नवलपुरको देचवुली नगरपालिका अन्तरर्गत रहेका पर्यटकीय क्षेत्रमा चहलपहल बढ्दो छ । प्राकृतीक जिवजनावर संगै प्राकृतीक सौन्दर्य पनि रहेका कारण अहिले धेरैको रोजाई देबचुलिको नारायणि किनार परेको छ । अहिले जिल्लाको देवचुलीमा आन्तरिक र बाह्य पर्यटकहरु यहि रम्न आउने गरेका छन । फलस्वरुप सो क्षेत्रमा ठुला लगानिमा सुविधा सम्पन्न होटल तथा रिसोर्टहरु निर्माण हुने क्रम बढ्दो रहेको छ । पर्यटकहरुको चहलपहलले अहिले त्यँहा होटलमा लगानि गर्ने बढेका छन । देवचुली नगरपालिका वडा नम्बर १६ का नारायण केसी पनि अहिले देवचुली १७ पिप्रहरमा ठुलो लगानि गरेर चितवन टाइगर रिसोर्ट संञ्चालन गरि रहेका छन ।केसीले अहिले करोडौँ खर्च गरेर पर्यटकहरुलाई खुशी दिदैँ आएका छन । पहिले देखि पिप्रहरमा संञ्चालनमा रहेको उक्त रिसोर्टलाई केसीले अझ बढि सिंगारेका छन भने पर्यटकहरुलाई सुबिधा पनि थपेका छन ।


महेन्द्र राजमार्ग रजहर फारम चोक , रझहर चोक र टाइकोट चोक देखि करिव २ किलोमिटर तल नारायणि किनारमा केसीले उक्त रिसोर्टका लागि ५ करोड खर्चेका छन्। सो चितवन टाइगर रिसोर्टका म्यानेजर नारायण लामिछानेका अनुसार पहिले भन्दा आहिले रिसोर्टका धेरै कुराहरु परिवर्तन गरि नयाँ किसिमले सञ्चालनमा आएको बताए । उनले अहिलेको टाइगर रिसोर्टका सञ्चालकहरुले यसको व्यवस्थापन मजबुद बनाएको बताउछ्न। साथ सथै पर्यट्क का लागि सामुदायेक बन भित्र जिप सफारि को पनि बेवास्था रहेको र बन भित्र मनमोहक दृश्य अवोलोकन गर्न सकिने , विभिन्न किसिमका जानवार हरु प्रतक्ष्य देख्न पाइने समेत लामिछाने ले बताए । हालसालै रेसोर्ट ले आफ्नो अत्याधुनिक हल को पनि निर्माण कार्ये पनि सकिसकेको र उक्त हल बैबाहिक , मिटिग , सेमिनार र अरु कार्येक्रम का निम्ति प्रयोग गर्न सकिने जानकारी समेत लामिछाने ले दिए । करिब ३०० जना सम्म अटाउन सकिने उक्त हल सेन्ट्रल AC र आकर्सक सुबिधा का साथ सन्चालन मा आएको बताउछ्न । साचि नै हल अगाडि को सुन्दर बगैचा अनि झरना ले मन लाइ प्रफुल्लित बनाएको आभास हुनेछ , लामिछाने ले अजै बिस्तरित हुदै बताए । रिसोर्ट को पछाडि भाग बाट निकुन्ज मा चरिरहेका गैडा हरु रिसोर्ट मै बसेर देख्न सकिने समेत बताउछन । साथ साथै रिसोर्ट ले विभिन्न किसिमका अफर हरु पनि आफ्ना पाहुना हरु लाइ दिने गरेको र आहिले १३ ओटा डिलक्स कोठा हरु बस्न का लागि उप्लब्ध भएको र निकट भविष्य मा ३० ओटा पुराउने र छिटै स्विमिग पुल पनि तयार हुने कुरा लामिछाने ले बताए । रिसोर्टमा अहिले बाह्य भन्दा बढि आन्तरिक पर्यटकहरु आउने गरेका छन ।
सञ्चालक केसीका अनुसार रिसोर्टमा देशका गहनाका रुपमा रहेका राष्ट्रिय कलाकारहरुको पनि आगमन हुने कारण रिसोर्ट संञ्चालनमा सहज भएको बताउछन । यसरि पर्यटक र पर्यटन को सम्बर्द्धन गर्न पाउदा सञ्चालक केसि खुसि देखिन्छ्न । आन्तरिक पर्यटन मा सेवा दिइरहेका केसि सामाजिक सेवा मा पनि सक्रीय रहने गरेका छ्न ।






