• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, बैशाख २२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • २. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ३. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ४. साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • ५. आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ६. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ८. २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ९. रास्वपा सचिवालयको बैठक बस्दै

  • १०. नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

सर्लाहीमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


सर्लाही, साउन २५ गते। सर्लाहीको हरिवन नगरपालिका-१०, नयाँरोडमा बुधबार दिउँसो कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। पूर्व-पश्चिम राजमार्गस्थित नयाँरोड चोकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ७ च ९२२२ नम्बरको कारले विपरीत दिशाबाट जाँदै गरेको ना ३३ प २२९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक हरिवन नगरपालिका-११, बस्ने ३८ वर्षीय गुरुप्रसाद ढुङ्गेलको मृत्यु भएको हो।

ढुङ्गेललाई हरिवनस्थित सरस्वती अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि वयोधा अस्पताल वीरगन्ज पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। दुर्घटनामा संलग्न कार र कारका चालक काठमाडौंको चन्द्रागिरी नगरपालिका-१, बस्ने ५० वर्षीय रवीन्द्र गिरी प्रहरी नियन्त्रणमा छन्।

फाईल तस्बीर

यो पनी हेर्नुस
काठमाडौं, साउन २५ गते । हालसम्म विश्वका ८० भन्दा बढी देशमा मङ्कीपक्सका २४ हजारभन्दा बढी बिरामी भेटिएका छन् । विश्व स्वाथ्य सङ्गठन (डब्लुएचओ)को तथ्याङ्कअनुसार ९७.५ प्रतिशत सङ्क्रमण यौनिक तथा अल्पसङ्ख्यक समुदायबाट सरेको पाइएको छ । सङ्क्रमितमध्ये ३७.६ प्रतिशतमा एचआइभी पोजिटिभ देखिएको छ ।

त्यसैगरी, स्वास्थ्यकर्मीमा १३.५ प्रतिशत सङ्क्रमण देखिएकाे छ। नीलहिरा समाजले गरेको अध्ययनअनुसार नेपालमा सो समुदायका मानिसहरु करिब नौ लाख छन् ।

नेपालमा पनि उक्त जनसङ्ख्यामा उच्च जोखिम रहेको तथ्याङ्कले देखाएको छ । यो रोग अफ्रिका, युरोप, मध्यपूर्वी एसिया देशहरुमा तीव्र गतिमा फैलिसकेको छ । दक्षिणपूर्वी एसियामा भारत र थाइल्याण्डमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भैसकेकाले नेपालमा पनि यो रोग भित्रने उच्च जोखिम भएको विज्ञको तर्क छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. खगेश्वर गेलालले भारतसँग नेपालको खुल्ला नाका र विश्वबाट विभिन्न नाका हुँदै पर्यटक भित्रने हुँदा नेपालमा उच्च जोखिम रहेको बताउनुभयो । डब्लुएचओले विश्वमा मङ्कीपक्सलाई जनस्वास्थ्य आपतकालीन घोषणा गरिसकेको छ ।

डब्लुएचओले मङ्कीपक्स विश्वको अन्य देशमा तीव्रताका साथ फैलिएकाले नेपालमा पनि सतर्कता अपनाउन आग्रह गर्दै आएको छ । भारतमा मङ्कीपक्सको सङ्क्रमणबाट एक जनाको मृत्यु भैसकेको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजीको तथ्याङ्कअनुसार नेपालमा अहिलेसम्म मङ्कीपक्स रोगको सङ्क्रमण पुष्टि भएको छैन । डा. खगेश्वर गेलालले नेपालमा शङ्कास्पद चार जनाको मंकीपक्स परीक्षण गराए पनि रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभयो । नेपालमा अहिलेसम्म नभित्रिएको भए पनि नेपालमा पनि उच्च जोखिम रहेको उहाँले बताउनुभयो ।

के छ नेपालको तयारी ?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. समिर अधिकारीले नेपालमा अहिले विश्वमा द्रुत गतिमा फैलिरहेको मङ्कीपक्स नेपालमा भित्रन नदिन सरकार सचेत रहेको बताउनुभयो । यसकाे जोखिम बारे समुदायमा जानकारी गराउनु आवश्यक रहेकाले सरकारले सो रोगको बारेमा परामर्श दिन १४ जना छालाराेग विशेषज्ञ तोकेको डा. गेगालले जानकारी दिनुभयो ।

डा. गेलालले भन्नुभयो, “सरकारले मङ्कीपक्स सम्बन्धी सहजै जानकारी दिन सातै प्रदेशका विभिन्न १४ अस्पताललाई यसको उपचार गर्ने डेडिकेटेड अस्पताल तोक्दै १४ जना छालाराेग विशेषज्ञलाई खटाइएकाे छ ।” टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई डब्लुएचओले २५० वटा टेष्टकिट उपलव्ध गराइसकेको उहाँले जानकारी दिनुभयो ।

के हो मङ्कीपक्स ?

जनस्वास्थ्य विज्ञ डा. शीतल अधिकारीले मान्छेबाट मान्छे र जनावरबाट मान्छेमा यो रोग सर्ने गरेको बताउनुभयो । उहाँका अनुसार घाउ, खटिरा, बिमिराको सम्पर्कबाट, शरीरबाट निस्किएको तरल पदार्थ जस्तै थुक, ¥यालको सम्पर्कबाट, भाइरसबाट दूषित सतह र सामाग्रीको प्रत्यक्ष सम्पर्कबाट, सङ्क्रमित बाँदर, मुसा, लोखर्केलगायत जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट पनि यो रोग सर्दछ । काटिएको, बिमिरा वा फुटेको छाला, आँखा, नाक वा मुख, श्वासनली जस्ता अङ्गबाट पनि यो सर्न सक्दछ । एक व्यक्तिले अर्को व्यक्तिमा २१ देखि २४ दिनभित्रमा सार्ने सक्ने भएकाले एक महिनासम्म आइसोलेसनमा बस्नुपर्ने चिकित्सको आग्रह छ ।

बच्ने उपाय

मङ्कीपक्सको शङ्का वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, सङ्क्रमित व्यक्तिलाई घरमा वा अस्पतालमा आइसोलेसनमा राख्ने, सङ्कमित व्यक्तिको हेरचाह गर्नेले पूर्णरूपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने, घाउसँग प्रत्यक्ष सम्पर्क हुन्छ भने पञ्जा लगाउने, नियमित रूपमा साबुनपानीले हात हुने वा सेनिटाइजर प्रयोग गर्ने, सङ्क्रमित व्यक्तिको लुगा, तौलिया, ओछ्यान र भाँडाहरू तातो पानी, साबुन वा डिटर्जेन्टले धुनुपर्छ ।

यस्तै, मङ्कीपक्सको सङ्क्रमण पुष्टि भई बिरामी भएका वा मरेका जनावरको सम्पर्कमा नजाने, सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिले पिसिआर परीक्षण गर्ने, सङ्क्रमितको सम्पर्कमा आएको सतह, स्थान वा कोठा डिटर्जेन्टले निसङ्क्रमण गर्ने, मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने र फोहोरलाई उचित स्थानमा व्यवस्थापन गर्नुपर्दछ । यो रोगबाट बच्न विफरविरुद्धको खोप प्रभावकारी हुने अध्ययनहरूले देखाएको छ ।

बुधबार, साउन २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • २.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ३.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ४.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • ५.
    आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ६.
    आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.