• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, बैशाख १८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ६. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ८. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ९. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

प्याड बनाएर बेच्दै २३ वर्षे अभिषेक


बर्दियाका २३ वर्षीय अभिषेक ओली स्यानिटरी प्याड बेच्छन्। एक वर्षयता उनले ‘सदा केयर’ ब्रान्डमा स्यानिटरी प्याड उत्पादन गरेर बजार पुर्‍याइरहेका छन्। स्थानीय बजारलाई लक्षित गरेर थालेको उत्पादन अहिले बर्दियासहित कञ्चनपुर, कैलाली, बाँके, दाङ र सुर्खेत गरी ६ वटा जिल्लामा पुगेको छ।

‘यी जिल्लामा दैनिक दस कार्टनभन्दा बढी प्याड पुग्छ,’ अभिषेकले उत्साहित हुँदै सुनाए, ‘अन्य जिल्लाबाट पनि राम्रै माग आइरहेको छ।’

सदा केयर स्यानिटरी प्याड कम्पनीले अहिले तीन आकारका प्याड उत्पादन गरिरहेको छ- २४० मिमी, २८० मिमी, ३२० मिमी लम्बाइका। यो भनेको छोटो, मध्यम र विशेषगरी राती सुत्दा प्रयोग गरिने लामो प्याड हो।

यी प्याडको मूल्य कम्तीमा ४० रूपैयाँदेखि सय रूपैयाँसम्म पर्छ। यसमध्ये बजारमा सबभन्दा कम मूल्यकै बढी बिक्री हुन्छ।

‘हाम्रो उत्पादन सहरमाभन्दा बढी गाउँघरमा पुगेको छ,’ उनले भने, ‘कम मूल्य भएकाले सहज भएको छ।’

एक कार्टनबाट उत्पादन थालेको सदा केयरले अहिले दैनिक दस कार्टन (२ हजार ५ सय वटा) प्याड उत्पादन गर्छ। यो सबै बिक्री हुने अभिषेक बताउँछन्। उत्पादन, प्याकिङ र मार्केटिङमा गरेर उनले सात जनालाई रोजगारी दिएका छन्।

अभिषेकका अनुसार केही महिनायता बजारमा प्याडको माग बढेको छ। उनैलाई पनि कहिलेकाहीँ उत्पादनभन्दा बढी माग आउँछ। त्यसरी माग बढेका बेला भने देशकै अन्य उद्योग र चीनबाट तयारी प्याड पनि ल्याएर बजार पठाउँछन्।

‘अटोमेटिक मेसिनले धेरै प्याड उत्पादन गर्छ तर हामीसँग अहिले सेमिअटोमेटिक मेसिन मात्र छन्,’ उनले सेतोपाटीसँग भने, ‘त्यसैले माग बढी आएका बेला तयारी प्याड आयात गरेर ग्राहकको आवश्यकता परिपूर्ति गर्छौं।’

बजार माग धान्न नसक्ने यस्तो अवस्थालाई मध्यनजर गर्दै उनले चाँडै अटोमेटिक मेसिन ल्याउने सोच बनाएका छन्। नयाँ मेसिन भएपछि मागअनुसार प्याड उत्पादन हुनेछ।

सदा केयरबाट उत्पादित र अन्तबाट ल्याइएका प्याड आइएसओ र विश्व स्वास्थ्य संगठनबाट प्रमाणित हुने उनको दाबी छ। उनका अनुसार विश्व स्वास्थ्य संगठनले पाँचदेखि ६ तहको, सोस्ने क्षमता कम्तीमा ५० मिलिलिटर हुनुपर्ने लगायत मापदण्ड तोकेको छ। सदा केयर ब्रान्डले यस्ता मापदण्ड कायम गरेको उनको भनाइ छ।

अभिषेकले स्यानिटरी प्याड व्यवसायबाट महिनामा दुई लाख रूपैयाँ बचत गरिरहेका छन्। यसरी भएको बचतलाई उनले नयाँ उत्पादन ल्याउन लगानी गरे।

‘यही महिना (साउन) बाट बच्चाका लागि डाइपर बजारमा आउँदैछ,’ उनले भने, ‘आगामी दिनमा अरू उत्पादन थप्दै जाने योजना छ।’

आगामी दिनमा स्वास्थ्य तथा सरसफाइ क्षेत्रका उत्पादनमै काम गर्ने सोच छ उनको।

२३ वर्षे अभिषेक पछिल्लो समय युवाहरू देशमै व्यापार, व्यवसाय र उद्यममा सक्रिय देखेर हौसिएका हुन्। यही काम गर्ने भन्ने विचार भने कोरोनाकालको फुर्सदले जुराइदियो। पहिलो लकडाउनमा उनको काम घर बस्ने, पढ्ने र युट्युब हेर्ने हुन्थ्यो।

त्यही क्रममा एक दिन अभिषेकका आँखा स्यानिटरी प्याड उत्पादनको भिडिओमा पुग्यो। उनले सबै हेरे। यसले उनलाई आकर्षित गर्‍यो।

अनि परिवारसँग छलफल गरे, कुरा मिल्यो। सोच तीव्र रूपमा अगाडि बढे पनि लागू गर्न सम्भव भएन। कोरोना कम हुने छाँट थिएन। उनले समय सदुपयोग गर्दै प्याड उत्पादन गर्न कति लगानी लाग्छ, कच्चा पदार्थ के के चाहिन्छ, कसरी उत्पादन गर्ने, बजार माग कस्तो छ लगायत विषयमा बुझ्न थाले।

अभिषेकले प्याडबारे यी सबै जानकारी भएका केही व्यक्तिलाई बर्दियामै बोलाए। उनीहरूबाट अभिषेकका साथै उनकी आमा र दिदीले प्याडसम्बन्धी तालिम लिए। अनि ४० लाख रूपैयाँ जुटाएर सुरू गरे सदा केयर स्यानिटरी प्याड कम्पनी।

सुरूमा अभिषेकले पाँच वटा मेसिन ल्याए। उत्पादित प्याडले उत्साहजनक बजार पाएन। ग्राहकले पनि रूचाएनन्।

‘प्रयोग गरेपछि कपास डल्लो पर्ने र भुवा निस्किने गुनासो आयो,’ अभिषेकले सुरूआती दिनका कमी-कमजोरीबारे सुनाए, ‘कसरी गुणस्तर राम्रो बनाउने भन्ने भयो। बजारले नरूचाएपछि के गर्ने होला भन्ने चिन्ता पनि भयो।’

एकैपटक ठूलो लगानीमा सुरू व्यवसायको सुरू गाँसमै ढुंगा लागेपछि परिवार नै निराश भयो। उनीहरूले तीन महिनासम्म त कम्पनी बन्दै गरे। उत्पादन नसुधारी बजार पाइँदैन भन्ने अभिषेकले बुझेका थिए। यसका लागि प्याडबारे थप बुझ्नुपर्थ्यो। उनले अरू विभिन्न प्याड कम्पनीसँग सम्पर्क गरे। उत्पादन गरेका अनुभवी व्यक्ति भेट्न भारतको नयाँ दिल्लीसम्मै पुगे।

त्यहाँ उनले प्याड राम्रो बनाउन चाहिने मेसिन, कच्चा पदार्थ र अरू चिज के-कसरी प्रयोग गर्ने भन्नेबारे बुझे। दिल्लीमा केही समय बसेर सिकेपछि फर्किए। लगत्तै आफ्नो कम्पनीमा दुई जना कर्मचारी राखे र आफैं तालिम दिए। अनि सदा केयरले फेरि प्याड उत्पादन थाल्यो।

‘कोरोना छँदै थियो। प्याड उत्पादन र परीक्षण भयो। तर बजारमा कसरी पुर्‍याउने? सुरूमा छरछिमेकी, चिनजानका व्यक्तिहरूमार्फत बजारीकरण सुरू भयो। ठूलो स्तरमा प्याड उत्पादन गर्ने र बजार पुर्‍याउने अभिषेकको सोच थियो।

प्याड ओसारपसारका लागि उनले एउटा गाडी किने। गाडीमा प्याड बोकेर बर्दिया, दाङ लगायत सहरमा स्यानिटरी बिक्री गर्न हिँडे। बजारमा नाम चलेका प्याड प्रशस्तै हुन्थे। व्यापारीहरू नयाँ ब्रान्डलाई पत्याउनै गाह्रो मान्थे। राख्न चाहँदैन थिए। अभिषेक थकित भएर घर फर्किन्थे।

सहरका ठूला डिलरहरूमा त कसैले प्याड राख्न मानेनन्। उनको उत्पादनबारे बुझ्नसम्म पनि खोजेनन्।

अभिषेकले हार मानेनन्।

कतै बिक्री नभएपछि उनी सहर छाडेर गाउँतिर जाने सोच बनाए। बस्तीबस्ती पुगेर प्याड प्रयोग गर्न महिलाहरूलाई सम्झाउँदै हिँडे।

‘सुरूमा त गाउँमा पनि सजिलो भएन,’ उनी भन्छन्, ‘कतिपयले हेर्दै नहेरी नराम्रो प्रतिक्रिया दिन्थे, कतिपयले उल्टै जिस्काउथेँ।’

६ महिनासम्म निरन्तर उनले यसैगरी मार्केटिङ गरे। बिस्तारै गाउँमा प्याड बिक्री हुन थाल्यो। सुरूमा कसैले एउटा प्याकेट किनिदिँदा पनि उनी खुसीले फुरुंग हुन्थे। पछि मानिसहरूले एक दर्जन किन्न थाले।

‘नाफा कम लिएर भए पनि बजारमा प्याड बेच्न थालेँ। उनीहरूको घरको आँगनमै पुर्‍याएँ,’ उनी भन्छन्, ‘त्यो सुविधा पाएर पनि होला, धेरैले रूचाउनुभयो।’

सदा केयरले बजारमा गति लिन थाल्यो। त्यसपछि भने अभिषेक गाडीमा प्याड बोकेर हिँड्न छाडे। अफिसमा बसेर काम सम्हाले। गाउँका बस्तीबाट सुरू भएको सदा केयरको मार्केट अहिले होलसेल र डिलरसम्म पुगेको उनको भनाइ छ।

उत्पादन सुरू भएको एक वर्षमा छ जिल्लाका बजारमा सदा केयर प्याड फैलाउन सफल भएका छन् उनी। आगामी दिनमा देशभर पुर्‍याउने लक्ष्य छ।

स्वदेशी प्याड प्रयोग गर्न महिलाहरूलाई हौसलासमेत बाँडिरहेका अभिषेक सरकारप्रति भने खुसी छैनन्। सरकारले चालु आर्थिक वर्षको बजेट भाषणमा आयातित प्याडलाई ९० प्रतिशत भन्सार शुल्क छुट दिने भनेसँगै उनी चिन्तित छन्। उनका अनुसार त्यसो हुँदा स्वदेशमा उत्पादितभन्दा विदेशबाट आएको प्याड सस्तो पर्छ।

‘आयातितलाई ९० प्रतिशत भन्सार शुल्क छुट दिने अनि स्वदेशीलाई ३० प्रतिशत कर यथावत नै राख्ने हो भने स्वदेशी उद्योग कसरी चल्छन्,’ उनी प्रश्न गर्छन्, ‘स्वदेशी कम्पनीले मूल्य बढाउना साथ ग्राहकको टाउको हान्नु जस्तै हो।’

अभिषेकले बरू स्वदेशी प्याड निर्यात गर्ने सपना देखेका छन्। सरकारले सहयोग गरे सजिलै निर्यात गर्न सकिने उनी बताउँछन्।

‘जुन कुरा स्वदेशमै उत्पादन हुन्छ, माग धान्न सक्ने क्षमता छ, त्यो किन आयात गर्ने,’ उनले थपे, ‘आयात गर्ने नै हो भने त्यसमा कर बढाऔं। स्वदेशी उत्पादनमा कर घटाऔं।’

स्वदेशी प्याड कम्पनीहरूलाई कच्चा पदार्थ र कर छुट दिएमा प्रोत्साहन मिल्ने र आगामी दिनमा निर्यातको ठूलो सम्भावाना रहेको उनको भनाइ छ।

शुक्रबार, साउन २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ६.
    आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • २.
    आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ३.
    आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ५.
    नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

  • ६.
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

  • ७.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ८.
    आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.