• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, बैशाख १८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ७. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ८. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ९. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

धुर्मुस सुन्तलीलाई सराप्ने छ गरिबको पसिनाले, चौरमा झाडी उम्रियो, पिलरका फलाममा खिया लाग्यो


काठमाडौँ

सिताराम कट्टेल अहिले टेली शृंखला निर्माण गर्ने तयारिमा जुटेका छन् ।तर उनले बनाउछु भनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला टिठ लाग्दो अबस्थामा छ ।

रङ्गशाला निर्माणको नेतृत्व लिएको धुर्मुस सुन्तली फाउन्डेसनले आर्थिक सङ्कटका कारण काम गर्न नसकेको बताउँदै निर्माणबाट अलग भएपछि रङ्गशाला टिठ लाग्दो अबस्थामा पुगेको हो ।

जिल्लाको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला अलपत्र अवस्थामा पुगेको ११ महिना भएको छ । अलपत्र अवस्थामा पुग्दा बनेको संरचना पनि बिग्रन थालेका छन् ।

हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले २०७४ चैतमा आमनागरिकबाट आर्थिक सहयोग जुटाएर क्रिकेट रङ्गशाला बनाउने घोषणा गरेका थिए ।

उनीहरुले २०७५ साल माघ १६ देखि रङ्गशाला निर्माणको काम सुरू गरेका थिए । रङ्गशालाको भौतिक प्रगति ३५ प्रतिशत पुगेको थियो ।

३० हजार जनाको क्षमताको हुने रङ्गशालामा तीन हजार दर्शकले बसेर खेल हेर्न मिल्ने प्यारापिटको पहिलो चरणको काम सकिएको थियो । प्यारापिटका २ सय ८६ वटा पिलर उठाइएको छ ।

प्यारापिट तयार भएर भीआईपी टावर बनाउन थालिएको थियो । टावर ‘वान’ को पिलर उठाइ सकेर बिम ढलान भएको छ । आठ वटा पिच बन्न बाँकी थिए ।

दोस्रो टावरको काम हुँदै गर्दा लाखौ नेपालीको सपनामा लात हानेर धुर्मुस–सुन्तली फाउन्डेसन रङ्गशाला निर्माणको चरणबाट बाहिरियो ।

फाउन्डेसनले हात झिकेपछि महानगरले त्यसको औपचारिक स्वामित्व लिएको छैन । सरकारले रङ्गशाला निर्माणको लागि बजेट छुट्याएको भए पनि कसकाे नेतृत्वमा कसले कसरी काम गर्ने भन्ने टुङ्गो लागेको छैन।

लाखौँ रुपैयाँ खर्चिएर ल्याइएका दुबो काम नलाग्ने भएको छ । मैदानमा झाडी पलाएको छ । बनेको संरचनाका पिलरका फलाममा खिया लाग्न सुरु भएको छ ।

रङ्गशाला निर्माणस्थलमा बनाइएका संरचनाहरू निरन्तरको वर्षाले केही बिग्रिसकेका छन् भने केही बिग्रँदो अवस्थामा छन् ।

प्यारापिट बनाउनका लागि ल्याएर भुइँमा राखिएका रड कामै नलाग्ने भएका छन् भने पिलरका रड खिया लागेर बिग्रँदै गएका छन् ।

रङ्गशालाको अहिले तीन सुरक्षाकर्मीसहित ६ जनाले रेखदेख गर्दै आएका छन् । महानगरले रङ्गशालाको स्वतन्त्र लेखा परीक्षण गरिसकेको छ ।

नेपाल सरकारले यस आर्थिक वर्षको बजेटमा रङ्गशाला निर्माणका लागि २२ करोड रुपैयाँ छुट्याएको छ ।

उधारो आर्थिक व्ययभार बढ्दै गएको र आर्थिक सङ्कलन हुन नसकेको भन्दै काम रोकिएको थियो ।

फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल भने आर्थिक सङ्कट बढेका कारण देखाउदै रङ्गशाला निर्माणको काम रोकेर टेली शृंखला निर्माणमा जुटेका छन् ।

शुक्रबार, साउन २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

भर्खरै

  • १.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • २.
    आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ३.
    आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ५.
    नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

  • ६.
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

  • ७.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ८.
    आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.