• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

मौरी पुलमा किन गइरहेको छ दिनदिनै पहिरो ?


चितवन — खोलामा पानीको साटो लेदो मिसिएको पहिरो बग्न थालेपछि मौरी पुलमा सोमबारयता हरेक दिन घण्टौं बाटो बन्द हुने गरेको छ । नारायणगढ-मुग्लिन सडकमा पहिरोको समस्या नौलो भने होइन ।

मौरी खोलामा यसरी बग्दै आउने पहिरो पुलमा थुप्रिएपछि बाटो बन्द हुने गरेको छ । तस्बिर : रमेशकुमार पौडेल/कान्तिपुर
सडक विस्तारको काम सुरु भएपछि ५-७ वर्षयता पहिरोको समस्या गम्भीर रुपमा देखापरेको हो । तर‚ मौरी खोला पुलमा भने झन्डै दुई दशकअघि गएको ठूलो पहिरो अहिले फेरि सक्रिय भएको छ । यसले लामो समय सताउने संकेत दिएको छ ।

नारायणगढदेखि मुग्लिनतर्फ २१ दशमलब ७६० किलोमिटर पर रहेको सो ठाउँमा पहिरोले दुःख दिन थालेको दुई वर्ष भयो । ‘मौरी पुलमा ७७ सालको बर्खायाममा पनि पहिरो गयो । गत वर्ष पनि पहिरोकै कारण बाटो थुनियो । अघिल्ला वर्षहरूमा अलिक सानो पहिरो थियो । यो वर्ष भने निकै ठूलो पहिरो खस्यो‚’ भरतपुरको डिभिजन सडक कार्यालयका इन्जिनियर शिव खनालले भने । पत्रे चट्टान र लेदो मिसिएको पहिरो आएर पुलमाथि थुप्रिने गरेको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीका अनुसार सोमबार राति ११ बजे गएको पहिरो मंगलबार १० बजेतिर मात्रै सफा भएर गाडी चल्न सुरु भएका थिए । गाडी चलेको पाँच घण्टा नहुँदै राति दुई बजे पछाडि फेरि पहिरो खस्यो । बुधबार बिहान नौ बजेपछि पहिरो सफा भएर बल्ल गाडी चलेको डीएसपी अधिकारीले बताए । बिहीबार मध्याह्न र शुक्रबार बिहान पनि पहिरोले बाटो थुन्यो ।

वि.सं. २०६० सालको बर्खायाममा चितवनमा ठूलो बाढी-पहिरो आएको थियो । त्यति बेला भरतपुरको डिभिजन सडक कार्यालयमा इन्जिनियर थिए प्रकाश उपाध्याय । हाल अवकास जीवन बिताइरहेका उपाध्यायलाई त्यति बेला बाढीले नारायणगढ-मुग्लिन सडकको ठाउँ ठाउँमा पुर्‍याएको क्षतिको राम्रैसँग हेक्का छ । ‘माथिबाट ठूलो पहिरो आएर मौरी पुलमाथि थुप्रिएको थियो‚’ उपाध्यायले भने । अहिलेको समस्या पनि ठ्याक्कै त्यस्तै हो ।

बर्खा लागेपछि नारायणगढ-मुग्लिन सडकको पाँच-सात ठाउँमा पहिरो गएर निकै दुःख दिने गर्दछ । प्रायः सडक विस्तार या पुल बनाउनका लागि पहाड काटेको ठाउँबाट पहिरो गएको छ । मूल सडक हुँदै माथि गएका सहायक मार्गका कारण पहिरो जाने समस्या पनि एकाध ठाउँमा देखिएको छ । तर‚ मौरी खोलाको अवस्था यी दुईभन्दा फरक छ । त्यहाँ आडमा कुनै पहाड छैन । एउटा सानो खोल्सो छ ।

पुलबाट दक्षिणतिर झन्डै तीन सय मिटर पर पहाडको पाखोमा लगातारजसो पहिरो खसिरहेको हुन्छ । पानी आएको समयमा त्यहीँको पहिरो बग्दै आएर मौरी पुलमाथि थुप्रिन्छ । ‘६० सालमा पहिरो आएर पुलमा थुप्रिएपछि हामी हेर्दै हेर्दै माथिको डाँडामा पुगेका थियौं । चिरा चिरा परेर खस्न ठिक्क परेको पाखो देखेका थियौं‚’ डिभिजन सडक कार्यालयका तत्कालीन इन्जिनियर प्रकाश उपाध्यायले भने । त्यसपछि पहिरो नियन्त्रणको काम भयो ।

सडक कार्यालयको समन्वयमा जापानको दातृ निकाय जाइकाले पहिरो नियन्त्रणको काम गरेको थियो । ‘गत वर्ष हामी माथिल्लो खण्ड हेर्न गएका थियौं । ३३ वटा जति स्याबो वाल बनाएर पहिरो रोक्ने काम भएको रहेछ । ती वाल अघिल्लो वर्षसम्म बाँकी थिए । यो वर्ष सबै बग्यो‚’ इन्जिनियर शिव खानलले भने । उपाध्यायका अनुसार माथिल्लो पहाडमा रुख बिरुवा रोप्न अडिन मिल्ने ठाउँ नै छैन ।

पूरै पहाडमा घर छाउने स्लेडजस्तो पत्रे चट्टान छ । त्यसैले चेकड्यामले नै पहिरो रोकेको थियो । ‘झर्नुपर्ने भाग झरेर नसकिँदासम्म पानी परेपछि सधैँ यसरी नै पहिरो आइरहन्छ । त्यहाँको भूबनोट नै त्यस्तो छ । त्यसैले वाल बनार रोक्ने एउटा उपाय हो‚’ उपाध्यायले आफ्नो अनुभव सुनाए । तर‚ जाइकाको सहयोगमा पहिरो रोक्न १७ वर्षअघि राखेका सबै पर्खालहरू बगेपछि पहिरोको जोखिम झनै बढेर गएको छ ।

‘त्यहाँको अवस्थाका बारेमा हामीले गत वर्ष नै सडक विभागलाई जानकारी गराएका हौं । हाम्रो कार्यालयको योजना र बजेटले गर्न सक्ने काम त्यहाँ छैन । यो वर्ष समस्या झन् थपिएको छ । सडक विभागले पक्कै केही ठोस योजना ल्याउला‚’ डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर शिव खनालले भने । नारायणगढ-मुग्लिन सडक राजधानी काठमाडौंको लाइफलाइन अर्थात् जीवनरेखाजस्तै हो ।

देशको पूर्वी तथा पश्चिम भेगलाई काठमाडौंसँग जोड्ने योजस्तो भरपर्दो मार्ग अरु छैन । यो सडक हुँदै साना-ठूला यात्रु बस, निजी गाडी र मालवाहक ट्रकसमेत गरेर दैनिक १० हजारभन्दा धेरै गाडी गुड्छन् । पहिरोले सडक अवरुद्ध हुँदा यात्रुलाई मात्रै अफ्ठ्यारो पर्ने होइन‚ राजधानीको आपूर्ति व्यवस्थामा पनि असर पर्दछ । तर‚ पहिरोले हरेक वर्ष दुःख दिँदा पनि नियन्त्रणका कामहरू तदारुकताका साथ हुन सकेका छैनन् ।

शुक्रबार, साउन २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.