चितवन – चितवनमा नहरले बगाएर एक बालिकाको मृत्यु भएको छ ।
आज (आइतबार) बिहान १० बजे रत्ननगर नगरपालिका १६ एकता टोल बस्ने बिमल केसीकी ६ वर्षीय छोरी संस्कृति केसीलाई नहरले बगाएको हो । घर अगाडि खेल्ने क्रममा नजिकै रहेको सिचाईको नहरले उनलाई बगाएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
खोजतलास गर्ने क्रममा तीन किलोमिटर टाढा सेवाकेन्द्र टोल नजिकै उनी अचेत अवस्थामा फेला परेकी थिईन् । उपचारका लागि दिउँसो ३ बजे स्थानिय गुञ्जमानसिंह अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
शव पोष्टमार्टमको लागि भरतपुर अस्पताल प्रहरीले जानकारी दिएको छ ।



