• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ३. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ४. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ५. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ६. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ७. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

यी हुन सँगै शाखा अधिकृत बन्न सफल गरिब आमाबुबाका “दुई छोरीहरु”


कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरका दुई दिदीबहिनीले शाखा अधिकृतमा नाम निकालेका छन्। २७ वर्षीया पार्वती भट्ट र उनकी बहिनी २५ वर्षीया बसन्ती भट्ट एकैपल्ट शाखा अधिकृतमा उत्तीर्ण भएपछि अहिले चर्चामा छन्।

अधिकृतमा नाम निस्किएको तीनचार दिन भइसक्दा पनि भट्ट दिदीबहिनीलाई अझै बधाई थाप्न भ्याइनभ्याइ छ। सामाजिक सञ्जाल, टेलिफोन तथा भेटेर उनीहरुलाई शुभचिन्तक, इष्टमित्रहरुले बधाई दिइरहेका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा दिदीबहिनीले शाखा अधिकृतको नियुक्ति पत्र र पदस्थापनाको पत्र बुझेका छन्। लामो मेहनतपछि पहिलो प्रयासमै दिदीबहिनी सँगै अधिकृत बन्न पाउँदा निकै खुसी छन्।

शाखा अधिकृतको नियुक्ति बुझेका पार्वती र बसन्ती अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमै हाजिर भएका छन्।

उनीहरुको पारिवारिक अवस्था सामान्य छ। पार्वती र बसन्तीका दुई दाजु र दुई दिदी छन्। उनका जेठो दाइ जीवन भट्ट अपाङ्गता अधिकारकर्मी हुन् भने अर्का दाजु पुष्पराज भट्ट ‘डिभी लटरी’ परेर अमेरिकामा छन्।

जेठी दिदी जयन्ती भट्ट माध्यमिक तहको शिक्षक सेवा आयोगको जाँच पास गरेर शिक्षक छिन्। उनी अहिले महेन्द्रनगर उच्च माध्यमिक विद्यालय साधारण मा कार्यरत छिन्।

माइली दिदी विष्ना स्नातकोत्तर सकेर शिक्षक सेवा आयोगको तयारी गरिरहेकी छिन्। पार्वती साँहिली हुन् भने बसन्ती कान्छी।

खरिदारदेखि अधिकृत
पार्वती र बसन्तीले खरिदार सरह पदमा नाम निकालेर निजामती सेवामा पाइला टेकेका थिए। वि।सं। २०५१ सालमा जन्मिएकी पार्वती १९ वर्षको उमेरमा नै सरकारी सेवामा प्रवेश गरेकी थिइन्।

स्नातक अध्ययन गर्दै गर्दा उनले वि.सं. २०७२ सालमा विविध सेवा अन्तर्गत खरिदार सरह सहायक महिला विकास निरीक्षकमा नाम निकालिन्।

पार्वतीले वि।सं। २०७१ मा सरकारी सेवामा जान प्रयास गरेकी थिइन्। त्यस बेला प्रशासनतर्फ खरिदारमा आवेदन दिएकी उनी वैकल्पिकमा परिन्। घरमा थाहा नदिएरै उनले आवेदन दिएकी थिइन्।

वैकल्पिकको सूचीमा पार्वतीको नाम देखेपछि मात्रै घरमा थाहा भएको थियो। १८ वर्षको उमेरमै घरमा नभनी फाराम भरेकी थिएँ, वैकल्पिकमा नाम आयो,’ पार्वतीले नेपालखबरसँग भनिन्, ‘पछि मात्रै घरमा थाहा भएको थियो।

वैकल्पिकमा नाम आएपछि गर्न सक्छु भनेर मेरो आत्मविश्वास बढ्दै गयो।’ त्यसको एक वर्षपछि २०७२ मा प्रशासनतर्फ खरिदार र विविध सेवातर्फ सहायक महिला विकास निरीक्षकमा लडेकी थिइन्।

यस पटक पार्वती सहायक महिला विकास निरीक्षकमा उत्तीर्ण भइन्। र, प्रशासनतर्फ खरिदारमा भने उनी वैकल्पिकमा परिन्।

सहायक महिला विकास निरीक्षकमा नाम निकालेकी पार्वतीलाई कञ्चनपुर महिला तथा बालबालिका कार्यालयमा खटाइएको थियो।

वि।सं। २०७४ सालमा समायोजन भएर स्थानीय तहमा गएकी उनी कञ्चनपुरकै दोधाराचाँदनी नगरपालिकामा खटिइन्। वि।सं। २०७६ मा स्थानीय तहको सुब्बा सरह विविधतर्फ ५ औँ सहायकस्तर महिला विकास निरीक्षकमा नाम निकालेकी पार्वती बेलौरी नगरपालिकामा पदस्थापन भएकी थिइन्।

वि।सं। २०५३ सालमा जन्मिएकी बहिनी बसन्ती पनि २३ वर्षको उमेरमा सरकारी सेवामा प्रवेश गरेकी थिइन्। उनले वि।सं। २०७६ मा स्थानीय तहमा प्रशासनतर्फ सहायक स्तर ५ औँ तहमा नाम निकालिन्।

र, बेलौरी नगरपालिकामा वडा सचिवको जिम्मेवारी पाएकी थिइन्।

पढाइमा अब्बल
विद्यालय तहदेखि नै पार्वती र बसन्ती पढाइमा अब्बल थिए। उनीहरुले कक्षा १ देखि १० सम्म भीमदत्त नगरपालिका–६ स्थित शान्ति निकेतन माध्यमिक विद्यालयमा अध्ययन गरे।

वि।सं। २०६६ सालमा एसएलसी उत्तीर्ण गरेकी पार्वतीले कक्षा १२ सम्म महेन्द्रनगरको सिद्धनाथ बहुमुखी क्याम्पसमा पढिन्। मानविकी संकायमा अंग्रेजी मूल विषय राखेर उनले त्यहाँबाट कक्षा १२ पास गरेकी थिइन्।

महेन्द्रनगरकै जनज्योति बहुमुखी क्याम्पसमा स्नातक तह अध्ययन गर्दा उनी सरकारी सेवामा नाम निकालेर जागिरे बनेकी थिइन्।

‘स्नातक दोस्रो वर्ष अध्ययन गर्दा लोकसेवाको तयारीमा पनि लागेँ। पहिलो प्रयासमै खरिदारको वैकल्पिकमा नाम निस्कियो,’ पार्वतीले भनिन्, ‘त्यसपछि झनै यसतर्फ ध्यान गयो। तेस्रो वर्षमा अध्ययन गर्दा महिला विकासमा नाम निकालेकी थिएँ।’

बहिनी बसन्ती भने पार्वतीभन्दा एक कक्षा जुनियर थिइन्। बसन्तीले वि।सं। २०६७ सालमा एसएलसी उत्तीर्ण गरिन्।

त्यसपछि उनले महेन्द्रनगरको रेडियन्ट माध्यमिक विद्यालयबाट आईएस्सी गरिन्। र, सिद्धनाथ विज्ञान क्याम्पसबाट बसन्तीले वि।सं। २०७४ सालमा बीएस्सी पुरा गरेकी थिइन्।

‘बहिनी कक्षामा पहिलोरदोस्रो स्थान ल्याउँथिन्। म त कक्षा ८ सम्म मध्यम नै थिएँ,’ पार्वतीले भनिन्, ‘९र१० पढ्दा पढाइ राम्रो हुँदै गयो। कक्षा १० मा त विद्यालयमै उत्कृष्ट नतिजा ल्याएँ।’

विद्यालय तहदेखि नै सामान्य ज्ञानतर्फ आफ्नो रुचि रहेको उनी सुनाउँछिन्। विद्यालयमा हुने हाजिरी जवाफ प्रतियोगितामा पार्वती प्रथम र बहिनी बसन्ती दोस्रो हुने गर्थे।

‘म स्नातक तहसम्म पढ्दा पनि हाजिरी जवाफमा सहभागी हुन्थेँ। विद्यालयमा हुने हाजिरी जवाफमा जति समूह बने पनि अन्तिममा हामी दिदीबहिनीको समूहमा नै प्रतिस्पर्धा चल्थ्यो,’ विद्यालयका दिन सम्झिँदै पार्वती भन्छिन्, ‘जागिर खाने बेला पनि प्रतिस्पर्धा नै चल्यो। सुरुमा मैले नाम निकाले पनि अहिले दुवै अधिकृत बनेका छौँ।’

आर्थिक स्थितिले साथ नदिएपछि लोकसेवा
विज्ञान विषयमा स्नातक उत्तीर्ण गरेकी बसन्ती अध्ययनका लागि विदेश जान चाहन्थिन्। तर पारिवारिक स्थितिले उनको त्यो सपना पुरा हुन सकेन।

२०७४ सालमा स्नातक सकेपछि उनी काठमाडौँ हानिइन्। विदेश जान नपाएपछि उनको ध्यान लोकसेवातिर मोडिएको थियो।

काठमाडौँमा उनले लोकसेवा आयोगको तयारी गर्न थालिन्। बसन्तीले २०७६ सालमा पहिलो प्रयासमै स्थानीय तहमा प्रशासनतर्फ सहायक स्तर ५ औँ तहमा नाम निकालिन्।

पार्वतीको पनि एसएलसी उत्तीर्ण गरेपछि नर्सिङ वा विज्ञान अध्ययन गर्ने योजना थियो। तर परिवारको आर्थिक स्थितिले उनलाई पनि साथ दिएन।

‘बुवा खेती किसानी गर्नुहुन्थ्यो। आईएस्सी अथवा नर्सिङ गर्ने मन थियो। नर्सिङको छात्रवृत्तिमा नाम पनि निस्किएको थियो,’ पार्वतीले भनिन्, ‘छात्रवृत्तिबाहेकको रकम तिर्न नसकिने स्थिति भएपछि अंग्रेजी पढ्न थालेकी थिएँ।’ अध्ययनसँगै शिक्षण पेसामा संलग्न भएर खर्च जोहो गर्नु पर्ने अवस्था रहेको उनी सम्झिन्छिन्।

‘दिदीले स्कुलमा पढाउँदै पढनु भएको हो। सामान्य शिक्षण गरेर आफ्नो पढाइलाई पनि निरन्तरता दिन सकिन्छ भनेर अंग्रेजी पढेँँ,’ उनले भनिन्, ‘सामान्य ज्ञानतर्फ रुचि हुनाले सँगसँगै लोकसेवाको पनि तयारी अगाडि बढाएँ।’

उनका अनुसार पारिवारिक तथा शैक्षिक खर्च दाइको तलबमा नै निर्भर थियो। बसन्ती वि।सं। २०७६ सालमा सहायकस्तर ५ औँ तहमा नाम निकालेर बेलौरी नगरपालिकामा खटिइन्। उनकी दिदी पनि बेलौरीमै कार्यरत थिइन्। त्यहाँ काम गर्ने क्रममै उनीहरुले मिलेर अधिकृतको लागि पढाइ गरे।

दिउँसो कार्यालयमा काम गर्थे भने बिहानरबेलुका नियमित अध्ययन गर्ने गरेको उनीहरु बताउँछन्। बहिनी बसन्तीले दिदी पार्वतीको विषयगत ज्ञान र सरकारी जागिरको अनुभवले आफूलाई फाइदा पुगेको बताइन्।

‘हामीसँगै बसेर छलफल गरेर पढ्थ्यौँ। दिनमा कामको तनाव एकापट्टि हुन्थ्यो। तर हामीले पढ्न छाड्थेनौँ,’ बसन्तीले भनिन्, ‘सँगै पढ्ने, सँगै काममा जाने हुनाले पनि दिदीसँग भएको विषयगत ज्ञान र अनुभव समेतको फाइदा मैले पाएँ।’

काठमाडौँमा लोकसेवाको तयारी गरेकी बहिनीसँग छलफल गरेर निरन्तर अध्ययन गर्दा आफू सफल भएको पार्वतीले बताइन्। ‘अध्ययनमा निरन्तरता हुनै पर्छ। दृढ विश्वासका साथ निरन्तर अध्ययन गर्दा नै सफल भएकोजस्तो लाग्छ,’ उनले भनिन्। नेपाल खबरबाट

शुक्रबार, भदौ ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन
आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ३.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ४.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ५.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ६.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

भर्खरै

  • १.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • २.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ३.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

  • ६.
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • ७.
    आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ८.
    ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.