चीनका विभिन्न भागमा लकडाउन ।
कोभिड संक्रमण बढेपछि चीनका विभिन्न सहरमा लकडाउन घोषणा गरिएको छ । देशको पूर्वदेखि पश्चिमका विभिन्न भागमा प्रतिबन्ध र लकडाउन गरिएका हुन् । प्रभावित क्षेत्रमा मानिसको आवतजावतलाई कम गरिनुका साथै मानिसहरूको अनावश्यक आवागमन न्यून गरिएको छ । पूर्वी निर्यात र उत्पादन केन्द्र यिउले बिहीबार तीन दिनको ‘मौन व्यवस्थापन’ मा प्रवेश गरेको जनाएको छ । अधिकांश बासिन्दालाई तोकिएको क्षेत्र छोड्न प्रतिबन्ध लगाइएको छ र केहीलाई उनीहरूको घरहरूमा सीमित गरिएको ।
भारतमा मास्क नलाए पाँच सय जरिबाना ।
भारत सरकारले सबैलाई मास्क लगाउन निर्देशनदिँदै माक्स नलगाउनेलाई ५ सय जरिवाना तोकेको छ । त्यहाँ कोरोना संक्रमण बढेपछि दिल्ली सरकारले सबै सार्वजनिक स्थानमा मास्क अनिवार्य गर्दै मास्क नलगाउनेलाई जरिवाना तोकेको हो । निजी कारमा यात्रा गर्नेहरूले पनि मास्क अनिवार्य लगाउनु पर्ने नियम दिल्ली सरकारले निर्धारण गरेको छ । दिल्लीमा पछिल्लो २४ घण्टामा २ हजार १सय ४६ संक्रमित भेटिएका थिए भने ८ जनाको मृत्यु भएको छ ।
एजेन्सीको सहयोगमा