• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ९. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • १०. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

बागलुङका २ शिक्षकले एक वर्षदेखि १५ छात्रामाथि यौन दुर्व्यवहार गर्दै आएको खुलासा


बागलुङ: गलकोट नगरपालिका- १० स्थित पाण्डवखानी माध्यमिक विद्यालयका दुई शिक्षकले १५ छात्रामाथि एक वर्षदेखि यौन दुर्व्यवहार गर्दै आएको खुलेको छ।

गत शुक्रबार बिहान ट्युसन पढ्न आएकी कक्षा १० मा पढ्ने एक छात्रालाई गणित शिक्षक देवकुमार शाहले यौन दुर्व्यवहार गरेका थिए। ती छात्राको अभिभावकले विद्यालय प्रशासनलाई जानकारी गरापछि एक वर्षदेखि १५ छात्रालाई यौन दुर्व्यवहार हुँदै आएको घटना बाहिरिएको हो।

शिक्षक देवकुमार शाहले आफ्नो गुप्तांगमा हात हाल्ने र सुमसुम्याउने गरेको कुरा विद्यालयमा प्रधानाध्यापक तथा अन्य शिक्षकहरूलाई जानकारी गराएपछि त्यस विषयमा आइतबार छलफल चलाउन थालिएको थियो। सोही समयमा अन्य छात्राले रुँदै देवकुमार शाहसहित अर्का शिक्षक रोशनकुमार शाहले आफूहरूलाई पटक-पटक यौन दुर्व्यवहार गरेको बताएका थिए।

यौन दुर्व्यवहारको घटना एकएक बाहिरिएपछि विद्यालयले दुई शिक्षकको तत्काल राजीनामा मागेको थियो। उनीहरूले तत्काल राजीनामा दिएका थिए। यौन दुर्व्यवहारमा परेर अभिभावकमार्फत विद्यालयमा जानकारी गराएकी छात्राले शिक्षक देवकुमार शाहले आफूलाई गत वर्षदेखि यौन दुर्व्यवहार गरेको बताइन्। उनले भनिन्, ‘त्यो सरले मलाई अघिल्लो वर्ष ९ कक्षामा पढ्दा पनि यस्तै गरेको थियो। अहिले पनि त्यस्तै गरेपछि मैले भन्न बाध्य भएँ।’

आफूलाई ट्युसन पढ्ने वेला शिक्षक शाहले नजिक आएर घुरेर हेर्ने र शरीरका विभिन्न अंगमा हात लगाउने गरेको र त्यसो नगर्न भन्दा रिसाएर गालीगलौज समेत गर्ने गरेको बताइन्। ‘हामी बिहान ट्युसन पढ्न गएका थियौँ, देवकुमार सर पढाउन आउनु भएको थियो’, ती छात्राले भनिन्, ‘सरले प्रश्न सार्न लगाउनु भएको थियो, मैले सार्दै थिए, उहाँ आएर मेरो हात सलले बाँधिदिनुभयो, मैले फुकाउन भनेँ‚ कसैले फुकाइदिएनन्, पछि मैले आफै फुकाएँ, त्यही वेला सर आएर मेरो शरीरका विभिन्न अंग छाम्नु भयो।

उनले छलफलका क्रममा आफूमाथि यौन दुर्व्यवहार भएको कुरा सुनाएपछि अन्य कक्षाका छात्राहरूले पनि रुँदै देवकुमार र रोशनले दुर्व्यवहार गरेको खुलासा गरेका थिए। ‘अरू साथीहरूलाई पनि सरले त्यस्तो गर्नु भएको रैछ तर साथीहरूले लुकाएर बसेका रैछन्। मैले भनेपछि सबैले भने’, उनले भनिन्।

सालिमे अदुवा, बेसार तथा कृषि फार्म

अर्की छात्राले शिक्षक रोशन शाहले आफूलाई पटक–पटक जिस्काउने र अंग चलाउने गरेको बताइन्। ती छात्राले आफूले डराएर अरूसँग भन्न नसकेको भन्दै साथीले भनेपछि आफूले पनि भनेको बताइन्। ‘त्यो दुईजना सरले म लगायत धेरै साथीलाई जिस्काउने चलाउने र संवेदनशील अंगमा छुने गर्नुहुनेरहेछ। हामी कसैले पनि अरूसँग भनेका थिएनौँ, अस्ति साथीले सरहरूसँग भने पनि हामीले पनि भन्यौँ’, उनले भनिन्।

प्रधानाध्यापक नवीन सुनारले विद्यार्थीलाई यस्ताखाले घटनाबाट बचाउन विद्यालयले सचेत गराइराखेको भन्दै अहिलेसम्म यो विद्यालयमा यस्तो घटना नभएको बताए। विद्यार्थीले अहिलेसम्म यस्ता खाले घटनाको कुनै पनि जानकारी नगराएको र यो पटक धेरै विद्यार्थीले आफूहरूमाथि दुर्व्यवहार भएको जानकारी गराएको बताए।

विद्यार्थीको गुनासोपछि विद्यालय व्यवस्थापन समितिको बैठक बसेर उनीहरूको तत्काल राजीनामा मागेर दुवैजनाले राजीनामा दिएको बताए। बैठकमा राजनीतिक दल, जनप्रतिनिधि र शिक्षकहरूको सहमतिमा उनीहरूले राजीनामा दिएर घर गएको बताए। यस विषयमा स्थानीय बासिन्दाले आक्रोश व्यक्त गरेका छन्।

उनीहरूले विद्यालय प्रशासनले दोषीमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाउनुको साटो विद्यालय व्यवस्थापन समिति, वडाका जनप्रतिनिधि, केही समाजसेवी, शिक्षकहरूको संलनतामा उल्टै शिक्षकद्वयलाई राजीनामा दिन लगाई यौन दुर्व्यवहार जस्तो जघन्य अपराधलाई सामान्य हो भनी उन्मुक्ति दिएको आरोप लगाएका छन्।

प्रधानाध्यापक सुनारले विद्यालयले उनीहरूलाई कुनै पनि उन्मुक्ति नदिएको बताए। ‘अहिले विद्यालयमाथि विभिन्न किसिमका टीकाटिप्पणी भएका छन्‚ हामीले उनीहरूलाई के उन्मुक्ति दिने, उनीहरूलाई हामीले जिम्मेवारबाट मुक्त गरायौँ’, उनले भने, ‘राजीनामा दिएर कोठामा गएर बसेका उनीहरूमाथि गाउँका केही युवा गएर हातपात गर्ने प्रयास भएछ, हामी गएर ठूलो दुर्घटना हुनबाट बचायौँ, अर्को दिन उहाँहरू जानु भएछ। यो गम्भीर विषय भएको हुँदा उनीहरूलाई कानुनी दायरामा ल्याउन सकिने भयो।’

डम्मर बुढा मगर, थाहा खबरबाट

बुधबार, भदौ ०१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन
आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • २.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ३.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

  • ६.
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • ७.
    आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ८.
    ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.