स्याङ्जा : वालिङ नगरपालिका -९ का पूर्ववडाअध्यक्ष बसन्त श्रेष्ठ बिहीबार बिहान मृत अवस्थामा भेटिएका छन्।
बिहीबार बिहान ७ बजेतिर वालिङ् १३ गाहाखोलाबाट आँधीखोलातर्फ जाने भित्री कच्ची सडकमा स्कुटीसँगै लडेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
ग १६ ५४६१ नम्बरको स्कुटर बाटोको छेउमा र ५५ वर्षीय श्रेष्ठ कुनामा उत्तानो अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए। प्रनाउ खनालका अनुसार, ‘ल्गमयल’नामको सेतो रङको किटनासक विषादीको खोलिएको डिब्बा स्कुटर नजिक भेटिएको थियो। स्थानीय तह निर्वाचन २०७४ उनी वालिङ नगरपालिका ९ बाट अध्यक्ष पदमा निर्वाचित थिए।



