• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, बैशाख १८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ७. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ९. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

यसकारण काठमाडौँसहित आठ जिल्लाका पाँच हजार बङ्गुर भकाभक मरे


काठमाडौँ, साउन २० गते । अफ्रिकी स्वाइन फिवर नामक सङ्क्रमणका कारण काठमाडौँसहित आठ जिल्लाका पाँच हजार बङ्गुर मरेका छन् ।

पशुसेवा विभागका वरिष्ठ भेटेरिनरी अधिकृत डा. मुकुल उपाध्यायले तीन महिनामा त्यति सङ्ख्यामा बङ्गुर मरेको जानकारी दिँदै सो क्षति २० करोड रुपियाँभन्दा बढी हुने बताउनुभयो ।

सन् २०१८ मा अफ्रिकी देशबाट सुरु भएको सङ्क्रमण भारत, चीन, भुटान हुँदै नेपाल आइपुगेको छ । भारतमा यो सङ्क्रमण पाँच महिनाअघि देखापरेको थियो भने गत जेठमा नेपालमा पुष्टि भएको थियो ।

काठमाडौँ, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, चितवन, झापा, मोरङ र सुनसरीमा सो सङ्क्रमण देखापरेको छ । अफ्रिकी स्वाइनको सङ्क्रमण भएपछि बङ्गुर बाँच्ने सम्भावना हुँदैन भने सङ्क्रमण भएको चार दिनदेखि १९ दिनसम्ममा त्यसको मृत्यु हुन्छ । रोग नियन्त्रणका लागि बर्डफ्लुको जस्तै किसानलाई क्षतिपूर्ति दिलाउने अवस्था नरहेको बताउँदै उहाँले यसबारे विभागले प्रदेशसँग समन्वय सुरु गरेको र सङ्घमा कसरी नीति बनाउन सकिन्छ भन्ने छलफल थालिएको जानकारी दिनुभयो ।

डा. उपाध्यायले नेपालमा बङ्गुरको सङ्ख्या १० लाख रहेको र सङ्क्रमणको जोखिम देशव्यापी रहेकाले यसबाट जोगिने उपाय अवलम्बन गर्नुबाहेक थप विकल्प नभएको स्पष्ट पार्नुभयो ।

भियतनाममा यसको खोप विकास भएको भनेर दाबी गरिए पनि पशु स्वास्थ्यका लागि विश्व सङ्गठनले स्वीकृति दिएको छैन । बङ्गुरबाट मानिसलाई नसरे पनि मानिसका कारणले यो सङ्क्रमण बङ्गुरमा सर्ने सम्भावना निकै उच्च रहन्छ । पशुसेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालले दाना ओसारपसारका क्रममा प्रयोग भएको गाडी र मानिसले लगाएको लुगाबाट समेत सङ्क्रमण सर्ने सम्भावना निकै रहने बताउनुभयो ।

उहाँले बङ्गुरको ओसारपसार रोक्ने र बायो सेक्युरिटीका लागि चुन, फिनेलजस्ता सामग्रीको प्रयोग गर्नुबाहेक अन्य विकल्प नरहेको बताउँदै ओसारपसार गर्नुपरे बङ्गुरको अनिवार्य स्वास्थ्य परीक्षण गरेर मात्रै ढुवानी गर्न अनुरोध गर्नुभयो ।

२०७८ चैतमा पहिलो पटक काठमाडौँको कागेश्वरी मनोहरा क्षेत्रमा पालिएका बङ्गुरमा उच्च मृत्युदर देखापरेपछि त्यहाँबाट नमुना सङ्कलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा अफ्रिकी स्वाइन फिवर रोग पुष्टि भएको थियो ।

उपत्यकामा घनाबस्ती भएकाले बङ्गुरपालन गर्न नपाउने प्रावधान गरी उपत्यकाका स्थानीय तहले मापदण्ड बनाएका छन् । बङ्गुर फार्मको बीमा हुँदासमेत कृषकले घनाबस्ती भएको उपत्यकामा बङ्गुरपालन गर्दा स्थानीय तहबाट सिफारिस पाउन सकेका छैनन् । रोग लागेपछि बङ्गुरलाई उपचार नभएकाले भाइरसको उपस्थिति पुष्टि भएपछि तुरुन्तै अलग्गै राख्नुपर्छ । उच्च ज्वरो, भोक नलाग्ने, सुस्त, कहिलेकाहीँ उभिन वा हिँड्न नमान्ने, उभिँदा धेरै अस्थिर हुने समस्या देखिएलगत्तै अलग्गै राख्न्ुपर्छ ।

शुक्रबार, साउन २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

भर्खरै

  • १.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • २.
    आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ३.
    आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ५.
    नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

  • ६.
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

  • ७.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ८.
    आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.