• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ३. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ४. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ५. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ६. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ७. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

फार्मेसी पढिरहेकी किशोरीको बयानः ‘पिरियड भएको बेला साथीसँग मिलेर सामूहिक बलात्कार गरे’


विराटनगर—विराटनगरस्थित एक नर्सिङ कलेजमा अध्ययनरत किशोरी तीन ठाउँ कोठा सर्दा पनि ब्ल्याकमेलिङको धम्कीका कारण पटक—पटक बलात्कृत भएको खुलेको छ । ५० वर्षीय अमर भनिने सुरज सुवेदीले सुरुमा नशालु पदार्थ सेवन गराएर बलात्कार गरी अश्लील भिडियो बनाएको र पछि त्यही भिडियो सार्वजनिक गरिदिने धम्की दिएर पटक—पटक बलात्कार गरेको पीडित किशोरीको बयानबाट खुलेको हो । मोरङ अदालतमा दायर भएको अभियोग पत्रमा किशोरीले दिएको बयानमा विराटनगरमा तीन ठाउँमा कोठा सर्दा पनि सुवेदीले डरत्रास देखाएर पटक–पटक बलात्कार गरेको उल्लेख छ । सुवेदी ती किशोरी अध्ययनरत कलेजका अनुशासन इन्चार्ज पनि हुन् । कलेजको अनुशासन विभागका प्रमुख सुवेदीमाथि छात्रालाई पटक–पटक बलात्कार गरेको आरोप छ । सुवेदीले आफूले बलात्कार गरेपछि विराटनगर–३ का आफ्ना ५० वर्षीय साथी विनोद राउतलाई पनि बोलाएर विराटनगरको एउटा होटलमा जेठ अन्तिम साता ती किशोरीलाई सामूहिक बलात्कार गरेको अभियोग पत्रमा उल्लेख छ । ‘मलाई एकिन मिति समय याद भएन्, वैशाख जेठ महिनातिर सुवेदी मेरो कोठामा आई मलाई लिएर विराट होटलमा पु¥याए । उक्त होटलको साहुसँग कोठाको कुरा गरी मलाई कोठामा राख्यो । कोठा भित्र पस्ने बितिकै आफ्नो भेष्ट खोलेर राख्दै बियर खोल्न लाग्यो । मैले बियर खान्न मेरो पिरियड भएको छ । म सक्दिनँ भन्दाभन्दै नाटक गर्छेस् भन्दै जबरजस्ती बियर खुवायो र २ पटक जबरजस्ती करणी गरी फोन गरेर विनोद राउत भन्ने साथीलाई बोलायो,’ अभियोग पत्रमा छ, ‘विनोद भन्ने साथीलाई बोलाउँदा फोनमा हामी बियर र गर्लफ्रेण्ड सेयर गर्नुपर्छ भन्दै थियो । त्यसपछि विनोद भन्ने मान्छेसमेत आएर मलाई जबरजस्ती करणी ग¥यो र सुरज सरको डरले मैले केही पनि भन्न सकिनँ ।’ राउत र सुवेदी मिल्ने साथी हुन् । उनीहरू दुवै जना विरूद्ध मोरङ अदालतमा सामूहिक जबरजस्ती करणी मुद्दामा मोरङ अदालतमा बिहीबार मुद्दा दायर भएको छ । सरकारी वकिल कार्यालय मोरङले सामूहिक जबरजस्ती करणी मुद्दामा ७ देखि १० वर्षसम्म कैद सजाय र सामूहिक जबरजस्ती करणी गरेकोमा थप ५ वर्ष कैद र ३ लाख रुपैयाँसहित पीडितलाई उचित क्षतिपूर्तिको माग दाबी लिएर मुद्दा दर्ता गरेको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । आज शुक्रबार र भोलि शनिबार सार्वजनिक बिदा भएकोले आइतबार प्रतिवादीको बयान हुने र त्यसपछि थुनछेक बहस हुने अदालतले जनाएको छ । बलात्कार आरोपमा ८ साउनमा पक्राउ परेका दुवै अभियुक्त राजनीतिक, सामाजिक र व्यावसायिक हिसाबले पहुँचवाला मानिन्छन् । सुनसरीको इटहरी घर भएर विराटनगरको विराट हेल्थ कलेजमा अध्ययनरत १९ वर्षीया छात्रालाई सामूहिक बलात्कार गरेको आरोपमा कराँतेका प्रशिक्षक पनि रहेका राउत र सुवेदी पक्राउ परेका हुन् । राउत र सुवेदी राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट स्थायी नियुक्ति पाएका कराँतेका प्रशिक्षक हुन् । वि.सं. २०५२ सालमा करारमा प्रशिक्षक नियुक्त गरिएका दुवै जनाले २०६१ सालदेखि स्थायी प्रशिक्षकको नियुक्ति पाएका थिए । यस्तो छ पीडित किशोरीको बयान विराटनगरस्थित विराट हेल्थ कलेजमा डी फार्मेसीमा अध्ययनरत रहेको छु । विपक्षी सुरज सुवेदीसँग पढाइको सिलसिलामा चिनजान भएको हो । आजभन्दा ४ महिना पहिला मेरो फाइनल परीक्षा चलिरहेकोमा सुवेदीले चिट दिन खोज्दा मैले लिन मानिन् र चिट फुत्त फ्याँकेर बाहिर निस्कनुभयो । परीक्षा सके पश्चात म कोठामा गए । सुवेदी मेरो पछिबाट आएर ढोका ढकढक्याउदा मैले ढोका खोलिदिए । मसँग पानी खान माग्नु भयो । मैले पानी दिए । पानी खाएपछि सुवेदीले १ सय रुपैयाँ दिएर चुरोट किन्न पठाउनुभयो । चुरोट लिएर आए पश्चात मलाई पानी पिउन दिनुभयो । पानी खाइसकेपछि केही क्षणमा चक्कर लागेजस्तो भयो । टाउको धोइ पखाली गरेर अत्याधिक रिगंटा लागेको हुँदा भुँइमा रहेको म्याट्रेसमा सुते । म त्यही निदाएछु । भोलिपल्ट ब्युझँदा कोठामा बियरको बोतल, चुरोटको ठुटा र कागज छरपष्ट थियो । बेड कभरमा रगतको टाटै टाटा थियो । मेरो भित्री बस्त्र समेत नभएको अवस्था थियो । सुवेदी मेरो कोठामा आई मलाई झुक्काएर पानीमा नशालु पदार्थ मिसाएर मलाई खुवाइ बेहोस बनाएर जबरजस्ती करणी गरी गएका थिए । त्यसपछि म बिरामी भइ क्याम्पस नगई कोठामै बसेको थिए । मलाई एकिन मिति समय थाहा भएन सो घटना भएको ३/४ दिनपछि बिहान ६ बजेतिर सुरज सर मेरो कोठा आउनुभयो । त्यसपछि मैले तपाईं किन मेरो कोठामा आई मलाई झुक्काएर नशालु पदार्थ खुवाएर बेहोस पारी बियर चुरोट मेरो कोठामा ल्याई खाएर मलाई रेप गरी जानुभयो भन्दा सरले मलाई निजले रेप गरेको नराम्रो भिडियो देखाउनु भयो । म त डरले केही भन्न सकिनँ, रुन मात्र सके । त्यसपछि विभिन्न मिति समयमा निज मेरो कोठामा आएर सोही भिडियो देखाउँदै कोही कसैलाई सो बारेमा बताएमा भिडियो भाइरल गरीदिन्छु भन्दै मलाई पटक—पटक जबरजस्ती करणी गर्नुभयो । उक्त भिडियो भाइरल बनाइ मेरो बेइज्जत गर्छ भन्ने डरले निजले म उपर गरेको घटनाको बारेमा कसैलाई बताउन सकिनँ । त्यसपछि दिउँसोको प्रायः २ बजेको समयमा सुवेदी मेरो कोठामा प्रायः बियर लिएर आउने, यो खाने कुरा बना, त्यो खाने कुरा बना भन्दै खानेकुरा बनाउन लगाउने खाने गर्न थाले । मलाई जबरजस्ती बियर, चुरोट नशालु पदार्थ सेवन गर्न लगाउने, खान नमान्दा मलाई चुरोटले पोल्ने, कुट्ने, मार्ने धम्की दिने, भिडियो देखाई दिन्छु भन्दै धम्काउने र सुवेदीले बनाएको अश्लील भिडियो देखाएर मलाई जबरजस्ती करणी गरी जाने त क्याम्पस जानु पर्दैन भनि क्याम्पस जानबाट रोक लगाउन थाल्यो । सुवेदी शिक्षक भएकोले म क्याम्पस गएपछि गेटबाटै फर्काउने र भिडियो सार्वजनिक गरी दिने डरले म क्याम्पस जान सकिनँ । मलाई एकिन मिति समय याद भएन्, वैशाख जेठ महिनातिर सुवेदी मेरो कोठामा आई मलाई लिएर बिराट नर्सिङ होम अस्पताल अगाडि रहेको विराट होटलमा पु¥याए । उक्त होटलको साहुसँग कोठाको कुरा गरी मलाई कोठामा राख्यो । कोठा भित्र पस्ने बितिकै आफ्नो भेष्ट खोलेर राख्दै बियर खोल्न लाग्यो । मैले बियर खान्न मेरो पिरियड भएको छ । म सक्दिन भन्दा भन्दै नाटक गर्छेस भन्दै जबरजस्ती बियर खुवायो र २ पटक जवरजस्ती करणी गरी फोन गरेर विनोद राउत भन्ने साथीलाई बोलायो । सुवेदीले फोन गरी विनोद भन्ने साथीलाई बोलाउँदा फोनमा हामी बियर र गर्लफ्रेण्ड सेयर गर्नुपर्छ भन्दै थियो । त्यसपछि विनोद भन्ने मान्छेसमेत आएर मलाई जबरजस्ती करणी ग¥यो र सुरज सरको डरले मैले केही पनि भन्न सकिनँ । सुरज सरले मलाई डरत्रासमा पारी धाक धम्की दिइ बियर, चुरोट, विभिन्न किसिमको नशालु पदार्थ खुवाएर बारम्बार जबरजस्ती करणी गरी मलाई क्याम्पस समेत जान नदिई मेरो भविष्य बिगार्दै गएकोले सो घटनाको बारेमा सुवेदीको छोरालाई पनि फोन र म्यासेजबाट घटना सुनाएको थिए । सुवेदीले साथीलाई पनि बलात्कार गर्न लगाएपछि जेठ महिनाको अन्तिम तिर धरान आइज भन्दै धम्काएपछि म एक्लै बस चढी दिनको १ बजेको समयमा धरान पुगे । सुवेदीले मोटरसाइकलमा चढाएर संखुवासभाको खाँदवारी पु¥यायो । खाँदबारीस्थित भेनस होटलमा ३ दिन राखी मलाई पटक—पटक जबरजस्ती करणी ग¥यो । सुवेदीले मेरो क्याम्पसमा समेत मेरो बुबा आमाको सम्पर्क नम्बर मेटाएर आफ्नो नम्बर राखेको थियो । सुवेदीको डरले म अधिकारी थरको मानिसको घरबाट रेग्मी थरको मानिसको घरमा कोठा सरे । त्यो कोठा समेत पत्ता लगाएर निज आई धाकधम्की दिई मलाई जबरजस्ती करणी गरे । त्यसपछि मैले त्यहाँबाट समेत पोखरेल थरको मानिसको घरमा कोठा सारे । त्यो कोठासमेत निजले पत्ता लगाई त्यहाँ समेत आएर २०७९ असार २८ गते जबरजस्ती करणी ग¥यो । मिति २०७९ असार ३० गते निज पुनः मेरो कोठामा आयो । मैले अब उप्रान्त म त्यस्तो कार्य गर्न सक्दिनँ, तपाई मलाई दुनियाँका अन्य लोग्ने मानिसहरुसँग शारीरीक सम्पर्क राख लगाउनुहुन्छ मेरो पढाइ, लाइफ बर्बाद बनाइ दिनुभयो म तपाईको बारेमा परिवारलाई भनिदिन्छु र आत्महत्या गरी दिन्छु भन्दा सुवेदी चुपचाप केहि नबोली फर्किएर गयो । (पीडितको गोपनीयतालाई ध्यानमा राखेर पीडितको अभियोगपत्रबाट केही शब्द हटाइएको छ ।

source healthaawaj.com

शनिबार, भदौ ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन
आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ३.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ४.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ५.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ६.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

भर्खरै

  • १.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • २.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ३.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

  • ६.
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • ७.
    आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ८.
    ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.