चितवन,साउन २६-
चितवन नारायणगढको एक होटल संचालिकालाई चितवन जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ । भरतपुर महानगरपालिका १ स्थित कल्पना होटल एण्ड गेष्ट हाउसकी संचालिका तनहुँको साविक पोखरी भन्ज्याङ गाविस वडा नम्वर ५ की ४० बर्षकी कल्पना महरालाई अदालतले थुनामा पठाउन आदेश दिएको हो ।
महराले आफ्नो होटलमा विभिन्न मानिसहरुसंग लेनदेन गरी २२ बर्षिय युवतीलाई जवरजस्ती यौन क्रियाकलापमा लगाएको पिडितले जाहेरीमा उल्लेख गरेकी छन् । उनलाई जेठ ३१ गते वडा प्रहरी कार्यालय नारायणगढले नियन्त्रणमा लिएको थियो । मानव वेचविखन मुद्धामा कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
कल्पना होटल एण्ड गेष्ट हाउसकी संचालिका



