• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

प्रदेशमा भीआईपीको गाडी कुदाउने एक्ला गुरु !


सवारीसाधन चलाउने चालकको काम संवेदनशील हुन्छ । त्यसमा पनि विशिष्ट पदधारण गरेका व्यक्तित्व सवार हुने सवारीसाधन चलाउने चालकका लागि विशेष अनुशासन र संवेदनशीलता हुन्छन् ।

१ नम्बर प्रदेशमा भीआईपी मध्येकै पद मुख्यमन्त्रीको गाडी कुदाउने एक्ला चालक (गुरु) हुन् गणेश माझी । उनले जागिर खाएको २४ वर्ष बित्यो । २४ वर्षमध्ये उनले धेरै समय भीआईपीलाई यात्रा गराएका छन् ।

‘धेरै भीआईपीहरू ड्युटीमा खटिन मान्दैनन्, नियम कडा हुन्छ । उहाँहरूले गाडीभित्र गरेका कुरा कसैलाई पनि सुनाउनु हुँदैन । कहाँ जाने भनेर पूर्व जानकारी लिएको हुनुपर्छ । गाडी कुदाएको बेलामा गाडीको स्टेरिङमा भन्दा अन्यत्र ध्यान दिन पाइँदैन । केही भइहाल्यो भने त्यसको दोष जति सबै ड्राइभरलाई आउँछ,’ गणेशले भने ।

भीआईपी कुदाउने गाडीमा छुट्टै नियम हुने र सबैले पालना गर्न नसक्ने उनले बताए । २०५५ सालदेखि भीआईपीहरूलाई सेवा दिइरहेको उनले बताए । २०५५ सालमा तत्कालीन सिँचाइमन्त्री महेन्द्रराय यादवदेखि हालसम्मका भीआईपीलाई गन्तव्यमा पुर्‍याउने/ल्याउने उनको यात्रा अहिले पनि जारी छ ।

भीआईपी हिँडाउँदा खाने टुंगो नहुने उनको भनाइ छ । ‘धेरै भीआईजीले त वास्ता पनि गर्दैनन् तर केहीले भने खाना खाए/नखाएको ख्याल गरेको पनि पाएँ,’ उनले भने । मुख्यमन्त्रीको सचिवालयका सरहरूले एकछिन मुख्यमन्त्रीज्यूको अलमल हुनासाथ खाना खाइहाल्नू भनेर भन्ने गरेको उनले बताए ।

उनले १ नम्बर प्रदेशका तीनै जना मुख्यमन्त्रीलाई सुरक्षित यात्रा गराएका छन् । २ जना मुख्यमन्त्री परिवर्तन भइसकेका छन् भने बहालवाला मुख्यमन्त्रीलाई पनि सेवा दिइरहेका छन् । पूर्व मुख्यमन्त्री शेरधन राई र भीम आचार्य मुख्यमन्त्रीबाट बिदा भइसकेका छन् । मुख्यमन्त्री राजेन्द्र राई बहालवाला हुन् । ‘शेरधन राई मुख्यमन्त्री हुँदा आधा महिना जति मात्रै काम गर्नुपर्थ्यो,’ उनले भने, ‘उहाँ महिनामा १५ दिनजति काठमाडौं नै बस्नुहुन्थ्यो । काठमाडौंमा गृह मन्त्रालयले ७ वटै प्रदेशका मुख्यमन्त्रीका लागि छुट्टै गाडी र ड्राइभरको व्यवस्थापन गर्ने गरेको छ । भीम आचार्य र राजेन्द्रकुमार राई बढी समय प्रदेशमै बस्ने गरेका उनले बताए ।

उनलाई भीआईपीको गाडी कुदाउनका लागि नै सुनसरी मोरङ सिँचाइ आयोजनाको कार्यालयमा सरुवा गरिएको छ । उनलाई सिँचाइ मन्त्रालयबाट काजसरुवा गरेर ल्याइएको थियो ।

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनाललाई मोरङ, सुनसरी लगायतका १ नम्बर प्रदेशका धेरै जिल्लामा पुर्‍याएको उनले बताए । संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पनि धेरै कार्यक्रममा सहभागी गराएको उनले बताए । ‘माधव नेपालले राम्रो गाडी कुदाउनु हुँदोरहेछ गुरुजी, दिनभर तपाईंले ड्राइभिङ गरेको गाडीमा हिँड्दा पनि नगलिने रहेछ भनेर धन्यवाद दिनुभयो,’ उनले सम्झिए । गाडी चलाउँदा सुवासचन्द्र नेम्वाङले पनि प्रशंसा गरेको उनले बताए । ‘यसरी प्रशंसा गर्दा हौसला मिल्छ । काम गर्दा हौसला मिलेमा दिनभरको थकाइ मेटिन्छ,’ उनले भने, ‘अहिले प्रधानमन्त्रीहरूका लागि गाडी कुदाउनु पर्दैन, नेपाली सेनाकै ड्राइभरले कुदाउने गरेका छन् ।’

उनले गाडी कुदाएरै ३ छोरी र १ छोरालाई पढाइरहेका छन् । जेठी छोरी चित्रकुमारीले एचए सकेकी छन् भने माइली छोरी कल्पनाले स्नातक सकेकी छन् । कान्छी छोरी मिना ८ कक्षा र छोरा चन्द्रराज ७ कक्षामा पढिरहेका छन् ।

भीआईपीलाई सेवा दिए पनि उनले त्यसबाट कुनै फाइदा भने लिएका छैनन्, छोरीहरूलाई जागिर लगाएका छैनन् । उज्यालो भएदेखि राति नसुतेसम्म भीआईपीसँगै भए पनि छोरीहरूलाई जागिर लगाइदिनुपर्‍यो भनेर आँट नगरेको उनी बताउँछन् । ‘मैले पनि भनसुनमा जागिर खाएको होइन, क्षमताका आधारमा खाएको हो,’ उनले भने, ‘छोरीहरूले पनि क्षमताका आधारमा खालान् भन्ने लागेको छ ।’

शनिबार, साउन २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन
आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • २.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ३.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

  • ६.
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • ७.
    आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ८.
    ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.