चितवन / भरतपुर महानगरपालिकाले पाँच वर्षमा ९ करोड २४ लाख ६३ हजार ८३ रुपैयाँ दूधमा अनुदान दिएको छ ।
हाल महानगरले प्रतिलिटर ३ रुपैयाँ दूधमा अनुदान दिइरहेको छ । भरतपुर महानगरले २०७४(७५ बाट दूधमा अनुदान दिन सुरु गरेको हो ।
२०७४(७५ मा महानगरले प्रतिलिटर ०.२५ पैसा अनुदान दिएको थियो । २०७४(७५ मा महानगरले ३३ लाख ९९ हजार ४७३ रुपैयाँ किसानलाई दूधमा अनुदान दिएको छ ।
यस्तै, २०७५(७६ मा ३१ लाख ६२ हजार ४० रुपैयाँ दुग्ध किसानलाई महानगरले अनुदान दिएको छ । यस्तै, २०७६(७७ मा एक करोड ६१ लाख ८८ हजार ४५, २०७७(७८ मा एक करोड ५८ लाख ६७ हजार ८४८ रुपैयाँ, २०७८(७९ मा ५ करोड ३८ लाख ६८ हजार १७७ रुपैयाँ महानगरले दुग्ध किसानलाई अनुदान दिएको छ ।