चितवन : चितवन प्रहरी एक्सनमा उत्रिदा नदीजन्य पदार्थ उत्खनन् गर्ने एक स्काभेटरसहित ६ सवारी नियन्त्रणमा लिईएको छ । चितवन प्रहरी कार्यालय चितवनबाट आज सादा पोसाकमा खटिएको प्रनि सुवास भट्ट सहितको टोलीले कालिका नगरपालिका वडा नं. ९ जुटपानी स्थित कयर खोलामा ति सवारी साधन नियन्त्रणमा लिएको प्रवक्त नरहरि अधिकारीले जानकारी दिए ।
अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गरी ओसारपसार गरीरहेको अवस्थामा प्र ३ ०१ ००३ क ७६७९ नंं को एक्साभेटर, ना.८ ख २५७१ नं.को टिपर, ना. ८ ख ८५८८ नं. को टिपर, ना. ७ त २६३२ नं. को ट्याक्टर र नं. प्लेट नखुलेको आईचर ट्याक्टरलाई फेलापारी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी कालिका नगरपालिकाको कार्यालय पठाईएको जानकारी दिए ।



