नवलपुर । नवलपरासी प्रहरीले १५ क्वीन्टल अवैध चिनी बरामद गरेको छ । प्रहरी चौकी बैरागनाथबाट खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका वडा १८ दशकठ्ठा स्थितमा लु १ ज ४४०९ नम्बरको पिकअप गाडीबाट सो परिमाणको चिनी बरामद गरेको हो ।
बरामद चिनीको अन्दाजी मुल्य ९० हजार बराबर र गाडीको अन्दाजी मुल्य १२ लाख बराबर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डिएसपी भोजराज पाण्डेयले जानकारी दिए ।नियन्त्रणमा लिईएको पिकअप गाडी र चिनी आजै आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको छ ।
त्यसैगरी आजै भारतबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याई बेबारिसे अवस्थामा राखेको अन्दाजी १ लाख ५३ हजार ४ सय ३० मुल्य बराबरको बिभिन्न कुर्ता सुरुवाल, साडी लगायतका अवैध कपडा तथा बिभिन्न खाद्यान्न सामानहरु पक्राउ गरी आजै महेशपुर भन्सार कार्यालय बुझाईएको प्रहरीले जनाएको छ ।



