चार कम्युनिष्ट पार्टीहरुले संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् । देशको राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालहरूमा संघर्ष गर्ने भन्दै शुक्रबार बसेको चार कम्युनिष्ट पार्टीको बैठकले संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका महासचिव आहुति र नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी शुसिलले संयुक्त विज्ञप्ति जारी गर्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
सार्वजनिक कार्यक्रम अनुसार आगामी भदौ १ गते देशव्यापी जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, भदौ ४ गते देशव्यापी विरोधसभा तथा काठमाडौं उपत्यकाको माईतिघर मण्डलामा केन्द्रीय विरोधसभा गर्ने , भदौ ६ गते देशव्यापी मसाल जुलुस निकाल्ने र भदौ ७ गते नेपाल बन्द गर्ने घोषणा गरेका छन् । जनताको मुद्धाहरुको बेवास्ता गरीए थप सशक्त सघर्षका कार्यक्रम घोषणा गर्ने बिज्ञप्तीमा उल्लेख गरीएको छ ।
भदौ ७ गते नेपाल बन्दको घोषणा
भदौ ७ गते नेपाल बन्दको घोषणा

तपाईको प्रतिक्रिया