चितवन – आत्महत्या दुरुत्साहन मुद्धामा चितवन प्रहरीले एक जनलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खैरहनी नगरपालिका १ सिमलघारीका ४२ वर्षीय रमेश मिजार रहेका छन् । उनलाई आफ्नै श्रीमतीको आत्महत्या दुरुत्साहन मुद्धामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
गत २२ गते राति १०:३० बजे मिजारकी श्रीमती ४२ वर्षीया लक्ष्मी मिजार आफ्नै घरको कोठा भित्र रहेको दराजको ह्याण्लमा सलको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेकी थिईन् । मृतकको छोरा राहुल मिजारले बुवाविरुद्व आत्महत्या दुरुत्साहन कसुरमा जाहेरी दिएका थिए ।



