काठमाडौं : छायाँकार विदुर पाण्डेको ५४ वर्षको उमेरमा निधन भएको छ। हृदयघातका कारण आफ्नै निवास सीतापाइलामा आज बिहान उनको निधन भएको हो। पाण्डे नेपालमा डिजिटल क्यामेराबाट फिल्म खिच्ने पहिलो क्यामेराम्यान हुन्। आलोक नेम्वाङ र प्रकाश तुलाधरसँगको सहकार्यमा बिएपी क्रियसन खोलेका पाण्डेले थुप्रै म्युजिक भिडियो पनि खिचेका छन्।
उनको शवलाई श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा ९ बजेदेखि ११ बजेसम्म राखिने छ। उनी ३५ वर्षदेखि चलचित्र क्षेत्रमा निरन्तर काम गर्दै आएका थिए। उनले नेपालको पहिलो डिजिटल फिल्म ‘कागबेनी’ को छायांकन गरेका थिए। उनले थुप्रै म्युजिक भिडियो, विज्ञापन, फिल्महरूमा काम गरेका छन्।
‘स्वर’, ‘भुइँमान्छे’, ‘मेरो बेस्ट फ्रेन्ड’, ‘पण्डित बाजेको लौरी’, ‘जंग बहादुरको कोट’ लगायत फिल्मका छायांकन गरेका थिए। भूषण दाहालले निर्देशन गरेको ‘बस सुन्दरी’, कबवेबका म्युजिक भिडियो खिचेका पाण्डे कान्तिपुर र नागरिक नेटवर्कमा समेत डिओपी (डिरेक्टर अफ फोटोग्राफी) थिए।
यो पनी हेर्नुस
काठमाडौँ — मंगलबार साँझको वर्षाका कारण मनोहरा खोलामा आएको बाढीले आसपासका क्षेत्रमा डुबान र कटान गरेको छ । वरपरका बस्ती डुबानमा परेका छन् भने केही घर टहराहरूमा क्षति पुर्याइएको छ । तर‚ मानवीय क्षति भने भएको छैन ।
महानगरीय प्रहरी कार्यालय भक्तपुरका अनुसार वर्षापछिको बाढीले नदीकिनारमा रहेको सुकुम्बासी बस्तीमा खोलाले कटान गरी माटोको ढिस्को खोलामा खस्दा खोलाको धार परिवर्तन भई ६० घर टहरा डुबाएको छ ।
त्यस्तै, दुवाकोट बेंसीका २० वटा घर-टहरा डुबाएको छ भने आसपासका कृषि फर्महरूमा क्षति पुर्याएको छ । मनोहरा खोला निलोपुल नजिक बंगुर फर्मबाट खोलाले ४ वटा बंगुर बगाएको छ भने दिव्यश्वरी प्लानिङ क्षेत्रमा समेत डुबान भएको छ ।




