काठमाडौं : नेपाली कांग्रेसले आज स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुका लागि बधाई/शुभकामना तथा अभिमुखीकरण कार्यक्रम गर्दैछ ।
कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आज र भोली ललितपुरको हेरिटेज गार्डेन, सानेपामा अभिमुखीकरण कार्यक्रम हुन लागेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार बिहान ११ बजे प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले कार्यक्रमको उद्घाटन गर्दैछन्।
अभिमुखीकरण कार्यक्रममा स्थानीय तह निर्वाचन, २०७९ मा पार्टीको तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख/उपप्रमुख, पालिकाका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष सहभागी हुने कांग्रेसले जनाएको छ।



