मोरङको बूढीगंगा गाउँपालिकाकी १६ वर्षीया बालिकालाई बन्धक बनाएर जबरजस्ती करणी गर्ने प्रतिवादीका आफन्तले पीडितलाई बयान फेर्न दबाब दिएका छन् । पीडितका आफन्तले बयान फेर्न दबाब आएको बताएका हुन् ।
बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पुर्पक्षको लागि थुनामा रहेका ग्रामथान गाउँपालिका ७ का १९ वर्षीय आदित्य खाँ थारुका आफन्तले पीडित बालिका र उनका अभिभावकलाई बयान फेर्न दबाब दिएको एक आफन्तले बताए । ‘बकपत्र’मा बोलाएको दिन बयान फेर्न दबाब दिन घरमै आएको पीडितका आफन्तको भनाइ छ ।
गत वैशाख २९ गते ग्रामथान गाउँपालिका ७ तेतरीयामा लागेको मेला जाने क्रममा राति ७ बजे थारुले बलात्कार गरेको भनेर बालिकाले प्रहरीमा जाहेरी दिएकी थिइन् । आरोपीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरी सरकारी वकिल कार्यालयमार्फत मोरङ अदालतमा ‘जबरजस्ती करणी’ मुद्दा दर्ता गरेको थियो । थुनछेक बहसपछि मोरङ अदालतले थारुलाई १० साउनमा पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको थियो ।
पुर्पक्षको लागि अभियुक्त थुनामा गएपछि पीडकका आफन्तले पीडितको घरमा आएर विभिन्न प्रलोभन देखाएर बयान फेर्न दबाब दिने गरेका छन् । ‘बलात्कार आरोपमा पक्राउ परेका अभियुक्त थुनामा गएपछि अहिले दैनिकजसो फोन र घरमा आएर विभिन्न प्रलोभन देखाएर बयान फेर्न दबाब दिइरहेका छन्’ पीडित बालिकाकी एक आफन्तले भने ।
अदालतमा हुने बकपत्रको बेला जबरजस्ती करणी गरेको होइन भनेर भन्दा ७ लाख रुपैयाँ दिने र बयान नफेरे ज्यान मार्नेसम्मको धम्की दिने गरेको उनले बताए ।
मोरङ प्रहरी प्रमुख शान्तिराज कोइरालाले जघन्य प्रकृतिको अपराधको घटनामा बयान फेर्न पीडितलाई दबाब दिन नमिल्ने भएकोले प्रहरीमा उजुरी दिए कारबाहीको दायरामा ल्याउने बताए । ‘गम्भीर प्रकृतिको अपराधमा यसरी दबाब दिन मिल्दैन,’ उनले भने, ‘पीडितको तर्फबाट कसैले उजुरी दिए प्रहरीले कारबाहीको प्रक्रिया अगाडि बढाउनेछ ।’ https://lokaantar.com/story/193043/2022/8/11/crime/budiganga
यो पनी हेर्नुस रुपा मिस लघुकथा
१) लक्ष्य
‘आजचाहिं मैले पढाउने विद्यार्थीहरू भोलि गएर केके बन्ने चाहना राख्दा रहेछन्, सोध्नुपयो।’ दस कक्षामा पस्नु अगाडि नै योजना बनाएर गएको थिएँ।
‘ल नानीबाबुहरू! सबैले पालैपालो भन त तिमीहरू भविष्यमा के बन्न चाहन्छौ?’ मैले योजना मुताविकको प्रश्न राखें।
‘डाक्टर, नर्स, इन्जिनियर, पाइलट, शिक्षक, समाजसेवी, वैज्ञानिक, कृषक, व्यापारी आदि।’ सबैले एकएक गरेर जवाफ दिए। सरोज मात्र मौन रहयो।
अरू बेला कक्षामा हल्ला गर्ने, साथीहरूसँग चलिरहने, गाली गर्दा या सम्झाउँदा पनि खासै वास्ता नगर्ने, पूरै कक्षा अवरोध गर्न खोज्ने ऊ चुप लागेको देखेर मलाई लाग्यो, ‘विचराको केही बन्ने लक्ष्य भए पो भनोस्।’
मैले सोधें,‘अनि सरोज! तिमीचाहिं के बन्ने नि?’
मेरो प्रश्न भुईमा झर्नेबित्तिकै कक्षामा हाँसो गुन्जियो। केही समय ऊ चूपचाप उभिइरहयो। ‘ल चाँडो भन सरोज। तिम्रो भविष्यमा के बन्ने लक्ष्य छ?’ मैले पुनः सोधें। ‘सर! म यी सबै साथीहरूलाई मेरो पछि लाग्ने र म जहाँ गयो त्यहीं मेरो स्वागतमा फूलमाला लिएर जाने बनाउँछु।’ उसले भन्यो।
कक्षामा फेरि उपहासको हाँसो गुन्जियो। कसैले ओठ लेप्याए त कसैले इस् भन्दै उसलाई परैबाट लोपारे। उसले रिसाउँदै एकपटक सबै साथीहरूतिर हेर्यो। अनि मतिर फर्कियो र भन्यो, ‘सर, यिनीहरूले बुझ्ने गरी भनिदिनु त, यो देशमा नेता बन्न कस्तो, कति र कुन विषय पढनुपर्छ?’
२) रुपा मिस
स्थानीय तहदेखि केन्द्रसम्मै मजबुत पहुँच थियो हेड सरको। पहुँच भएकैले हेड सर भएका थिए भने हेड सर भएकैले पहुँच बिस्तार भएको थियो। एकजना दीर्घसेवी शिक्षकको अनिवार्य अवकाशपछि खाली भएको ठाउँमा भर्खरै पोस्टिङ भएर नयाँ मिस रुपा आएकी थिइन्।
खुला किताबजस्तै थिइन् रुपा मिस। सबैले पढ्न मिल्ने र आआफ्नो मानसिक क्षमताअनुसार बुझ्न मिल्ने। दिनदिनै उनीप्रति हेड सरको लगाव बढ्दै गएको कसैको नजरबाट पनि छिपेको थिएन। सबैप्रति अनुदार र कठोर स्वभाव प्रदर्शन गर्ने उनी रुपाप्रति अस्वाभाविक रूपले उदार लाग्थे।
‘रुपा मिस, आज तपाईले मलाई अफिसियल काम सघाउनु है।’ पहिलो पिरियड लाग्नु अगावै हेड सरले भने। पियनतिर फर्कंदै भने, ‘कोही भेट्न आयो भने आज हेड सर हुनु हुन्न भनेर फर्काइदिनु। धेरै काम मिलाउनु छ।’ रुपा र हेड सर माथिल्लो तलातिर लागेपछि सबै मुखामुख गरेर हाँसे।
टिफिनको समय। सबै स्टाफ खाजा खाइरहेका बेला हेड सर तल झरे र दायाँबायाँ नहेरी सरासर गेटबाट बाहिरिए। ‘अफिसियल कामले थाकेर आराम गर्न हिंडे जस्तो छ। मिस झन् कति थाक्या होलिन्?’ एकजनाले टिप्पणी गयो। उसको बोली खस्नेबित्तिकै उपहासपूर्ण हाँसोले कोठा गुञ्जियो।
केही समयपछि रुपा मिस तल ओर्लिइन्। तिरस्कारपूर्ण आँखाहरू उनीतर्फ एकैचोटि सोझिए। उनको अनुहार अलि मलिन देखिन्थ्यो। आँखाहरूले त्यो मलिनतामा भय, रीस, चिन्ता या थकान के थियो पत्ता लगाउने कोसिस गरेनन्। आफ्नै अनुमानलाई काफी सम्झिए।
‘ओई तैंले देखिस्? हेडेको एउटा गाला त कस्तो रातो अनि सुन्निएको थियो नि।’ ‘अँ मैले पनि देखेको झ्याप्पै पाँचै औंलाको डाम थियो।’ ‘खुब हामीलाई चड्काउँथ्यो, कसले बजाएछ कि क्या हो सुड्डालाई?’ गेटबाट भित्र पस्दै गरेका विद्यार्थीको खल्याङमल्याङ सुनियो। सबैका आँखा फेरि एकैचोटि रुपा मिसतिर सोझिए। तर, कुनै पनि आँखाहरू उनका आँखासँग जुधिरहन सकेनन्। https://nagariknews.nagariknetwork.com/arts/905231-1659934483.html



