• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

३१ वर्षपछि पुनः पढाइ थालेका ५१ वर्षे वडाध्यक्ष भन्छन् – शिक्षाले अवसरलाई रोक्यो, त्यसैले ११ मा भर्ना भएँ


मकवानपुरका ५१ वर्षीय शिवप्रसाद खनाल केही दिनअघि मात्रै कक्षा ११ मा भर्ना भए । शैक्षिकसत्र २०७९/०८० का लागि ११ मा भर्ना भएका खनालको यतिबेला जिल्लामा निकै चर्चा छ ।

उनको चर्चा चुलिनुको कारण ५१ वर्षको उमेरमा कक्षा ११ मा भर्ना हुनु मात्रै होइन । वडाध्यक्ष भएका पछि पुनः पढाइ सुरु गर‍ेका कारण उनको चर्चा-परिचर्चा भइरहेको हो ।

मकवानपुरको मनहरी गाउँपालिका-१ का वडाध्यक्ष खनाल दोस्रो कार्यकालका लागि निर्वाचित वडाअध्यक्ष हुन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा विजयी हाँसिल गरेर पाँच वर्ष कार्यकाल सम्हालिसकेका उनी गत ३० वैशाखको स्थानीय तहको निर्वाचनमा समेत वडाध्यक्षमा नै निर्वाचित भएका हुन् ।

खनाल आइतबार वडामै रहेको श्री बाल जीवन ज्योति माविमा शिक्षा संकायतर्फ कक्षा ११ मा भर्ना भएका हन् ।

राजनीतिक जीवनदेखि हरेक पाइला/पाइलामा पढाइको सर्टिफिकेटको आवश्यकता पर्ने बताउँदै शिक्षाकै कारण अबका दिनमा पनि विभिन्न अवसरबाट वञ्चित हुन नपरोस् भनेर कक्षा ११ मा भर्ना गरेको खनाल बताउँछन् ।

२० वर्षको उमेरमा औपचारिक शिक्षा एसएलसी उत्तीर्ण खनाल ३१ वर्षपछि उच्च शिक्षा अध्ययन गर्न लागेका हन् । उनले २०४८ सालमा सिद्धेश्वर संस्कृत विद्यालय कलैयाबाट द्वितीय श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए ।

उमेरले ५१ वर्ष लागेका उनलाई उमेरको हदले पढाइ नछेक्नेमा ढुक्क छन् । ‘पाँच वर्ष वडाध्यक्षको जिम्मेवारी सम्हालियो । यो अवधिमा धेरै समस्याको सामना गर्नुपर्यो । त्यसमध्येको सबैभन्दा पीडादायी समस्या मेरो लागि पढाइ नै बन्यो,’ उनले भने ।

अवसर आउँदा अन्य कुरामा पनि योग्य भए पनि पढाइ कम भएकै कारण आफूलाई आफूले नपाएर अरूले नै अवसर पाएको स्मरण गर्दै उनले भने, ‘यस्ता समस्या निकै भोगियो । त्यै बेलामा पनि पढिन्थ्यो होला । तर कामलाई प्राथमिकता दिएर शिक्षालाई पर राखेँ । अब भने कामलाई दोस्रो प्राथमिकतामा राखेर भए पनि पढाइ पूरा गर्छु भन्ने अठोट लिएको छु । बरु कार्यबाहक राख्न परे पनि त्यो व्यवस्थापन मिलाउनु पर्ला । तर पढाइ भने छोड्दिनँ ।’

अब विद्यार्थीसँगै बेञ्चमा बसेर नै पढ्नुहुन्छ कि परीक्षामा मात्रै सहभागी हुने हो भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘विद्यार्थीसँगै बसेर पढ्न लाज मान्दिनँ । दिउँसोको मात्रै कक्षा सञ्चालन हुने हुँदा केही व्यवस्थापन गर्नुपर्ने छ ।

म यसरी विद्यार्थीसँगै पढ्न आएँ भने शिक्षाबाट वञ्चित हुन परेका थुप्रै छोरी, बुहारीदेखि दाजुभाइमा पनि पढ्नुपर्ने रै’छ भन्ने सोच आउँछ की भन्ने आश पनि छ । सुरुवात मबाट भए तापनि यसमा धेरै जना सहभागी गराउने पनि इच्छा हो । त्यसैले आफैँले पढ्नका लागि पनि विद्यालयमा नै गएर कक्षामै बसेर पढ्छु । अनि गाउँका नागरिकले पनि शिक्षाको महत्त्व बुझून् भन्नका लागि पनि विद्यालय जान्छु ।’

राजनीति गरेर समाज सुधान गर्नका निम्ति शिक्षा सबैभन्दा आवश्यक रहेकोले आफूले विद्यालयमा भर्ना गरेको उनको भनाइ छ । उनी सोही विद्यालयको व्यवस्थापन समिति अध्यक्षसमेत हुन् भने नेपाली कांग्रेसबाट निर्वाचित वडाअध्यक्ष हन् ।

आइतबार, साउन २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन
आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • २.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ३.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

  • ६.
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • ७.
    आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ८.
    ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.