• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, बैशाख १८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ७. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ९. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

प्रेमीलाई जेलबाट छुटाइदिने भन्दै तनहुँबाट दाङ बोलाएर युवतीमाथि बलात्कार !


दाङ, कारागारमा रहेका केटा साथी छुटाइ दिने भन्दै युवतीलाई तनहुँबाट दाङमा बोलाएर ब लात्कार गरेको तथ्य सार्वजनिक भएको छ।

नेकपा माओवादी केन्द्रका नेता विष्णु शर्मामाथि युवतीलाई ब लात्कार गरेको आरोप लागेको छ। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ डाँडाखुटी घर भई वडा नं. ९ बेलुवामा बसोबास गर्दै आएका ३८ वर्षीय विष्णु शर्मा हाल फरार छन्।

शर्मा नेकपा माओवादी केन्द्र तुलसीपुर-३ नम्बर वडा कमिटीका सचिव हुन्।

शर्मा ज्या-न तथा लागुऔ-षध मुद्दामा १६ वर्ष कारावास सजाय भोगेर एक/डेढ वर्ष पहिलेमात्रै आममाफी पाएर छुटेका व्यक्ति रहेको प्रहरीले जानकारी दिएको छ।

युवतीलाई तुलसीपुरमा बोलाएर बला-त्कार गरेपछि शर्मा फरार भएको र खोजी कार्य तीव्र पारिएको दाङ जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए।

चितवन कारागारमा ला गुऔषध मुद्दामा दोषी ठहर भएपछि तोकिएको सजाय भुक्तान गर्न तनहुँका सुमन शाही ठकुरी बन्दी जीवन बिताइरहेका छन्।

उनलाई तनहुँ जिल्ला अदालतले एक लाख २० हजार रुपैयाँ रकम र दुई वर्ष जेल स जायको फैसला सुनाएको छ। तोकेको जरिवान रकम तिर्न नसकेपछि ठकुरी कारागार पठाइएका हुन्। उनी ती युवतीका साथी थिए। प्रहरीसमक्ष ती युवतीले आफू पहिलादेखि ठकुरीसँग बस्दै आएकी बताइन्।

कुनै दिनसँगै दाङ तुलसीपुरका विष्णु शर्मा, सुमन शाही ठकुरी र हाल बाँकेको नेपालगञ्ज कारागारमा ला गुऔषध मुद्दामा बन्दी जीवन बिताउँदै आएका नासिर (अहमद) सँगै वीरगञ्ज कारागारमा थिए।

त्यतिखेरै ठकुरीले आफ्नी प्रेमिकाबारे नासिरलाई पनि सबै कुरा भनेका थिए। चिनजान गराइदिएका थिए। त्यही भएर यो बीचमा ती युवती र नासिरको बीचमा पनि फोन सम्पर्क भइरहन्थ्यो। युवतीको वास्तविक प्रेम सम्बन्ध ठकुरी सँगै छँदै थियो।

नासिरले ती युवतीलाई असार १० गते आफूलाई भेट्न भनेर नेपालगञ्ज कारागारमा बोलाए। युवती नारायणघाटबाट बस चढेर नेपालगञ्ज पुगिन्।त्यो रात ती युवती नेपालगञ्जमै बास बसिन्। नासिरलाई युवतीले असार ११ गते नेपालगञ्ज कारागारमा पुगेर भेटिन्।

नासिरले उनलाई एउटा कागज दिन्छन्। बाँकी केही बोल्दैनन्। त्यो छिमेकी देश भारत उत्तराखण्डमा बस्ने जमिल अहमदको पहिचान खुल्ने त्यहाँको आधार कार्ड थियो। नासिरले युवतीलाई दाङको तुलसीपुर जान सल्लाह दिए। जहाँ एक जना साथी रहेको र उसैले सघाउने वचन दिए। नासिरले तुलसीपुरका विष्णु शर्मालाई युवतीको फोन नम्बर पठाइसकेका थिए।

युवती दिउँसो ४ बजेतिर नेपालगञ्ज बसपार्क पुगिन्। त्यससपछि बस चढिन्। बीच बाटोमा पुग्दै गर्दा माओवादी नेता विष्णु शर्माले तुलसीपुरबाट युवतीलाई फोन सम्पर्क गरे। तर, त्यतिखेर विष्णुले आफ्नो परिचय सुनिल केसी भनेर दिए। ती युवतीलाई तुलसीपुर बसपार्कमै बोलाए।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार युवती राति ९ बजेतिर तुलसीपुर बसपार्क पुगिन्। उनीहरू बसपार्कको एक होटलमा बास बसे। एउटै रूम भए पनि दुई अलग–अलग बेडमा सुते। पहिलो दिन विष्णु शर्मा उर्फ सुनिल केसीले ती युवतीलाई केही गरेनन्।

सुनिल भनेर परिचय दिएका विष्णुले आफूलाई उक्त दिन आफू इप्रका तुलसीपुरभित्रकै मानिस भएको अर्थात् आफू प्रहरी नै रहेको भन्दै युवतीलाई भ्रममा पारिसकेका थिए। डिएसपी अर्यालका अनुसार विष्णुले आफूले भनेझैं गरेमा युवतीका केटा साथी ठकुरीलाई कारागारबाट निकाली दिने विश्वास दिलाएका थिए।

साउन १२ गते खाना खाइसकेपछि सुनिल उर्फ विष्णुले युवतीलाई तुलसीपुरस्थित तुलसीपुर यातायात प्राइभेट लिमिटेडमा गएर एउटा खाली टिकट माग्न लगाए।

विष्णुकै योजना अनुसार युवतीले काउन्टरबाट कर्मचारीसँग बसको टिकट माग्न सफल भइन्। उक्त टिकट सुनिल उर्फ विष्णुले लगे। जसमा विष्णुले जमिल अहमदको नाम लेख्दै ठेगाना भारत उत्तराखण्ड लेखेर राखे। विष्णुलाई जमिल अहमद दाङको तुलसीपुर आएको देखाउनु थियो। त्यो प्रमाण चाहिएको थियो।

त्यस दिन विष्णुले अर्कै होटलमा पुर्‍याए। डिएसपी अर्यालका अनुसार होटलमा नाम इन्ट्री गराउँदा उनले आफूलाई जमिल अहमदको नामबाट गराएका थिए।

त्यसदिन बेलुका खाना खाएपछि विष्णुले ती युवतीमाथि ब ला त्कार गरे। युवतीले जति अनुनयविनय गर्दा पनि उनले मानेनन्।

उनी कराउन थालेपछि जमिल अहमदलाई फसाउन प्रमाणको रूपमा यौ न स म्बन्ध राख्न जरूरी रहेको भन्दै भ्र ममा पारे।

‘भोलि तिम्रो स्वास्थ्य परीक्षण गर्दा तिमीमाथि ब ला त्कार भएको देखिनुपर्छ, अन्यथा जमिल फस्दैन,’ युवतीको बयान सम्झँदै डिएसपी अर्यालले भने, ‘म प्रहरी हुँ र त्यसो भएन भने तिम्रो प्रेमी सुमन शाही ठकुरीलाई जेलबाट छुटाउन मुश्किल हुन्छ भन्ने भ्र ममा पारेको देखिन्छ।’

डिएसपी अर्यालका अनुसार जमिल अहमद को हुन्? र तिनले के काम गर्छन् भन्ने खुलिसकेको छैन। तर, प्रहरीको आशंका भने उनी ला गुऔ षध कारोबारी अर्थात् डिलर हुन सक्ने आ शंका छ। जसलाई ब ला त्कार मु द्दामा फ साएर मोटो रकम असुल्ने र त्यसमध्ये केही रकम ती युवतीका प्रेमी सुमन शाही ठकुरीलाई कारागारबाट निकाल्न खर्चने योजना विष्णु र नासिरले बनाएको अनुमान प्रहरीको छ।

विष्णु ब लात्का रपछि पनि युवतीसँगै जाहेरी दिन प्रहरीमा गए

साउन १३ गते शुक्रबारको दिन थियो। डिएसपी अर्याल खाना खाएपछि प्रहरीको आन्तरिक जुम मिटिङमा थिए। त्यतिखेर विष्णुले डिएसपी अर्याललाई फोन सम्पर्क गरेका थिए। तर, उनी मिटिङमा रहेको हुँदा उनको फोन उठाउन पाएनन्।

पीडिक विष्णु र ती पीडित युवतीसँगै इलाका प्रहरी कार्यालय पुगे। सुनिल उर्फ विष्णुको योजनामा युवती जमिल अहमदविरूद्ध ब ला त्कार मुद्दा दायर गर्न भनेर गएका थिए।

विष्णु ती युवतीले जाहेरी दिँदा साक्षीका रूपमा बस्न भनेर गएका थिए। उनले यी विषय तुलसीपुर उपमहानगरपालिका वडा नं. –३ का वडाध्यक्ष विजय विक र तुलसीपुर – ५ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहसँग पनि सोधेको प्रहरी बताउँछ।

‘एउटा तनहुँको नानीले ब ला त्कार मुद्दामा तपाईं साक्षी बस्दिनु पर्‍यो भनेर भनिरहेकी छिन्। बस्दा हुन्छ कि हुँदैन भनेर वडाध्यक्षज्यूहरूलाई पनि सोधेको खुलेको छ,’ डिएसपी अर्यालले भने, ‘वडाध्यक्षज्यूहरूले आफूहरूले अहिलेसम्म ब ला त्कार मुद्दामा अरू कुनै व्यक्ति साक्षीको रूपमा बसेको कुरा थाहा नपाएको भन्ने जवाफ दिनुभएको रहेछ।’

पीडक विष्णु र ती युवती पुगेर जमिल अहमदविरूद्ध किटानी जाहेरीसहित मुद्दा दिन खोजे। युवतीमाथि ब ला त्कार भएको साथी प्रमाण आफू भएको भन्दै विष्णु साक्षी बस्ने कुरा गरिरहेका थिए। प्रहरी निरीक्षक बखतबहादुर शाहीलाई आ शंका लाग्यो। उनले युवतीलाई केही प्रश्न सोध्न थालेपछि विष्णु एकाएक इप्रका तुलसीपुरबाट बाहिरिएर गायब भए।

विष्णु बाहिरिएको केहीबेरपछि युवती भ क्कानिइन्। विष्णुले आफूलाई भ्र ममा पारी रातभर ब ला त्कार गरेको तथ्य सबैसामु खोलिन्। त्यतिखेर बिष्णु गायब भइसकेका थिए।

त्यो बीचमा विष्णुले जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेलाई फोन सम्पर्क गरी आफूलाई रिसिइबीका कारण प्रहरी निरीक्षकले अनाहकमा ब ला त्कार मुद्दा लगाएर फ साउन खोजेको बताएका थिए।

केहीबेरमा कार्यालय प्रमुख डिएसपी अर्याल बाहिरको काम सकेर कार्यालय फर्के। एसपी काफ्लेले विष्णुले गरेको गुनासो डिएसपी अर्याललाई सुनाउँदै सत्यकुरा पत्ता लगाउन आदेश दिए।

डिएसपी अर्यालले पी डित भनिएकी युवतीलाई आफू पनि तनहुँमै बसेर काम गरेको र स्थानीय भएको कुरा गर्दै सत्य भन्न आग्रह गरेपछि युवतीले सबै घटनाक्रम सबैसामु बताइन्।

प्रहरीले झूटा आरोपमा फसाउन थालेको कुरा विष्णुले गरेपछि नेताहरूले प्रहरी समक्ष कुरा राखे। डिएसपी अर्यालका अनुसार इप्रका तुलसीपुरमा विष्णुका सहोदार दाजु दुर्गासहित केही माओवादीका महिला नेता पनि पुगे।

सबैका सामु सोध्दा पनि पी डित युवतीले इप्रका तुलसीपुरमा सबैका सामु भक्कानिँदै सुनिल केसी अर्थात् विष्णु शर्माले आफूमाथि गरेको अत्याचारबारे बताइन्।

‘पीडित युवती रोएको देखेर र कुरा सुनेर यहाँ आउनु भएका महिला नेताहरूले तत्काल विष्णुलाई समातेर कानुनी कारबाही थाल्न आग्रह गरेर जानु भएको हो,’ डिएसपी अर्यालले भने, ‘हामीले ब ला त्कार आरोपित विष्णु शर्माको खोजी तीव्र पारेका छौं। छिट्टै अवश्य पनि नियन्त्रणमा लिने छौं।’

पीडित युवतीले विष्णु शर्माको नाममा ब ला त्कार मुद्दा लिखित रूपमा दर्ता गरिसकेको डिएसपी अर्यालले बताए।

पीडित युवतीको घरमा आमा–बुवासमेत नरहेको तथा आफन्त पनि नरहेको हुँदा उनलाई प्रहरीले महिला अधिकारकर्मीलाई भनेर सुरक्षित ठाउँमा राखेको डिएसपी अर्यालले जानकारी दिए। नारायण खड्का/सेतोपाटीबाट

शुक्रबार, साउन २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

भर्खरै

  • १.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • २.
    आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ३.
    आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ५.
    नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

  • ६.
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

  • ७.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ८.
    आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.