• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

दम्पतीको कलहमा मिल्नुपर्ने सामाजिक दबाब, दोहोरिन सक्छ तारकेश्वर घटना


काठमाडौँको तारकेश्वरमा साउन १६ मा दुईसन्तान सहित ४१ वर्षीय दिनेश पाण्डे दम्पती मृत अवस्थामा भेटिए । गोरखा भिमसेनथापा गाउँपालिका–६ घर भएका दिनेशले पत्नीसँगको कलहका कारण १३ वर्षीया छोरी आशिका, ८ वर्षका छोरा आशिक र पत्नी सुनिता काप्री पाण्डेको हत्या गरे । हत्यापछि पाण्डेले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।

साउन १६ मा बिहान ढोका फुटाएर तारकेश्वर–२ पदमसालस्थित दिनेशको घरमा प्रहरी छिर्दा एक्युरियम सँगै खाटमा दुई नाबालक मृत अवस्थामा पल्टिएका थिए । भुइँमा सुनिता मृत थिइन् । सबैको शरीरमा चक्कुले घोपेको डोब थियो । अर्को कोठामा दिनेश मृत अवस्थामा थिए । दिनेशले आफैँलाई चक्कुले घोपेको र तारले घाँटी बाँधेर झुण्डिने प्रयास गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । चक्कुले रोपेर उनी छतमा पुगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । घरको छतमा रगत देखिएको छ ।

हत्यापछि दिनेशले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए । उनले भने–‘सुसाइड नोट हेर्दा पारिवारिक कलह थियो भन्ने बुझिन्छ ।’

पत्नी सुनिताले मोबाइल छुन नदिएको, घर बैना गरेको र कुवेतबाट कमाएर ल्याएको पैसाले जोडेको सम्पत्ति ससुरालीले हडप्न खोजेको दिनेशको आरोप छ । सो कुरा उनले १० पाने सुसाइड नोटमा लेखेको छन् । सुनिता र दिनेशको बिचमा कलह थियो । त्यसैले माइतीले उनलाई युके पठाउन लागेका थिए । युकेको भिसा लागेको थियो तर, उनी युके जान पाइनन् ।

पारिवारिक कलहमा उनीहरू बाँचिरहेको छिमेकी र आफन्तलाई थाहा थियो । तर, छिमेकी र आफन्तले उनीहरूलाई ‘मिल्नुपर्छ’ भनेर भनिरहे । सम्बन्ध विच्छेद गरेर बस्ने सुझाव दिएनन् ।

शकुन्तला देवकोटाले सो परिवारको फोटो राखेर सामाजिक सञ्जालमा लेखेकी छिन्–‘एक सङ्घर्षशील महिलाको नाताले काकी सासू पर्ने तर साथी जस्तै बेलाबेला भिडियो कल गर्ने सबै कुर सेयर गर्ने घर झगडा सबैको हुन्छ मिल्नुपर्छ । मैले बारम्बार त्यही सल्लाह दिएँ आज पछुतो लागिरहेछ ।’

शकुन्तलाले मात्र होइन, सिङ्गो समाजले दिनेशको परिवारलाई त्यही सल्लाह दिए । परिणाम अहिले परिवार नै सखाप भएको छ । पारपाचुके गर्ने बाटो भए पनि ‘मिल्नुपर्छ’ भन्ने सामाजिक दबाबका कारण यस्ता घटना दोहोरिन सक्ने बताउँछन् अधिवक्ता प्रियहरि भण्डारी । रातोपाटीसँग कुरा गर्दै भण्डारीले भने–‘दुर्घटनाको एउटा कारण सामाजिक दबाब हो, किनभने हाम्रो समाज छुट्टिएको भन्दा सँगै बसेको हेर्न चाहन्छ ।’

समाजले ‘मिल्नुपर्छ’ भने पनि दिनेश र सुनिताको घरझगडा झन् चर्किरह्यो । परिणाम हत्यापछि आत्महत्या गरेर उनले सबैको इहलीला समाप्त गरेका छन् ।

२०७७ भदौ २६ मा भक्तपुरमा त्यस्तै घटना भयो । मध्यपुरथिमी नगरपालिका–९ निकोसेरा बस्ने ३६ वर्षीय सुदीप अधिकारी, पत्नी ३४ वर्षीया सम्झना र छोरा १५ वर्षका सुशान्त मृत भेटिए । पहिलो तलामा छोरा, दोस्रोमा सम्झना र तेस्रो तलामा सुदीप मृत भेटिएका हुन् । सुशान्त र सम्झनाको टाउकोमा चोट थियो । सुदीपले विष खाएको पोष्टमार्टम रिपोर्टबाट थाहा भएको छ । सो घटना पनि हत्यापछि आत्महत्या गरिएको अनुसन्धान अधिकृतहरूको निष्कर्ष छ । सुदीपले कुकुरलाई पनि विष खुवाएर मारेका थिए ।

हत्यापछिको आत्महत्या आवेगको नतिजा भएको बताउँछिन् मनोविद् कृपा सिग्देल । रातोपाटीसँग कुरा गर्दै सिग्देलले भनिन्–‘कुनै–कुनै प्रतिक्रियाचाहिँ आवेगको कारणले हुन्छ ।’ जैविक, मनोवैज्ञानिक, सामाजिक र आर्थिक कारणले मान्छेले आत्महत्या गर्ने उल्लेख गर्दै मनोविद् सिग्देल भन्छिन्–‘सिकाई र सोच्ने तरिकाले पनि मान्छेले आत्महत्या गर्छ ।’

आत्महत्या हुन धेरै कुराको मिश्रण हुनुपर्छ तर, कम्तीमा ४ प्रतिशतले चाहिँ एकैपटक प्रतिक्रिया स्वरूप आत्महत्या गर्ने गरेको सिग्देलको भनाइ छ ।

२०७८ फागुन २३ मा काठमाडौँको नागार्जुन नगरपालिका–६ रामकोट स्थित डाँडापौवामा परिवारका ५ जनाले सँगै विष पिए । विष सेवनका कारण ३३ वर्षका सुवर्णमान प्रधानको मृत्यु भयो ।

३८ वर्षका भीम प्रधान र ३५ वर्षीया मन्दिरा प्रधान ६२ वर्षीया ईन्दिरामाया प्रधान र भीम प्रधानकी ११ वर्षकी छोरी उपचारपछि घर फर्केका छन् । उनी बालाजु स्थित सिद्धार्थ बनस्थली इन्स्टिच्युटमा अध्ययनरत छिन् । मनमोहन अस्पतालमा उपचारपछि उनीहरू घर फर्केको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । भीम र मन्दिरा दम्पतीको योजनामा आफूसँगै छोरी, भतिज र ६२ वर्षीया आमालाई विष पिलाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

मन्दिराले अफ्नो नोटमा लेखेकी थिइन्–‘अफिसबाट पनि धेरै हैरानी भयो । घरमा सासू र श्रीमानलाई रोगले छाडेन । जत्ति प्रयास गरे पनि असफलता मात्रै हात लाग्यो ।’ मन्दिरा न्युरोडमा ब्रिटीश गोरखाली सेभिङ एण्ड क्रेडिटमा कलेक्टरको काम गर्थिन् । मन्दिराले कलेक्सन गरेको पैसा हिनामिना गरेको आरोपमा सहकारीले उनलाई प्रहरी कार्यालयमा उभ्याएको थियो । फागुन २० मा शुक्रवार महानगरीय प्रहरी वृत्त जनसेवाले मन्दिरालाई बोलाएर फाइनान्सको पैसा हिनामिना गरेको बारेमा ७ घण्टा सोधपुछ गरेको थियो । उनले सो कुरा सुसाइड नोटमा पनि लेखेकी थिइन् ।

हत्यापछि आत्महत्याको घटनामा वैदेशिक रोजगारी पनि जोडिने बताउँछन् पूर्व डिआईजी हेमन्त मल्ल । ‘शंका र असमझदारीले यस्ता घटना बढ्न थालेका छन्’ पूर्व डिआईजी मल्ल भन्छन्–‘परिवार टुटेपछि असमझदारी र समस्या हुन थाल्छ, १० वर्षको द्वन्द्वले ल्याएको विचलनका कारण पनि यस्ता घटना बढेका छन् ।’

यस्ता घटना बारे सरकारले अपराधको अध्ययन गर्न जरुरी रहेको बताउँछन् मल्ल । उनी भन्छन्–‘अनुशासनहीनता बढेको छ, नैतिक शिक्षा दिनुपर्छ र सरकारले अपराधको अध्ययन गरेर निराकरणका लागी कदम चाल्नुपर्छ ।’

आर्थिक समस्याले सामूहिक आत्महत्या प्रयास

२०७६ माघमा धादिङको रोराङ गाउँपालिका–३ स्थित बेनिघाटको झोलुङ्गे पुलबाट २ बच्चा सहित दम्पती त्रिशूलीमा हाम्फाले । काठमाडौँको चन्द्रागिरि घर भएका विनय लामिछाने र जमुना रेग्मी ६ महिना र २ वर्षका छोराहरू बोकेर हाम फालेका हुन् । प्रहरीले विनयको जीवितै उद्धार गरेको थियो । पत्नीको मृत्यु भयो ।

परिवारसहित आदमघाट स्थित ससुराली जान भनेर हिँडेको तर उनीहरू घ्याल्चोक पुगेर बाँदरे स्थित झोलुङ्गे पुलबाट हाम फालेका थिए । कमोडिटी अनलाइन बिजनेसमा १ करोडभन्दा बढी घाटा भएपछि उनीहरूले सामूहिक आत्महत्याको निर्णय गरेका थिए । धेरै पैसा कमाउने महत्त्वाकाङ्क्षा र असफलताका कारण पनि यस्ता घटना समाजमा बढ्न थालेका छन् ।

शुक्रबार, साउन २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै
कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.