काठमाडौं –
शिव हमालको रचना, आशिष अविरलको संगीत र सुशीला पाठकको स्वर रहेको गीत विवादमा परेको छ । के हुन्छ होला है बिहेको राति अँध्यारो कोठामा अञ्जान साथी सम्झेर गइसक्यो सातो बरि लै’ गीतमा मोडल करिश्मा ढकालले पेटिकोट लगाएर नृत्य गरेकी छन् ।
‘पापाकी परी’ बोलको यो गीतका केही शब्द र पेटिकोटका दृश्य अपाच्य रहेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि शिव हमालले माफी मागेका छन् ।
गत महिना विज्ञप्ति जारी गर्दै आफैंले अपाच्य र अभद्र गीत रिलिज गरे कारवाही गर्ने चेतावनी समेत दिएका शिब आफैले यस्तो गीत रचना गरेपछि उनको झनै चर्को विवाद भएको छ ।
गीत हटाउन चौतर्फी दबाब परेपछि हमालले यस्तो गीत बनाएकोमा आफू लज्जित रहेको भन्दै आत्मालोचना गरेका छन् । ‘यस्तो गीत लेखेकोप्रति म लज्जित छु । हामी आत्मालोचनासहित हटाउँछौं,’ उनले भने ।तर मोडल करिश्मा ढकाल र गायिका पाठकले चाहिं गीत उपयुक्त रहेको भन्दै हटाउन जरुरी नरहेको बताएका छन् ।