नेत्रविक्रम चन्द (विप्लव) सहित अन्य तीन दलले आज मङ्गलवार गरेको नेपाल बन्दको कार्यक्रमको प्रभाव चितवनमा सामान्य देखिएको छ ।

सवारीसाधनहरू फाट्टफुट्ट चलिरहेको छ । पसलहरू पनि खुला नै छन् । धेरैलाई बिहानसम्म पनि नेपाल बन्द भन्ने थाहा नभएको हुँदा विभिन्न गन्तव्यमा हिँडेका यात्रुहरू चाहिँ समस्यामा परेका छन् । बन्दको अवज्ञा गरेको भन्दै भरतपुरका विभिन्न स्थानमा छ वटा गाडीमा तोडफोड गरिएको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सँगै ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुति नेतृृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले बन्दको आवह्रान गरेको हो ।
हेर्नुहोस केही तस्बिर हरु








नेपाल बन्द सफल भयो,मुल्य वृद्धि फिर्ता नभए फेरि नेपाल बन्द गर्ने विप्लपको चे!ता!वनी



