डोल्पामा डोजरमाथि पहिरो खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्काभेटर चालक बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नं १९ राझा मोहोनपुर बस्ने वर्ष ३२ को सुरज बसाल मगर रहेका छन् ।
प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार बिहान ८ बजेतिर त्रिपुरा सुन्दरी नगरपालिका वडा नं. ३ जिऊ भन्ने स्थानमा बाटो खनिरहेको अवस्थामा माथिबाट पहिरो खसेको थियो । पहिरोले स्काभेटर पुरिँदा चालक सुरजको मृत्यु भएको हो । अहिले प्रहरी त्यहाँ उद्दार कार्यमा खटिएको छ ।
फाईल तस्बीर
यो पनी हेर्नुस
२९ साउन, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं शहरको विजोग देखेर श्रमदान गर्न मन लागेको बताएका छन् ।
ल्याण्डफिल साइटको समस्याले काठमाडौं महानगरपालिकाको फोहोर उठ्न सकेको छैन । जसका कारण काठमाडौंको सडक पेटिमा फोहोर थुप्रिएको छ ।
जसलाई लक्षित गर्दै साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लागो ! प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको यो विजोग देख्दा श्रमदान गर्न मन लाग्यो !’
धरान उपमहानगरपालिकाको विकास निर्माण सम्बन्धी कामले उनी काठमाडौं आएका छन् । स्वतन्त्र उठेर धरानको मेयरमा निर्वाचित उनले धरानको खानेपानी समस्या समाधान गर्न भन्दै निर्माण काममा आफैं सहभागी हुने गरेका छन् र उनले श्रमदानका लागि धरानबासीलाई उत्प्रेरित पनि गरिरहेका छन् ।



