• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

डोकामा बिरामी, ‘कोमा’मा एम्बुलेन्स


कर्णालीबाट बालुवा बोकेर गमगढीतर्फ लागेको ट्याक्टर गत आइतबार मुगुको छायानाथ रारा नगरपालिका–१३ रुँगामा दुर्घटना भयो। दुर्घटनामा परी ३६ वर्षका लोकेन्द्र लावडको घटनास्थलमै मृत्यु भयो भने पाँचजना गम्भीर घाइते भए। सदरमुकाममा जिल्ला अस्पताल र रेडक्रस सोसाइटीका दुईवटा एम्बुलेन्स भए पनि घाइतेलाई अस्पतालसम्म ल्याउन ट्याक्टर प्रयोग गर्नुपर्ने बाध्यता आइलाग्यो। जिल्ला अस्पतालको एम्बुलेन्स बिग्रिएको छ। मर्मतमा कसैको ध्यान पुगेको छैन।

मुगु सदरमुकामसमेत रहेको छायानाथ रारा नगरपालिकाले चार वर्षअघि एम्बुलेन्स खरिद गर्‍यो। पाँच महिनादेखि एम्बुलेन्स नगरपालिकामै थन्किएको छ। प्रमुख जिल्ला अधिकारीले पटकपटक एम्बुलेन्स मर्मत गर्न दिएको निर्देशन पालनामा नगरपालिकाले अटेर गरेको छ। नगरपालिकाका सूचना अधिकारी शिवहरि रोकायले एम्बुलेन्सलाई तयारी अवस्थामा राख्न निर्देशन भए पनि त्यसको पालना गर्न नसकिएको बताए।

‘प्राविधिक कुरा भएकाले एम्बुलेन्सको कुनकुन पार्टपुर्जामा खराबी आएको हो हामीलाई थाहा हुँदैन,’ उनले भने, ‘चालकलाई बनाउन भनेका छौं, पाँच महिनादेखि त्यसै थन्किएको छ।’ एम्बुलेन्सभन्दा पहिले किनिएको नगरपालिका प्रमुख चढ्ने गाडी भने दुरुस्त छ। स्थानीय गेहेन्द्रशमशेर मल्लका अनुसार सदरमुकाममा रहेका चारवटै एम्बुलेन्स अहिले सञ्चालनमा छैनन्। ‘मेयर चढ्ने गाडी बिग्रिएर थन्किएको हामीले देखेका छैनौं,’ मल्लले भने, ‘तर बिरामी, सुत्केरी, गर्भवती र अपांगता भएकालाई सेवा दिन खरिद गरिएका एम्बुलेन्स बिग्रिएर थन्किँदा पनि सरोकारवालाको ध्यान किन जाँदैन ?’

जिल्ला अस्पताल मुगुका प्रमुख उमेश गौतमका अनुसार जिल्लाभरि आठवटा एम्बुलेन्स छन्। तीमध्ये चारवटा सदरमुकाममा छन्। जिल्ला अस्पताल, रेडक्रस सोसाइटी, छायानाथ रारा नगरपालिका र एक सहकारीसँग एकएक एम्बुलेन्स छन्। ‘अरू एम्बुलेन्स बिग्रिएर थन्किएको महिनौं भयो, जिल्ला अस्पतालको एम्बुुलेन्स बिग्रिएको एक साताभन्दा बढी भयो,’ उनले भने, ‘नेपालगन्जबाट सामान आउनेबित्तिकै सञ्चालनमा आउँछ।’ गौतमले नगरपालिका, रेडक्रस र सहकारीलाई पनि एम्बुलेन्स बनाउन भनिएको बताए। ‘बर्खाको समय छ, विपद्को पूर्वतयारीका लागि पनि एम्बुलेन्स तयारी अवस्थामा राख्नुपर्छ भनेका छौं,’ उनले भने, ‘अहिलेसम्म कसैले पनि बनाउने छाँटकाँट देखाएका छैनन्।’

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाकी २२ वर्षीया पार्वती विकले अस्पताल जाँदाजाँदै बाटामै बच्चा जन्माइन्। एम्बुलेन्स नहुँदा चौरजहारी अस्पतालसम्म हिँडेरै जान लागेकी उनले बाटोमै बच्चा जन्माएको फोटो सामाजिक सञ्जालमा भाइरल भयो। गाउँमा एम्बुलेन्स भइदिएको भए उनले यसरी बाटामै बच्चा जन्माउनुपर्ने अवस्था हुन्थेन। ‘अस्पतालसम्म पुग्न एम्बुलेन्स छैनन्, भएका पनि बोलाउँदा समयमा आउँदैनन्,’ महिला स्वास्थ्य स्वयंसेविका तुलसी गिरीले भनिन्, ‘अस्पताल जाँदाजाँदै यसरी बाटामा बच्चा जन्माउनेको संख्या धेरै छ।’

कालिकोटको खाडाचक्र नगरपालिकाको एम्बुलेन्स पनि सञ्चालनमा नआएको सात महिना भयो। खाडाचक्र नगरपालिकाको एम्बुलेन्स बाँकेको नेपालगन्जमा मर्मतका लागि राखिएको छ। एम्बुलेन्स किनेको तीन वर्ष भयो। यो अवधिमा आधाभन्दा बढी समय एम्बुलेन्स बनाउनमै समय खेर गयो। ‘बिग्रिएर थन्किएको सात महिनापछि अहिले बल्ल बनाउन नेपालगन्ज पठाएका छौं,’ खाडाचक्र नगरपालिका स्वास्थ्य शाखा संयोजक रवीन्द्र सेजुुवालले भने, ‘बनेर कहिले आउने हो पत्तो छैन।’

रेडक्रस सोसाइटी कालिकोटको एम्बुलेन्स पनि जिल्ला अस्पतालबाहिर थन्किएको नौ वर्ष भयो। सामान्य खर्चमा मर्मत हुने एम्बुलेन्स नौ वर्षदेखि त्यत्तिकै थन्किँदा पाटपुर्जा पनि चोरी भइसकेका छन्। रेडक्रस सोसाइटी कालिकोटका सभापति बलप्रसाद सन्ज्यालले धेरै पटक बिग्रिएका कारण मर्मत गर्न नसकेर थन्किएको बताए। तिलागुफा नगरपालिकाले दुई वर्षअघि राजस्व छुटमा एम्बुलेन्स खरिद गर्‍यो।

दुई वर्षमै एम्बुलेन्स बिग्रिएर थन्किएको छ। नगरपालिका भने भइरहेको एम्बुलेन्स बनाउनेभन्दा पनि नयाँ खरिद गर्नेतर्फ लागेको छ। ‘तिलागुफाका लागि एम्बुलेन्सको आवश्यकता छ,’ नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले भने, ‘यो वर्ष नयाँ एम्बुलेन्स खरिद गर्ने तयारीमा छौं।’ उनले राचुलीमा रहेको नगर अस्पताल र चिलखाया स्वास्थ्या चौकीका लागि दुईवटा एम्बुलेन्स खरिद गर्ने तयारी भइरहेको बताए।

त्यस्तै रास्कोट नगरपालिकाले तीन वर्षअघि खरिद गरेको एम्बुलेन्स रास्कोट सामुदायिक अस्पताल गौतुकोटमा थन्किएको छ। असारयता सडक अवरुद्घ भएर एम्बुलेन्स चलेको छैन। पलाता, महावै र नरहरिनाथले एम्बुलेन्स किनेका छैनन्। तर जनप्रतिनिधिका लागि सुविधा सम्पन्न गाडी भने किनिएको छ। नरहरिनाथ, पलाता र शुभकालिका गाउँपालिकाका अध्यक्षले स्कोर्पियो गाडी खरिद गरेका छन्।

जनप्रतिनिधिका गाडी बिग्रिएको भए तत्काल बनिसक्थे, नबन्ने अवस्था भए नयाँ खरिद गरिन्थ्यो। ‘बिरामीलाई अस्पताल पुर्‍याउन एम्बुलेन्स छैन, हामीले जिताएका नेता करोडौंको गाडी चढ्छन्,’ कालिकोटका नरहरि आचार्यले भने, ‘पालिकाका प्रमुखहरूका लागि गाडी किन्न मिल्ने, जनताका लागि एम्बुलेन्स किन्न नमिल्ने हुन्छ ?’

जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान छ। प्रतिष्ठानसँग तीनवटा एम्बुलेन्स छन्। दुईवटा प्रयोगमा छन्। जुम्लाका ६ वटा गाउँपालिकाले पनि एम्बुलेन्स खरिद गरेका छन्। पातारासी, कनकासुन्दरी, तीला, तातोपानी, हिमा र सिञ्जा गाउँपालिकाले तीन वर्षअघि खरिद गरेका एम्बुलेन्स कहिलेकाहीं चल्छन्। प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले गुठीचौर र चन्दननाथ नगरपालिका नयाँ एम्बुलेन्स खरिदको चरणमा रहेको बताइन्।

जाजरकोटको बारेकोट गाउँपालिकामा एम्बुलेन्स छैन। जनप्रतिनिधि भने स्कार्पियोमा चढ्छन्। सर्वसाधारण बिरामी हुँदा डोकोमा बोकेर अस्पतालसम्म पुर्‍याउनुपर्ने बाध्यता छ। सदरमुकाम खलंगाबाट एम्बुलेन्स या गाडी आधा बाटोसम्म मगाएर बिरामीलाई अस्पतालसम्म पुर्‍याउनुपर्ने अवस्था रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहोन प्रकाश गिरीले बताए।

‘वर्षासँगै पालिका जाने प्रमुख सडक अवरुद्ध हुन्छ,’ प्रमुख प्रशासकीय अधिकृत गिरीले भने, ‘पालिकामा एम्बुलेन्स पनि छैन।’ उनले यसपालि भारतीय राजदूतावासमार्फत एम्बुलेन्स ल्याउने तयारी भइरहेको छ। जाजरकोटकै शिवालय गाउँपालिकाको एम्बुलेन्स पनि मर्मतका लागि सुर्खेतमा रहेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रकुमार चन्दले बताए।

दैलेखको ठाटीकाँध गाउँपालिकामा दुईवटा एम्बुलेन्स भएकोमा एउटा एक वर्षदेखि बिग्रिएर थन्किएको छ। एउटा नयाँ जनप्रतिनिधिले सञ्चालनमा ल्याएका छन्। वडामा जाने सडक खोला र पहिरोले अवरुद्ध भएपछि पालिका मुकामबाटै बिरामी दैलेख बजार र सुर्खेत लैजान एम्बुलेन्स प्रयोग गरिने ठाटीकाँध गाउँपालिकाका अध्यक्ष रक्षाबहादुर शाहीले बताए। बर्खामा सडक बिग्रिएका कारण टाठीकाँधका प्रायः वडामा गाडी चल्दैन। जसका कारण बिरामीलाई बोकेरै पालिकासम्म ल्याउनुपर्ने बाध्यता छ।

नौमुले गाउँपालिकामा पनि सास्तीपूर्ण रूपमा एम्बुलेन्स पुग्ने गरेको छ। सडकको बिजोग अवस्थाले एम्बुलेन्समा आउने बिरामी झन् बिरामी हुने गर्छन्। नौमूलेका प्रायः वडामा बर्खामा सवारीसाधन पुग्दैनन्। ६ वडा रहेको महावु गाउँपालिकामा ३, ५ र ६ नम्बर वडामा खोला बढेर बर्खामा गाडी चल्दैनन्। जसका कारण बिरामीलाई बोकेरै एम्बुलेन्स भएको ठाउँसम्म लगिन्छ। पालिकासम्म एम्बुलेन्स चल्ने भए पनि केही वडामा ठुला खोला र पहिरोले एम्बुलेन्स चल्न नसकेको महावु गाउँपालिका उपाध्यक्ष मञ्जु पाण्डेले बताइन्।

दैलेखकै चामुण्डाविन्द्रासैनी नगरपालिकामा रहेको एम्बुलेन्स पनि बिग्रेको अवस्थामा छ। छिमेकी पालिकाबाट एम्बुलेन्स बोलाएर बिरामी अस्पताल लैजानुपर्ने चामुण्डाविन्द्रासैनी नगरपालिकावासीले बताए। गुराँस गाउँपालिकाको प्रायः वडामा बर्खामा एम्बुलेन्स पुग्न सक्दैन। गुराँसमा दुईवटा एम्बुलेन्स गाउँपालिका आफैंले सञ्चालनमा ल्याएको छ।

आइतबार, साउन २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन
आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • २.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ३.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

  • ६.
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • ७.
    आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ८.
    ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.