• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, बैशाख १८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ७. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ९. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

मेयर साम्पाङविरुद्ध एमाले नेतृ भण्डारीले दिइन् साइबर ब्यूरोमा उजुरी


नेकपा एमाले नेतृ एवं धरानकी निवर्तमान उपमेयर मञ्जु भण्डारीले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)विरुद्ध साइबर ब्युरोमा उजुरी दिएकी छिन्।

मेयर साम्पाङको आधिकारिक फेसबुक पेज ‘हर्क साम्पाङ अ रेभुलेसन’ले सामाजिक तथा जातीय सद्भाव विथोलिने गरि आफ्नो फेक आइडी बनाएर लेखिएको पोष्टको स्क्रिनसट सम्प्रेषण गरेपछि बाध्य भएर साइबर अपराधविरुद्ध उजुरी दिनुपरेको भण्डारीले बताइन्।

बिहीबार होटल सन्ध्या इनमा पत्रकार सम्मेलन गर्दे एमाले केन्द्रीय सदस्य समेत रहेकी भण्डारीले मेयर साम्पाङले सम्प्रेषण गरेको स्क्रिनसट आफ्नो नभै फेक आइडि बनाएर गरेको कुकृत्य भएको पनि बताइन्।

यो अपराधिक घटना भएको र अन्य पीडित नहोस् भनेर प्रमाणसहित आफूले मुद्दा दिएको उनले बताइन्। उनले भनिन्,‘योभन्दा अगाडि पनि मेयर हर्क साम्पाङले मेरो तस्बिर जोडिएको फोटो पोष्ट गरेपछि मैले साइबर क्राइमबारे सचेत गराएकी थिएँ।

तर, उहाँले सच्चिनुको साटो झन् सामाजिक सद्भाव खलबलाउने गरि फेक आइडी बनाएर त्यसको स्क्रिम सर्ट पोष्ट गरेपछि म बाध्य भएर उजुरी दिनुपरेको हो।’

भण्डारीले मेयर साम्पाङको फेसबुक पेजसँगै अन्य थुप्रैको आइडीबाट सेयर भएको प्रमाणसहित ब्युरोमा उजुरी दिएको बताइन्। धरानको सामाजिक सद्भाव खलल पुग्ने खालको कार्य भएकोले चुप लागेर बस्न नसकिएको पनि उनले बताइन्। ‘मेरो स्वभाव पनि त्यस्तो होइन, मेरो चरित्र पनि त्यस्तो छैन।

आजसम्म मैले त्यस्तो केही गरेको छु र?’ उनले भनिन्,‘जातीय द्वन्द्व निम्त्याउने किसिमको बिषयवस्तु राखेर फेक आइडि जेनेरेट गरी जातीय र साम्प्रदायिक हिंसा भड्काउने उत्तेजनात्मक अभिव्यक्तिसहितको फोटो सामग्री मेयर साम्पाङले पोष्ट गरेकोप्रति पनि मेरो गम्भीर ध्यानाकर्षण भएको छ।‘

बराह पीडित संघर्ष समितिको संयोजक खगेन्द्र नेपालीसँग आफ्नो तस्बिर र नेकपा एमालेलाई जोडेर वास्तविक पीडितहरुको आन्दोलनलाई राजनीतिकरण गरी डाइभर्ट गर्न खोजेको पनि भण्डारीको आराेप छ।

उनले बराह पीडितहरु धेरै एमाले, कांग्रेस, माओवादी हुनसक्ने भएपनि पार्टीले राजनीतिकरण नगरेको र संलग्नता नरहेको पनि बताइन्। ‘बराहका बचतवकर्ताहरुले पैसा फिर्ता पाउनुपर्छ, बराहले इमान्दारिताका साथ फिर्ता गर्नुपर्छ,’उनले भनिन्।

आइतबार बराह सहकारीका सेयर सदस्य तथा वचतकर्ताहरु धरान उपमहानगरपालिकामा घेराउ गर्न पुगेका थिए। त्यसबेला मेयर साम्पाङले मलाई सोधेर पैसा राखेको हो र? भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै पीडितहरुले मेयरविरुद्ध नाराबाजी र कार्यकक्षको शिशा तोडफोडसमेत गरिदिएका थिए।

उक्त घटनापछि मेयर साम्पाङले बराह पीडित संघर्ष समितिका संयोजक खगेन्द्र नेपालीले गएको स्थानीय तह निर्वाचनमा एमालेबाट मेयरको उम्मेद्वार मण्जु भण्डारीको प्रचार गरेको तस्बिरसहित पोष्ट गरेका थिए। यो तस्बिर पोष्ट गरेपछि मेयर साम्पाङ र नेकपा एमालेका नेता, कार्यकर्ताहरुबीच फेसबुक वार सुरु भएको थियो।

यता, मेयर साम्पाङ भने आफूले कुनै पनि पार्टीलाई दोष नदेखाएको बताए। आफ्ना अञ्जान समर्थकहरुले गरेको पोष्टहरुबारे आफू अनुभिज्ञ रहेको पनि उनले बताए। पूर्वउपमेयर भण्डारीको आइडि स्क्रिनसटबारे उनले भने, ‘जे लेखिएको छ त्यही पोष्टमा छ।

मैले त जातीय बिद्धेषमा जानु हुँदैन भनेर भनेको छु।’ उनले आफू सामाजिक सञ्जाल प्रयोग गरेर नै चुनाव जितेर मेयर बनेको जिकिर गर्दै सामाजिक सञ्जालमा आफूलाई आक्रमण गर्नेलाई नछोड्ने बताए। ‘सामाजिक सञ्जाल प्रयोग गरेर नै म चुनाव जितेर आएँ, मलाई आक्रमण गर्नेलाई म छोड्छु त,’ उनले भने।

शुक्रबार, साउन २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

भर्खरै

  • १.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • २.
    आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ३.
    आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ५.
    नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

  • ६.
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

  • ७.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ८.
    आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.