• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

यौटा मन्दिरको सत्य कथा : हरेक दिन भगवानलाई डोकोमा बोकेर मन्दीर लगिन्छ र साँझ बोकेर घर लगिन्छ ..पुरा पढ्नुहोस्


मन्दीर हिन्दु धर्मावलम्वीको अत्यन्तै पवित्र स्थल हो ,आस्थाको केन्द्र बिन्दुहो मन्दीर आज हामी नेपालको यौटा यस्तो मन्दीरको कुरा गर्दै छौं जहाँ हरेक दिन भगवानको मुर्ति डोकोमा बोकेर मन्दीर लगिन्छ र पुजा सकेर पुनः डोकोमै बोकेर घर लगिन्छ मन्दीरका मूर्तीहरु चोरी हुन

थालेपछि रम्भादेवी मन्दीरमा मूर्तीलाई लुकाएर मूर्ती संरक्षण गरिँदै आएको छ। मन्दिरका पुजारीहरुले पुजापाठ सकेर दिनहुँ मूर्ती डोकोमा बोकेर लैजाने गर्दछन्। मन्दिर नजिककैको ताहुँ बजारमा एक व्यक्तिको घरमा राखिन्छ। अर्को दिन बिहानै बोकेर मन्दिरमा पु-याई पुजापाठ गरि पूनः लैेजाने गर्दछन्।

रम्भा गाउँपालिका–५, ताहुँ पाल्पामा रहेको रम्भादेवी मन्दिरमा विगत ४० बर्षदेखी यस्तै हुँदै आएको छ। २०३२ सालमा सुनको जलप लगाएको रम्भादेविको मूर्ती मन्दिरबाटै चोरी भएपछि सुरक्षाको लागी पुजारीहरुले डोकोमा बोकेर मूर्ति ल्याउने लैजाने गर्दै आएका हुन्। मन्दिरका दुई जना पुजारी मध्ये एक जनाले मूर्ती र शीला बोकेर मन्दीरमा आउँछन्। अर्का पुजारीले अक्षता घर घरमा उठाउँदै मन्दिर पुग्ने गर्दछन्।

बस्तिदेखी टाढाको घना जंगलको बीचमा रम्भापानीको मन्दिर रहेकोले रातीमा मूर्ती र शीला चोरी हुने डरले पुजारीले सँधै ताहुँ बजारको घरमा ल्याउने र लैजाने गर्दै आएका हुन्।

पुजारीले दिनहुँ घरमा लैजाने गरेको मूर्ती पीतलको र शिला भने स्वयं उत्पत्ति भएको मानिने भएकोले सुरक्षाको लागी घरमा लैजाने र घरबाटै ल्याउने गरेको पुजारीहरु बताउँछन्। पुजारी टिकाराम बस्यालले आफुहरुले पालैपालो प्रत्येक दिन मूर्ती सुरक्षाका लागि ताहुँ बजारमा एक व्यक्तिको घरमा लैजाने गरेको बताए।

उनी भन्छन्, मूर्तीहरु चोरिने डरले ४० वर्ष अगाडीदेखी यस्तै गरिएको छ। मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरु सकिएपछि दिउँसो १ बजेपछि पुजाआजा गरि डोकोमा बोकेर लैजाने गरेका छौं।’

मन्दिरका अर्का पुजारी प्रेमनारायण पाण्डे भन्छन्, के गर्ने रातैभरी चौकीदार राखेर एक्लो जंगलमा कोही पनि बस्न मान्दैन अरु उपायभन्दा घर लैजाने र ल्याउने नै सबैभन्दा राम्रो विकल्प देखेर यस्तो गरिँदै आएको छ। पश्चिम क्षेत्रमा यस मन्दिलाई निकै महत्वपूर्ण तिर्थस्थलको रुपमा लिने गरीएको छ।

भगवान् सिताराम १२ बर्षे वनबासको क्रममा यहाँको जंगलमा आइपुग्दा निकै रमणीय वातावरणमा रमाए पनि पानी नपाएर सिता छट्पटाएपछि रामले वाण जमिनमा हानेपछि पानी निकालेर खुवाएको कींवदन्ति रहेको छ।

रम्भापानी मन्दिरको ठिक माथि पानीको मूल निस्किएको छ र सोही पानी मन्दीरको काममा प्रयोग गरिँदै आएको स्थानीय कालिदास श्रेष्ठ बताउँछन्। ‘हामी अर्को वर्षदेखी मन्दिरमै मूर्ती राख्नेगरि कोठा र एक पुजारी बस्ने व्यवस्थापन गर्दैछौं,’ उनले भने, ‘मन्दिर भित्रने पर्यटकहरुलाई ध्यानमा राखेर यहाँको ऐतिहासिकता सहित पाँच वर्षे गुरुयोजना सहित अगाडी बढ्दैछौं।’

रम्भादेवी धार्मीक वनका अध्यक्ष विनोद श्रेष्ठले वन क्षेत्रमा जैविक विविधताको संरक्षण गरिएको बताए। अन्यत्र नहुने वनस्पतिदेखी वन्यजन्तुहरु वन क्षेत्रमा रहेको उनले बताए। उनी भन्छन्, ‘वन विज्ञान अध्ययन गर्नेहरुको प्रमुख गन्तव्य बनाउँदैछौं। यसका लागि जिल्ला वनले पनि सहयोग पु-याएको छ।’

रम्भा गाउँपालिकाकी उपाध्यक्ष राधादेवी श्रेष्ठले रम्भादेवी मन्दिर नजिकै रानाटोलमा होमस्टे सञ्चालन गर्न लागिएको बताइन्। उनी भन्छिन्, ‘गाउँपालिकाको मुख्य पर्यटकीय स्थल हो। यसका लागि अन्य निकायले पनि ध्यान दिनु आवश्यक छ।’

भगवान राम, सीता र लक्ष्मण वनबास निस्कादा राम्दी जान भनि हिँडें। रातपरेपछि बाटोमा बास बस्नुपर्ने भयो। वनबास हिँडेका भगवान ताहुँमा बास बस्नुपर्यो।

सो समय सीतालाई तिर्खा लागेपछि पानीका लागि रामसँग आग्रह गर्दा रामले आफूसँग रहेको धनुबाणले हानेर जमिनमुनिको पानी निकाली सीताको तिर्खा मेटाएपछि रम्भामा अहिलेपनि निरन्तर पानीको मूल प्रवाह भइरहेको छ। यहाँ रम्भादेवीको मूर्ती स्थापना गरिएको छ।

मन्दिरमा त्रिशूल, नाग र गाईका मूर्ति, एउटा मन्दिर र एउटा प्रतिक्षालय छ। बाह्रै महिना शीतल हुने यस रम्भादेवी मन्दिर क्षेत्रमा पर्यटकीय क्षेत्रका रुपमा विकास गरी प्रशस्त आम्दानी लिन सकिने स्थानीयवासी बताउँछन्।

मन्दिर नजिकैको पानीको मुहानबाट ताँहुका करिब दुईसय घरपरिवारले पानी प्रयोग गर्दै आएका छन् कृष्ण भगवान् जन्मेको दिनको सम्झनामा बर्सेनी भाद्र कृष्णअष्टमीका दिन विशेष मेला लाग्दै आएको छ। मन्दिर पूजा–आराधना गर्दा मनोकामना पूरा हुने जनविश्वासले रोट,

फलफूल र पञ्चबलि समेत चढाउने चलन छ। सोही समयमा स्थानीयवासीले नाचगान, शृङ्गारका सामान, कपडा, स्थानीय खानाका परिकार, घरेलु उत्पादनसमेत बेच्न राख्ने र यस क्षेत्रका बासिन्दाले मन्दिरमा पूजा गर्ने सामान किनबेच गर्दै आएका छन्।

मन्दिरमा छिमेकी जिल्ला स्याङ्जा, गुल्मी, अर्घाखाँची, पर्वत, रुपन्देही, नवलपरासीका साथै भारतका तिर्थालुहरु समेत आउने गरेका छन्। मन्दिर श्रावणको १ देखी १५, एकादशी र त्रयोदशिका दिनमा बन्द हुने गरेको छ।

मन्दीरमा तत्कालीन कमाण्डर ईन चिफ रुद« शमशेरले १९९९ मा गहना र घण्टा चढाएको किम्बदन्ती छ। ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्वले धनी रम्भादेवी मन्दिर जिल्ला सदरमुकाम तानसेनदेखि करिब ३१ किलोमिटर पूर्वको रम्भापानीको जङ्गलभित्र रहेको छ।(नागरिक न्युजबाट)

शुक्रबार, साउन २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन
आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • २.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ३.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

  • ६.
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • ७.
    आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ८.
    ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.