण आदानप्रदानप्रति सकारात्मक टिप्पणी गर्दै चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनको पूर्ण सफलताको कामना गर्दै चीनसँग अन्तर–पार्टी आदानप्रदानलाई सुदृढ गर्ने आशा व्यक्त गरे ।
फिलिपिन्स र चीनबीचको परम्परागत मित्रतालाई अझ गहिरो बनाउने र फिलिपिन्स–चीन सम्बन्धको नयाँ “स्वर्ण युग“ को उद्घाटनमा सकारात्मक योगदान पु¥याउने दुवैले प्रतिवद्धता जनाए ।
फिलिपिन्स पक्षले देशको आर्थिक र सामाजिक विकासका लागि चीनलाई दीर्घकालिन सहयोग र सहयोग गरेकोमा धन्यवाद दिएको छ । लिउले फिलिपिन्सलाई मद्दत गर्नको लागि कृषि, पूर्वाधार निर्माण, ऊर्जा र लगानीमा चीनसँग व्यावहारिक सहयोगलाई अझ गहिरो बनाउन तत्पर रहेको जनाएका छन ।
चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डललाई फिलिपिन्स भ्रमण गर्न निमन्त्रणा गरेकोमा लिउ जियानचाओले रोमर्डेजलाई धन्यवाद दिँदै चीन–फिलिपिन्स सम्बन्धको विकासमा महत्वपूर्ण सहमतिमा पुग्न केही समयअघि राष्ट्रपति सी चिनफिङ र राष्ट्रपति मार्कोसबीच फोनमा वार्ता भएको बताए ।
चीनले फिलिपिन्ससँग दुई राष्ट्र प्रमुखले गरेको सहमतिलाई कार्यान्वयन गर्न, वार्तालाप र सञ्चारलाई सुदृढ गर्न, राजनीतिक आपसी विश्वासको अभिवृद्धि गर्न र हितको एकीकरणलाई प्रगाढ बनाउन इच्छुक रहेको जनाएको छ । बेल्ट एण्ड रोड इनिसिएटिभ र थप निर्माणका लागि फिलिपिन्सका योजना बीचको तालमेललाई बलियो बनाउने समेत लिउले बताए । उनले चीन र फिलिपिन्सबीचको असल मित्रतालाई दुई पक्षले संयुक्त रूपमा अघि बढाउन ध्यान दिनुपर्ने धारणा राखे । लिउ जियानचाओले बैठकमा उपस्थित प्रतिनिधि सभाका प्रतिनिधिहरूसँग पनि आदानप्रदान गर्नुका साथै सदस्यहरूले उठाएका प्रश्नहरूको पनि जवाफ दिएका थिए ।

आइतबार, भदौ १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
आज अन्तरराष्ट्रिय योग दिवस

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.