• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, असार २६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

बर्सेनि भीरबाट खसेर मर्छन् खच्चड

गोरखा — धार्चे गाउँपालिका–२ केरौजाका राज गुरुङ १७ वर्षदेखि खच्चड व्यवसायमा छन् । अहिलेसम्म उनका ३१ खच्चड मरिसके । अधिकांश खच्चड भीरबाट खसेर मरेको राजले सुनाए ।

उत्तरी गोरखामा खच्चडमार्फत दैनिक उपभोग्य सामग्री ढुवानी गरिँदै। तस्बिर : हरिराम/कान्तिपुर

‘सुरुमा पालेका नौ वटा खच्चडमध्ये अहिले एउटै छैनन्,’ उनले भने, ‘धेरैजसो भीरबाट खसेर मरे । केही पिसाब बन्द हुने समस्या र सिंगाने रोगले मरे ।’ उत्तरी गोरखामा ढुवानीको भरपर्दो साधन खच्चड हो । यो क्षेत्रमा सय जनाभन्दा बढीले खच्चड व्यवसाय अँगालेका छन् । सडक यातायात नपुगेका गाउँमा चामल, नुनतेललगायत उपभोग्य सामग्री पुर्‍याउने खच्चड भने बाटोको कारणले मर्ने गरेका छन् । भीरबाट खस्ने समस्याले खच्चड व्यवसायी आजित छन् ।

धार्चे–१ का नवीन घलेका ४ वर्षमा चार वटा खच्चड मरे । मनास्लु पदमार्गअन्तर्गत दोभान उकालो, राना, नाम्रुङ र स्यालामा चार वर्ष एक/एक गरी खच्चड भीरबाट खसे । ११ वटा खच्चड किनेर व्यवसायमा होमिएका घलेलाई बर्सेर्नेि खच्चड मर्दा घाटा लागेको छ । ‘एक महिनामा ६०/७० हजार कमाइ हुन्छ,’ उनले भने, ‘एउटा मर्दा महिना दिनको कमाइ जान्छ ।’ भारीसहित भीरबाट खसेका खच्चडको उद्धार गर्न सहज नरहेको उनले सुनाए । ‘बुढीगण्डकीको किनारको बाटो जोखिमपूर्ण छ । आफ्नै ज्यान जोखिममा राखेर उद्धार गर्न पनि कठिन हुन्छ,’ उनले भने, ‘लडेर छटपटिएको खच्चड हेर्दै मन भारी बनाएर छाडेर हिँड्नुको विकल्प हुँदैन ।’

सीमा क्षेत्रको सामागाउँ, छेकम्पार, ल्होका स्थानीय तिब्बतको बजार क्षेत्र पुगेर चौंरीमार्फत पनि ढुवानी गर्छन् । तर स्थानीयले खच्चडलाई ढुवानीको भरपर्दो साधन मान्छन् । ‘चौंरी गर्मी ठाउँमा जान सक्दैन,’ अर्का खच्चड व्यवसायी मानबहादुर गुरुङले भने, ‘खच्चड नै भरपर्दो माध्यम हो, सडक बिस्तार भएपछि खच्चडको हिँड्ने क्षेत्र पनि खुम्चँदै गएको छ ।’ बिरामी बनेर, बाटो र जीर्ण पुलको कारणले खच्चड मर्ने समस्या रहेको उनले सुनाए । उत्तरी गोरखा पुग्न दर्जन बढी ठाउँमा झोलुङ्गे पुल छन् । कतिपय पुल जीर्ण बन्दा खुट्टा खट्किएर खच्चड घाइते हुने र मर्ने समस्या रहेको गुरुङले सुनाए ।

गत जेठ १९ मा चुमनुव्री गाउँपालिका–३ फिलिम जोड्ने झोलुङ्गे पुलबाट बुढीगण्डकीमा खसेका ८ मध्ये पाँच वटा खच्चड मरे । ३ वटा घाइते भए । जीर्ण पुलको सल्याबमा खुट्टा खट्किएर दिनहुँजसो खच्चड घाइते बन्छन् । फिलिम पुलबाट खसेर मरेका पाँचमध्ये दुई खच्चड धार्चे गाँउपालिका–५ का सूर्य गुरुङका हुन् । पुलबाट ढुंगामा बजारिएर छट्पटिँदै मरेको खच्चड सम्झदा गुरुङको मन भारी बन्छ । दुई खच्चड मर्दा डेढ लाख घाटा लागेको सूर्यले बताए । ‘पैसा कमाउने साधन मर्दा कसलाई पो पीर पर्दैन,’ उनले भने, ‘एक महिनामा तीन वटा खच्चड मरे । दुई वटा पुलबाट खस्यो, सामागाउँ सामान पुर्‍याउन जाँदा एउटा हिँड्दा हिँड्दै छटपिटएर मर्‍यो ।’

यस क्षेत्रमा बर्सेनि एक सय हाराहारीमा खच्चड मर्ने गरेको खच्चड व्यवसायी बताउँछन् । एउटै खच्चडको मूल्य ८० देखि एक लाखसम्म पर्छ । यसले व्यवसायीलाई लाखौँ घाटा लाग्ने खच्चड व्यवसायी समूहका पूर्वअध्यक्ष कान्छा गुरुङले बताए । ‘आधा जति बाटोकै कारण भीरबाट लडेर र माथिबाट खसेको ढुंगा लागेर मर्ने हो,’ उनले भने । आरुघाटलाई मुख्य व्यापारिक केन्द्रको रूपमा लिने स्थानीय माछाखोलासम्म गाडीमार्फत सामान पुर्‍याउँछन् । माछाखोलाबाट भने खच्चडमा बोक्नुको विकल्प छैन ।

source; ekantipur.com

बुधबार, भदौ ०१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
आज अन्तरराष्ट्रिय योग दिवस

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.